Saturday, August 22, 2015

सामुदायिक रेडियो विजय एफ एम १२ औँ बर्षमा प्रवेश ।।

स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलको नृत्य ।।

विजय एफ एमका अध्यक्ष पौडेल र संस्थापक अध्यक्ष सापकोटाको कम्मर मर्काई नृत्य

पशुपति शर्माको चटपटेपसलमा विजय एफ एमका स्रोता ।।

श्रीधर पौडेल, गैँडाकोट, ६ भाद्र । सामुदायिक रेडियो विजय एपm एम १०१ दशमलब ६ भदौ ५ शनिबारबाट १२ औँ बर्षमा प्रवेश गरेको छ । १२ औँ बसन्तमा टेकेको अबसरमा गौरबमय १२ र्आैँ बार्षिकोत्सब समारोह भब्य कार्यक्रमका विच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलले समुदायमा विजय एफ एमले पुर्याएको भूमिकाको सह्राना गर्दै प्रशंसा गर्नुभएको छ । बार्षिकोत्सब समारोहमा बोल्दै पौडेलले सामुदायिक रेडियोको विकासमा सहयोग गर्ने प्रतिवद्धता गर्दै संयमित, सौहाद्र पत्रकारीताको विकास गर्न पत्रकारलाई समेत  आग्रह गर्नुभएको छ ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


सञ्चार माध्यम समाजिक रुपान्तरण लागि भएकोले सरोकारवाला निकायहरुलाई झकझकाउन विजय एफ एम सधैँ तत्पर रहने विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रराज ज्याति पौडेलले बताउनुभयो । सामुदायिक रेडियोको विकासको लागि स्रोता आफन्तले पुर्याउनुभएको योगदानलाई अध्यक्ष पौडेलले स्टेजबाटै शिर झुकाएर नमन गर्नुभएको थियो । समुदायको सहयोगबाट सुरु भएको रेडियो नेपालमै सामुदायिक रेडियोको लागि उत्कृष्ट रहेको पनि पौडेलले बताउनुभयो । सामुदायिक रेडियो विजय एफ एम आज बाट १२ बर्षमा पुगेको छ । १२ बर्षमा खोला पनि फर्कन्छ  भने झैँ अब सामुदायिक रेडियो सूचना क्षेत्रको दनियाँमा झन फराकीले भएर जाने पौडेलले उद्घोष गर्नुभयो  //  भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


बृहत बार्षिकोत्सब समारोहमा विजय एफ एमका संस्थापक अध्यक्ष खेमराज सापकोटाले ठूलो चुनौती र संघर्ष पार गर्दै आज रेडियो यहाँसम्म यहाँ सम्म आइपुग्नु गौरबको विषय भएको बताउनुभयो । नेपालकै उत्कृष्ट सामुदायिक रेडियो भैसकेको विजय एफ एम गैँडाकोटक्षेत्रको आशाको केन्द्र भएको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रिप्रसाद तिवारीले बताउनुभएको छ । नगरबासीलाई सचेत र कर्तब्यनिष्ठ बनाउँदै सार्वजनिक निकायलाई खबरदारी गर्ने दरिलो पाटो भएको उल्लेख गर्नुभएको छ । बार्षिकोत्स समारोहमा विजय विकास स्रोत केन्द्रका अध्यक्ष बसन्तराज लम्साल, समाजसेवी तिलक प्रसाद सापकोटा लगायतले विजय एफ एमको १२ औँ बर्षमा प्रवेशगरेको अवसरमा शुभकामना दिनुहुँदै एफ एमले अझै धेरै अगाडी बढ्न आवश्यक भएकोमा जोडदिनुभएको छ । आजको बार्षिकोत्सबको अवसरमा प्रमुख अतिथिले पानसमा बत्तीमा बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै पौडेलले विजय एफ एमको यस  बर्षको नयाँ स्टेशन आइडिको लञ्च गर्नुभएको थियोे थियो । आजको कार्यक्रममा विभिन्न सहयोगि संघसंस्था, विज्ञापन दाताहरु, ३ साता ब्यापि बार्षिकोत्सब कार्यक्रम अन्तर्गत गरिएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई सम्मान, पुरस्कार तथा प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो । सामुदायिक रेडियो विजय एफ एम १०१. ६ को बृहत बार्षिकोत्सब समारोह को औपचारीक कार्यक्रम विजय एफ एम का अध्यक्ष इन्द्रराज ज्योति पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ आयाम थपिदैं रहँदा आगामी दिनमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थालाई क्षेत्रीय सञ्चार गृहको रुपमा स्थापित गर्ने लक्ष्यको साथमा विजय एफ एमको प्रसारण अघि बढिरहेको छ । बार्षिकोत्सबको अवसरमा एफएमले विभिन्न विषयगत संघ सस्ंथासंग अन्तरक्रिया, गजल उत्सव, हाजिरीजवाफ, वक्तृत्वकला, प्रतियोगिता गरिसकेको छ । सामुदायिक रेडियो विजय एफ.एम १०१.६ ले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच बिस्तारका लागि बिगत ११ बर्षदेखि अनवरतरुपमा रेडियो तरङ्ग मार्फत सेवा पु¥याउँदै आएको छ ।

