Tuesday, September 20, 2016

चौविस घण्टा पानी दिन योजना बनाउँदै छाँै – अध्यक्ष पौडेल




जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोट नगरपालिका वाड नं. १, २, ४ मा खानेपानी उपलब्ध गराउने सोचले संञ्चालित एउटा खानेपानी आयोजना हो । तत्कालिन श्री ५ को सरकारका संसद स्व. सूर्यभक्त अधिकारीको पहलमा वि.सं. २०४९ साल बैशाख चण्डिपूर्णिमाको दिनदेखि प्रारम्भिक सर्वे गरिएको थियो । वि.सं. २०५७ सालमा आयोजनाको निर्माण कार्य सम्मान भइ वि.सं. २०५८ साल वैशाख ८ गतेका दिन गैँडाकोट गाविसको रोहवरमा तत्कालिन समितिलाई स्वामित्व हस्तान्तरण भएको थियो । जिल्ला जलस्रोत कार्यालयमा वि.सं. २०५८ साल बैशाख १४ गतेबाट विधिवत रुपमा दर्ता कायम भै स्वायत्त संस्थाको रुपमा सञ्चालन हुँदै आएको छ । गैँडाकोटमा खानेपानीको चरम अभाव भएको समयमा स्थापना भएको जलुकेले अहिले दशहजार भन्दा बढी उपभोक्तालाइ सेवा दिदै आएको छ । यस संस्थाको भावि कार्ययोजना र आसन्न साधारणसभा तथा अधिवेशनका सन्दर्भमा रहेर जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोटका अध्यक्ष लालमणि पौडेल सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादित अंश । 


जलुके खानेपानीको स्थापना कसरी भएको थियो ?

यसको ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदा तत्कालिन अवस्थामा गैँडाकोटलाई खानेपानीको सुविधा उपलब्ध गराउने गरी गैँडाकोट खानेपानी आयोजना अन्तर्गत दुइवटा आयोजनाहरु जयश्री खानेपानी आयोजना र पम्पिङ्ग खानेपानी आयोजना । यी मध्ये जयश्री खानेपानी आयोजनाको नेतृत्व शोभाखर रिमाल र पम्पिङ आयोजनाको नेतृत्व श्री लक्ष्मी प्रसाद पौडेलले गर्नुभएको थियो । पम्पिङ आयोजना गैँडाकोट वाड नं. १ र २ लाइ र जयश्री आयोजना ४, ५ र ६ वडालाइ सञ्चालन गर्ने उद्देश्यले कार्यशुरु भएता पनि पम्पिङ्  आयोजना राधाकृष्ण मन्दिरको उत्तर तर्फको सिमानाभन्दा पर ( हाल आदर्श विकास समाज नेपाल ) करिव ८७ मीटर बोरिङ्ग गर्दा पनि सफल नभएपछि आ. व. २०५४÷०५५ मा दुवै आयोजनाको सेवा क्षेत्र जिल्ला खानेपानी कार्यालयका प्रतिनिधि, गैँडाकोट गाविसका स्थानीय बुद्धिजीवी र उपभोक्ताको  भेलाले परिवर्तन गरेको पाइन्छ । त्यस पश्चात् गैँडाकोट १, २ र ४ का ( इट्टाभट्टा, खयर टाँडी, तुले डाँडा)  आदि समेटेर जयश्री खानेपानी आयोजनाको पनि वितरणमा ल्याउने पानीको विकल्पका रुपमा वाड नं. ३ को जगन्नाथ गाउँभन्दा करिव १.५ कि.मि दक्षिण तर्फको खोलाबाट पनि ल्याउने निर्णय भएपश्चात् पहिले जयश्री खोलाबाट पानी ल्याउन विच्छ्याइएका पाइप उखेलेर त्यहाँ लाग्ने कार्य भयो । उक्त क्षेत्रमा प्रशस्त मात्रामा जलुके भन्ने झार पाइने भएकोले सो मुहान÷खोलाको नाम नै जलुके राखिएको हो । 

साधारण सभा तथा अधिवेशनको तयारी  के कस्तो भइरहेको छ ?

