Sunday, July 28, 2013

माइक्रोबस भित्रका कथाहरु

                   माइक्रोबस भित्रका कथाहरु 



 १. पाँच मिनेटको प्रेम कथा 


अरुको हाते घडिमा कति बजेको थियो होला थाहा भएन तर मेरो मोबाइलमा भने ठीक साढे नौ भएको थियो ।  म माइक्रोबसको अन्तिम सिटमा बसेको थिँए ।  भारतबाट राँगा कोचेर राजधानी छिरेका ट्रक जस्तो आज भने माइक्रो प्याक  थिएन । खुल्ला वातावरण थियो ।

 माइक्रोमा “जब तक ना पढे आशिक की नजर  दिदार अधुरा रहेता है” हिन्दी गीत  बजिरहेको थियो । म झ्यालबाट बाहिर  हेरिरहेको थिएँ । बलिरहेको घाम मानिसहरुलाई नमज्जा संग जिस्काइरहेको  थियो । सायद मान्छेहरु घामको अनुहार हेर्न चाहदैँनथे, त्यसैले कालो चश्मा  लगाएका होलान त्यसैले कालो छाता ओडेका होलान । एक्कासी मेरो नाकमा नमिठो परफ्युम आएर ठोक्कीयो । मैले आँखा तर्दै दाँया हेरेको मात्र के थिँए । चुपचाप मेरा ओठहरु लाई उछिन्दै आँखा पो मुस्काउन थाल्यो ।

Friday, July 19, 2013

माइ लभ स्टोरी


मनमा बसेको तस्वीर इनामेलले के मेट्न सक्थ्यो र ? 

‘तिमिलाई त केटीको हात समाउन पनि आउँदो रहेनछ’ उ एक्लै फतफताउदै थिई । म भने उसलाई सुन्दरीजलको उकालो र बाटोमा रहेका खाल्डा खुल्डीबाट बचाउन उँदो हेरेर हिँडिरहेको थिएँ । फेरी उसले फतफताउँदै उसका नरम हातहरुले मेरो हात चरप्प समातेर भनी “यसरी पो समाउने पो हो त केटीको हात” ।  म मुसुक्क हाँसेर उसको कुरालाई समर्थन जनाइदिए । उसको कुरामा म कसरि बिमती जनाउन सक्थे र । उसको त्यो बोलाई नै मलाई सबै भन्दा प्रिय लाग्दथ्यो । आफुले मन परेको मान्छेले जे गरेपनि जे भनेपनि राम्रो हुन्छ भने जस्तै ।

उसको जिद्धीपन, उसको मिजासपन सायद यहि कुराले उसलाई अरु भन्दा पृथक बनाएको थियो । हिस्सी परेका उसको अनुहार र डिम्पल परेको उसको गाला भएर होला सायद उ अरु भन्दा पृथक थिई । म उसको गालाको डिम्पल र क्याडबरी ओठहरुमा फूल्ने गुलाबी मुस्कानको भोको नै थिए । त्यसैले पनि म उसलाई बार बार हँसाउने गर्दथँे । जोक्स भनेर होस वा कविता तथा मुक्तक भनेर किन नहोस । मलाई अझैपनि याद छ त्यो दिन हिरा बुक्स सेण्टर अगाडी र व्यवस्थापन डिपार्टको छेउमा रहेको डेस्कमा बसेर उसलाई मैले सुनाएको ति कविताहरु । उसले कुनै एउटा शब्द दिन्थी मैलै तत्काल उसलाई कविता बनाएर सुनाउनु पर्दथ्यो ।

Wednesday, July 3, 2013

चिना हराएको मान्छे भित्र चिहाएर हेर्दा


     “घरमा चर्पी छैन, आची गर्न चाँहि मोटर साइकल लिएर कान्लातिर जान्छन् ।”


श्रीधर ‘समर्पण’

हाँस्य कलाकार हरिबंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ पढि सक्दा मन विनोदी र भावुक दुवै हुँदोरहेछ । एउट हास्य कलाकारको आत्मकथा पढ्दा आँखाको डिलमा केहि आएर रसाएर बिझाउँथ्यो, शब्दहरु घाँटीमानै अड्कन्थे, श्वास ढिक्का बनेर फोक्सो तिरै जम्दथ्यो । हरिमिराको मायाको संसार साँच्चिकै अनुकणीय मात्र होइन हृदयविदारक पनि छ । चिनाहराएको मान्छेले मिराको सम्झनामा लेखिएको कविता अत्यन्त मायाले भरिएको छ

एउटा सुन्दर गाँउमा, बस्थे हरिमीरा
हरि यहिं छुटिगयो, तारा भइन मीरा



हरिबंशले हसाउन मात्र होइन रुन पनि जानेका रहेछन् भनेर त्यो चिना हराएको मान्छेले बतायो । सबैको साझा मान्छे चिना हराएको मान्छेले जीवनलाई कसरी पुलकित बनाइरहेको छ, चिना हराएको मान्छेले कसरी भाग्यका रेखाहरु कोर्यो होला ? परिश्रमलाई देबता मान्ने चिना हराएको मान्छे,  सबैका मान्छे हुनुमा कस्तो पिडा र कस्तो सुख भोग हुँदोरहेछ । यी सबैलाई चिना हराएको मान्छेले क्रमिक बताँउदो रहेछ । ‘चिनाहराएको मान्छे ’ हरिबंशको मात्र आत्मकथा होला तर उनका जीवनका यस्ता पाटाहरु उजागर भएका छन् जसले सबैका साझा समस्यालाई पनि चित्रण गरेको छ ।

Gaindakot 1 balmaitri