सांस्कृतिक कार्यक्रम ।।

सामुदायिक रेडियो विजय एफ एम १०१. ६ को बृहत बार्षिकोत्सब समारोह को औपचारीक कार्यक्रम पछि सुरु भएको बृहत सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रह्यो  ।

मलाई जापान पनि यहि मलाई मलेसिया यहिँ भन्ने गीतबाट सांस्कृतिक कार्यक्रममा प्रस्तुति सुरु गरेका गायक शर्माले दर्शकलाई मात्र नचाउनु भएन । शर्माको गीत सुनेर कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका स्थानिय विकास अधिकारी लालकृष्ण पौडेल पनि जुरुक्क उठ्नुभयो र छमछम नाच्नुभयो ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


प्रमुख अतिथि पौडेलमात्रै होइन विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रराज ज्योति पौडेल र संस्थापक अध्यक्ष खेमराज सापकोटा पनि पशुपतिको गीतमा कम्मर मर्काउन सुरु गर्नुभयो ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


सांस्कृतिक कार्यक्रमका मूख्य आकर्षक लोकगायक पशुपति शर्माले भूकम्पबाट तर्सिएका गैँडाकोट बासीको सात्तो फुक्नुभयो गितबाटै । साथै २० रुपैँयाको चटपटे खानपनि आग्रह गर्दा दर्शक मञ्चमै आइपुगेका थिए ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।

सांस्कृतिक कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुगं, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका सहकोषाध्यक्ष तथा लोक गायक दिपक खड्का, लोक गायीकाहरु सम्झना लामिछाने मगर, दुर्गा सापकोटा, शारदा सापकोटा, पार्वती भूजेल, नायक हिमाल रिजाल लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको  प्रस्तुति दर्शकहरु पानीमा भिजेरपनि मन्त्रमुग्ध बनेका थिए, कम्मर मर्काएका थिए । हजारौँको संख्यामा आएका विजय एफ एमका स्रोता आफन्तको भिडलाई मिलाउन पनि हम्मे हम्मे परेको थियो ।




Sunday, August 9, 2015

नवलपरासी र चितवन समेटिएको प्रदेशको विशेषता ।।


 