साधारण सभा तथा अधिवेशनहरु संस्थाका अति नै महत्वपूर्ण विषयहरु भएकाले संस्थाको आफ्नो क्षमता अनुसार नै यसको तयारी गरिरहेका छाँै । संचारमाध्यमबाट प्रचारप्रसार तथा  उपभोक्तालाई पत्राचारको काम भइरहेको छ । म यसै पत्रिकाबाट पनि उपभोक्तालाइ साधारण सभा तथा अधिवेशनमा उपस्थितिका लागि अनुरोध गर्दछु । यही मिति २०७३ आश्विन ७ गते शुक्रबारका दिन संस्थाले आफ्नो कार्यालय परिसरमा नै साधारण सभा तथा अधिवेशन राख्ने तयारी गरेका छौँ । 

अव हुने अधिवेशनबाट पनि नयाँ नेतृत्वमा आउने सोच छ ?

अधिवेशन भनेको समस्त उपभोक्ता महानुभावले आफ्नो संस्थाको नेतृत्व चयन गर्ने अवसर हो । आफ्नो संस्थाले गरेका कार्यहरुको मूल्याङ्कनको आधार पनि हो । त्यसैले म के भन्न चाहन्छु भने समस्त उपभोक्ता महानुभावको यदि यस्तो चाहना आएको खण्डमा नेतृत्व गर्दिन भनेर म भन्दिन तर पनि जलुके खानेपानीका उपभोक्ताहरु विल्कुल संयम र सचेत हुनुहुन्छ । पक्कै पनि संस्थाको हितका लागि अहोरात्र कटिवद्ध हुनुहुने महानुभावहरु प्रति सदासयता देखाउनु हुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । 

साधारण  सभाले के कस्ता योजनाहरु अघि बढाउँदैछ ?

यस पटकको साधारण सभामा केही योजनाहरु अघि बढाउने भएको छु । मैले माथि नै भनिसके पनि  साधारण सभा भनेको संस्थाको भावि रेखा कोर्ने महत्वपूर्ण विषय हो । संस्थागत रुपमा संस्थाले “सुरक्षित पानी स्वस्थ जीन्दगानी” को नारालाइ आत्मसाथ गर्दै साधारण सभामा प्रस्तुत गर्न केही महत्वपूर्ण योजनाहरु छन् –

ड्ड संस्थाको चिनारीका लागि ‘परिचय पुस्तिका २०७३’ प्रकाशन गर्ने छ । 

ड्ड संस्थाको निर्माणाधिन भवनलाइ यसै आर्थिक वर्षमा सम्पन्न गर्ने ।

ड्ड समुचित पानी वितरणका लागि आवश्यक स्थानमा पानी कन्ट्रोल च्याम्बर निर्माण गर्ने छ ।

ड्ड पानी संकलन टंकीहरु ( सुन्दर डाँडा, तुले डाँडा ) मा पक्की पर्खाल निर्माण गर्ने कार्य रहेको छ ।

ड्ड २४ घण्टा पानी उपलब्ध गराउन आवश्यक पर्ने पाइपलाइन, जेनेरेटर आदिको व्यवस्था गर्ने छ ।

ड्ड मौजुदा पाइप लाइनमा हाल देखा परेको अवरोधलाइ हटाउन पहल गर्ने ।

ड्ड संस्थाको सेवा क्षेत्रको पुन सिमाङ्कन गर्ने योजना रहेको छ ।

ड्ड हामीले कार्यालयमा ल्याव तयार गरिसकेको हुँदा आगामी असोज महिनाको अन्त्यदेखि नियमित पानी परिक्षणको व्यवस्था मिलाउने छाँै ।

ड्ड वैकल्पिक पानीको स्रोतका लागि तुले डाँडाको पानी शुद्धिकरण प्लान्टमा रिजर्भ गर्न सक्ने गरी १ वटा डिप वोरिङ र १ वटा रिजर्भ ट्याङ्कीको निर्माणका लागि सम्वन्धित पक्षसँग अनुरोध गरी कार्य अगाडि बढाउने योजना छ ।

ड्ड सरसफाइसँग सम्बन्धित कार्यशाला, गोष्ठी, तालिम, अन्तरक्रिया, समयसमयमा वार्षिक कार्ययोजना अनुसार गर्ने लगायतका योजनाहरुलाइ अवको साधारणसभामा पेश गर्ने तयारीमा रहेका छाँै । 

उपभोक्ता मात्रै थपी रहनुभएको छ, गुणस्तरीयताका लागि के काम भइरहेका छन् ?

जलुके खानेपानी संस्था उपभोक्ताको सर्वोपरि हितका निमित्त कटिवद्ध संस्था हो । उपभोक्ता थप्नुमात्र यसको उद्देश्य होइन, गुणस्तरियतालाइ नै यसले हेर्ने गरेको छ । यहाँलाइ म के अवगत गराउन चाहन्छु भने विगत २–३ वर्ष पहिले यो संस्थामा प्रयाप्त स्रोतको व्यवस्था थिएन जसका कारण उपभोक्ताहरुले मेन पाइप लाइनमा खाडल खनेर कुवा बनाइ एउटाबाट थापेर, अंखराले उभाएर पानी बल्लतल्ल १–२ गाग्री जम्मा गर्न सफल हुनुहुन्थयो तर हाल त्यो अवस्थाको योजनाले २÷३ तला माथि सम्म ढुक्कले पानी चढ्ने व्यवस्था छ । त्यसैले विहान करिब ४ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म दैनिक १२ घण्टा उपभोक्ताले पानी प्राप्त गर्न सक्नुभएको छ । 

गुणस्तरका लागि पानी पुग्नुमात्र ठूलो कुरा होइन होला ? सुरक्षित पानीका लागि के गर्नुभएको छ ?

यस संस्थाले उपभोक्तालाई मुखसम्म सुरक्षित पानी  उपलब्ध गराउने उद्देश्य अनुरुप खानेपानी सुरक्षा योजना लागू गरेको छ । उक्त योजना अन्तरगत पानीलाई दुषित बनाउने जोखिमका दिनुहरु पहिचान गरिन्छ । साथै  हाम्रो योजनामा ( ग्रामिटी स्क्रिम ) अन्तर्गत पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र छ तुले डाँडा ) छ । त्यस्तै गरी दैनिक रुपमा हामीले ब्लिचिङ पाउडरको प्रयोग गर्ने गर्दछौँ । अबका दिनमा उल्लेखित सवै पक्रियालाइ चुस्त दुरुस्त राख्न रिपोर्टिङ गर्न प्रयोगशाला सञ्चालनमा ल्याँउदै छाँै । 

जलुकेको पानी आज सम्म आइपुग्दा किन बिहान बेलुका सिमित भयो ?

हिजो सुरुवातको समयमा जलुके खानेपानीले जम्मा १८ वटा सार्वजनिक धारा मात्र वितरण गरेको थियो । जम्मा १२ किमि वितरण पाइप लाइन थियो  भने जम्मा ५०० वटा निजि धाराको क्षमता थियो । लाभान्वित जनसंख्या ७.७३८ जनाको लागि करिब २० वर्ष पहिले डिजाइन गरेको योजना हो । हाल आएर करिव ३३ कि.मि.  वितरण पाइपलाइन १२.५ किमि. प्रसारण लाइन १२०७ वटा नीजि धारा लाभान्वित जनसंख्या करिव १० हजार छुन पुगेको छ । यो क्षेत्रमा डिजाइन गर्दा जम्मा १ वटा विद्यालय थियो । हाल आएर ८ वटा छ । आर्थिक वर्ष २०६७÷०६८ सम्म यस संस्थामा पानीको हाहाकार नै थियो । लोडसेडिङ गरी पानी वितरण गर्दै आएका थियौँ । हाल आएर दैनिक १२ घण्टा पानी उपलब्ध गराउनु पनि ठूलो कार्य हो । यसको प्रमुख कारणहरु धरातलिय स्वरुप, प्रर्याप्त स्रोतको कमि , उर्जाको अभाव, प्रशस्त पाइपलाइनको व्यवस्था नहुनु, कन्ट्रोल च्याम्बर नहुनु, रिजर्भ ट्यांङ्कीको समस्या आदि हुन् । 