श्रीधर पौडेल
दलहरुबीच सीमांकन सहितको प्रदेशमा सहमति भएपछि संघिय प्रदेशको सम्पन्नताका विषयमा विवाद र बहस सुरु भएको छ । नवलपरासी र चितवन सिमाकंन गर्दा तीन प्रदेशमा परेका छन् । नवलपरासीको पूर्वी भाग नवलपुर समेटिएको क्षेत्र प्रदेश ४ र नवलपरासीको दाउन्ने पश्चिम भाग समेटिएको ५ नम्बर प्रदेश बढी आम्दानी हुने प्रदेशमा पर्ने विश्लेषण गरिएको छ । अर्थबिद चन्द्रमणि अधिकारीका अनुसार प्रदेश नम्बर ५ मा सबै तराईका मलिलो भूभाग परेकाले सामथ्र्यका हिसाबले असाध्यै उच्च रहेको छ । यस्तै चितवन समेटिएको ३ नम्बर प्रदेश सबै भन्दा बढि आम्दानी हुने प्रदेशको रुपमा विकसीत हुने देखिन्छ । प्राकृतिक स्रोत, आर्थिक, औद्योगीक हिसावले प्रदेशहरुको क्षमता फरक फरक देखिएको छ ।

नवलपुर समेटिएको प्रदेश ४ ।।

जनसंख्याका हिसाबले नवलपरासीको पूर्वी क्षेत्र नवलपुर समेटिएको क्षेत्र सबै भन्दा कम जनसंख्या रहेको प्रदेश देखिन्छ । यस प्रदेशमा कुल जनसंख्याको १० प्रतिशत रहेको छ । २० हजार ६ सय १२ बर्ग  किलोमिटरमा फैलीएको यस प्रदेशमा पर्यटनको हिसाबले सबल देखिन्छ । गोरखादरबार, मनास्लुसंरक्षण क्षेत्र, चितवन निकुञ्ज क्षेत्र, घलेगाँउ, अन्नपूर्ण संरक्षण क्षेत्र, माथिल्लो मुस्तागं कागबेनी ढोरपाटन सिकार आरक्ष, मौलाकालीका गैँडाकोट जस्ता प्राकृतिक अनुपम क्षेत्र रहेका छन् । मानव विकास सुचांकको आधारमा पनि ०.५१ अरु प्रदेशभन्दा राम्रै देखिन्छ । करिब ३८७ उद्योग, २९ जलविद्युत आयोजना र करिब ६० प्रतिशत साक्षरता रहेको छ । उत्पादनमुलक जमिन कमी हुनु यस क्षेत्रको नराम्रो पक्ष हो ।

दाउन्ने पश्चिम समेटिएको प्रदेश ५ ।।

नवलपरासीको दाउन्ने पश्चिम समेटिएको यस प्रदेशको कुल जनसंख्याको करिब १७ प्रतिशत जनसंख्या रहेको यस प्रदेश पनि पर्यटनको हिसाबमा अबल देखिन्छ । क्षेत्रफलको आधारमा २२ हजार १ सय ९२ बर्गकिलोमिटरमा फैलीएको यस प्रदेशमा बर्दिया, बाँके निकुन्ज, लुम्बीनी , तानसेन, रानीमहल, स्वर्गद्धारी र बागेश्वरीमा पर्यटनको राम्रो प्रवन्ध गर्न सकियो भने आम्दानीको राम्रो स्रोत देखिन्छ । कुनै पनि जलविद्युत आयोजना नभएको यस प्रदेशमा करिब ९ सय उद्योगधन्दा रहेका छन् । ५० प्रतिशत भन्दा बढि साक्षर मानिस भएको यस प्रदेशको मानव विकास सूचक ० दशमल ४६ विन्दुमा देखिन्छ । यस प्रदेशले चिनलाई नछुनु यसको प्रभाव कहिँ कतै ब्यापारिक दृष्टिकोणबाट हेर्दा देखिन्छ ।