२४ घण्टा पानी वितरण कहिलेबाट होला ? 

हल हामीले प्रत्येक मूल सडकमा समानान्तर पाइप लाइन विच्छाइसकेका छौँ  । तीनिहरुमा आवश्यक स्थानमा पानी कन्ट्रोल च्याम्बर निर्माण पश्चात् एउटा थप जेनेरेटरको व्यवस्था गर्न सकेको खण्डमा २४ घण्टा दिन सक्छौँ । यो सम्भवतः यही आवको अन्त्यसम्ममा गर्न सकिन्छ । 

बत्ती आउँदा पानी आउने नआउँदा नआउने यो समस्या कहिले अन्त्य हुन्छ ?

प्रश्नले पनि केहि उत्तर आफै वोलेको छ । वत्ति आउँदा पानी यसको अर्थ इन्धनको (उर्जा) अभाव रहेछ किनकी हामीसँग हाल एउटा मात्र जेनेरेटर छ । यसलाइ २४ घण्टा चलाएका छैनौँ । यसरी चलाउँदा इन्धनमा धेरै खर्च पनि लाग्ने हुन सक्छ । अर्को कुरा त्यसबाट चलाउँदा करिब ८–९ घण्टामा टंकी भर्न पनि मुश्किल हुन्छ । दुइ वटै वोरिङबाट पम्प गर्न पाएमा ४–६ घण्टामा टंकी भरिन्छ । खास त दुवै वोरिङ चलाउन जेनेरेटर नभएको कारणले यस्तो भएको हो । भरिएपछि खोल्छौँ चाँडै रित्तिन्छ फेरी भर्न टाइम लाग्छ । 

उपभोक्ताले धमिलो पानी आयो, चुना आयो भनेर गुनासो गरेका छन नी ?

हो पक्कै पनि यस भन्दा अगाडिका महिनाहरुमा हाम्रो विभिन्न ठाउँका वितरण पाइपहरु बाटो चौडा गराउने कार्यले गर्दा डोजर अन्य कारणबाट ठुटफुट भइरहेका थिए । अर्को कुरा पहिले नै विच्छाइएको पाइप लाइनहरुमा (फिल्टर प्लान्ट हुनुभन्दा अघि ) सोझै खोलाको पानी वितरण भएको थियो । गहिरो ठाँउमा भएको पाइपमा लेदो भइरहेको हुनाले हाल सम्म पनि सफा नभइसकेकोले हो । यसको साथसाथै हामीले डिटिएच बोरिङ सिधै पाइपलाइनमा ब्रुष्ट अप जडान गरी पानी वितरण गरेक थियौँ । जसले केही मात्रामा वालुवा फाल्ने गर्दछ । हाल कहि कतै गहिरो भागमा रहेका उपभोक्ताको धारामा आउने वालुवा त्यही नै हो । आजकल डिटिएच बोरिङ चलाएका छैनौँ र खोलाको पानी प्रशोधित भएपछि वितरण हुन्छ । त्यस्तो समस्या चाँहि छैन् । अव रह्यो चुनाको कुरा हो हाम्रो मूल वा स्रोतमा चुनाको मात्रा छ । यो पानी तताउँदा भाँडोमा जम्मा हुने गर्दछ । यसका बारेमा हामी जिल्ला खानेपानीसँग समन्वय गरेका छौँ । तर प्रभावकारी उपाय देखिएको छैन । अत्याधिक मात्रामा चुना भने छैन । तर यसबाट पाइप, धारा, आदि दीर्घकालमा जाम हुन सक्ने सम्भावना रहन्छ । 

जंगलबाट पाइप विच्छाएर ल्याउनुभएको छ पानी सुरक्षित छ भन्ने आधार के छ ?

हामीले पाइपबाट आएको पानीलाइ थिग्रने (सेडिमेन्टेशन) टंकीमा जम्मा गर्दछौँ, प्रशोधन गरेर पढाउँछाँै साथसाथै ब्लिचिङ पाउडर हालेका छाँै । उक्त पानीको कारणले उपभोक्तासँग बुझ्दा पानी जन्य रोगहरु हैजा, आउँ, झाडापखाला लागेको पाएका छैनाँै । समय समयमा पानी परिक्षण पनि गरेको छाँै । 

सेवा क्षेत्र बढाउने योजना छ कि छैन ?

गैँडाकोट १ को करिब ९० प्रतिशत भूभागमा ( कालिका मन्दिरको फेदीदेखि पूर्व तर्फको जंगल किनाराको वस्ति बाहेक सवै ) वाड न. २ को वोटेटोल, शिलान्यास हुँदै, प्रतिभा टोलसम्मका भूभाग गरि करिब २० प्रतिशत भूभाग, वाड नं. ४ का इटाभट्टा खयर टाँडी, तुले डाँडा, रानी तालको उकाले देखी चौतारीसम्म सवै भूभाग गरी करि ५ – १० प्रतिशत भूभाग क्षेत्र रहेको छ । यस संस्थाको सेवा क्षेत्र माथि उल्लेखित क्षेत्र भित्र पर्ने स्थानहरुमा अर्को विकल्प नभएकाले बढाउनु पर्ने नै छ । खास त निश्चित सिमांकन नगरीकन बढाउँदै  लैजादा फेरी भावि दिनहरुमा विकराल अवस्था देखिन सक्छ त्यसैले यो आर्थिक वर्षमा हामीले पूर्ण रुपमा स्रोतले भ्याउने सम्म सिमाकंन गर्ने योजना राखेका छौँ । 

उपभोक्ताको सेवा सुविधाका लागि के कस्ता सेवा सुविधा सञ्चालनमा रहेका छन् ? 

उपभोक्ताालाई सेवा प्रदान गर्नका लागि यस भन्दा अगाडि आफ्नै भवन थिएन । अहिले कार्यालय सञ्चालनका लागि जग्गा किनेर दुई तले भवन बनाएका छौँ । छिटोछरितो सेवा दिन सफ्टवेयर प्रणालीबाट कार्यालय सञ्चालन गरेका छौँ । पानी परिक्षण प्रयोगशाला बनाएका छाँै । गुनासाका लागि सुझाब पेटीका बनाएका छाँै । प्राविधिहरुको व्यवस्था गरेका छौँ । सहभागितात्मक निर्णय पक्रिया अवलम्बन गरेका छौँ । चुस्त सेवाका लागि सधैँ कटिवद्ध छौँ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ । 

विजय खबर मार्फत संस्थाको बारेमा केही जानकारी गराइ दिनुभएको हार्दिक अभार व्यक्त गर्दछु । यसका साथै पानीको मितव्ययी रुपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु साथै गुनासा भए कार्यालयमा आएर राखिदिनुहोला । साथै हाम्रा उपभोक्तालाइ विजय दशमी तथा शुभदीपावली र छठ पर्वको हाम्रा उपभोक्तालाई शुभकामना दिन चाहन्छु । 




No comments:

Post a Comment

Gaindakot 1 balmaitri