चितवन समेटिएको प्रदेश नम्बर ३ ।।

चितवन समेटीएको यस प्रदेश  अरु प्रदेश भन्दा बढि सवल देखिन्छ । करिब २० हजार बर्ग किलोमिटरमा फैलिएको यस प्रदेशमा लाङटाङ , शिवपुरी, चितवन निकुञ्ज, नुवाकोट दरबार क्षेत्र, ककनी नगरकोट, सिन्धुली जस्ता कैयन पर्यटकिय स्थल रहेका छन् । कुल जनसंख्याको २१ प्रतिशत अर्थात करिब ५५ लाख जनसंख्या भएको यस प्रदेशमा  साक्षरता र मानव विकास सूचक राम्रो देखिन्छ । करिब ५६ प्रतिशत साक्षर रहेको यस प्रदेशमा मानव विकास सूचक ० दशमलब ५१ रहको छ । अन्य प्रदेशको तुलनामा सबै भन्दा धेरै करिब हजार जति उद्योगधन्दा र ३८ वटा जलविद्युत केन्द्र यस क्षेत्रमा  छन् । पहिले देखि राजधानी रहेको काठमाडौँ पनि यसै प्रदेशमा भएको कारण भौतिक संरचना सेवा सुविधा र प्रक्रिया निर्माणमा सहज देखिन्छ । सम्भवतः केन्द्र सरकार पनि यसै प्रदेश भित्र रहने छ ।

Saturday, August 8, 2015

आदर्श टोल विकास संस्था गठन, १३ सदस्यीय कार्यसमिति चयन ।।




गैँडाकोट, २३ श्रावण । गैँडाकोट नगरपालिका वाड नं. १ को गंगानगर दिवब्यधाम क्षेत्रमा आदर्श टोल विकास संस्था गठन गरिएको छ । ईश्वरी प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमति सर्बसम्मतीमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा धर्मानन्द पौडेल, सचिवमा देवशरण उपाध्याय, कोषाध्यक्षमा इन्दिरा शर्मा, सहसचिवमा संगीता पौडेल रहनुभएको छ । यसैगरि सदस्यहरुमा हरिप्रसाद सापकोटा , जुना गुरुगं, होमनाथ आचार्य , गोविन्दहरि पौडेल, तिलक तिवारी, गुना आचार्य, गणेश उपाध्याय र भगवान लम्साल रहनुभएको छ । गैँडाकोट १ राधाकृष्ण मन्दिरको सत्सगं हलमा भएको कार्यक्रमको प्रमुख अतिथि गैँडाकोटका बरिष्ठ समाजसेवी लक्ष्मीप्रसाद पौडेल रहनुभएको थियो । कार्यक्रममा बोल्दे पौडेलले स्वच्छसुन्दर समाजको लागि प्रत्येक ब्यक्तिले परिवर्तनको सुरुवात आफु र आफ्नो घरबाट गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि गैँडाकोट नगरपालिकाका वातावरण  अधिकृत विजय शर्माले टोल विकास संस्थाको काम कर्तब्य अधिकारका साथै संस्था गठनको प्रक्रियाका विषयमा प्रकाश पार्नुभएको थियो । यस्तै कार्यक्रममा स्वामी हरिशरण शास्त्री महाराज, लक्ष्मणाचार्य लगायतका स्वामीजीहरुले टोल विकासको पहिलो खुड्को नैतिक चरित्रको विकास भएको हुनाले यसमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नागरिक मन्चका संयोजक सुरेन्द्र रेग्मीले नयाँ समितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । साथै रेग्मीले आदर्श टोलविकास संस्थाको कार्यक्षेत्र गैँडाकोट १ र २ को सिमानादेखी लिएर बृटिशक्याम्पसम्म सडकको दायाँबायाँ र केहि भित्री भाग समेटिएको जानकारी दिनुभयो । कार्यक्रममा वडा नागरिक मञ्चका सहसंयोजक शुभकान्त सिग्देल, निवर्तमान वडा नागरिक मञ्चका संयोजक पोषणराज सुवेदी, गैडाकोट नगरपालिकाका सामाजिक परिचालिका भगवती अधिकारीले बोल्नुभएको थियो । कार्यक्रम वडा नागरिक मञ्चका संयोजक सुरेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको जगन्नाथ उपाध्यायले जानकारी दिनुभएको छ । गैँडाकोट वाड नं. १ लाई मात्रै ९ वटा क्लष्टरमा विभाजन गरिएको छ ।

Gaindakot 1 balmaitri