Tuesday, May 28, 2013

जय पुस्तक जय पढन्ते ।


श्रीधर समर्पण
१.पुस्तक प्रदर्शनी
चारैतिर किताबहरुका चाङ छन् । सुन्दर स्त्रीलाई फर्कि फर्कि  हेरे जस्तै मान्छेहरु किताबहवरुलाई ओल्टाइ पल्टाई हेरीरहेका छन् । विभिन्न प्रकाशनका स्टलहरुमा पुस्तक प्रेमीहरुको किताब भित्रका किस्साहरु नियाल्न यसरी लालायित छन् कि आफ्नी सुन्दर प्रेमिकाका काला केशहरुमा औँला घुसारेर प्रेमाभाव देखाए जस्तै । यस्तै भिडमा कालो जीन्स र सेतो टमक्क परेको टिसर्ट लगाएकी एक युवती आफ्ना साथीहरुलाई भन्दछे — ओए हेर हेर यो किताब कस्तो खत्रा क्रिटिक्स यार । यस्तैमा अर्कि यौवनको रङ्गले पोतिएकी ठिटी बडो रोमाञ्चक हुँदै बोल्छे यहाँ त नोटबुक र अ वाक टु रिमेम्बर नोबेल पनि रहेछ । यो त मैले फिल्म मा पो हेरेको थिए ।
भृकुटी मण्डपमा भैरहेको पुस्तक प्रदर्शनीमा युवाहरुको भिड देख्दा युवाहरुमा पढ्ने बानीको विकास भएको रहेछ भनेर कुनै लख काट्दा कुनै फरक नपर्ला । प्रदर्शनीमा हरिबंश आचार्य दाई अर्थात चिना हराएका मान्छे सबैका हात हातमा देखिन्थे । ति हराएका हरीबंशलाई सायद सबैले च्याप्पै समातेछन् क्यारे । हजारका महङ्गा मान्छेलाई सस्तैमा भेटे पछि मान्छेहरु च्याप्पै पारेका होलान् ।
डिस्को, पब र डेटिङ्गमा प्रेमालापमा बाँधिने उमेरका केटाकेटीहरु पुस्तक प्रदर्शनीमा देख्दा भने बडो गज्जब पनि लाग्यो । अरे पुस्तक संग पनि प्रेम गाँस्न जानेका भनेर मेरो पनि फुरुङ्ग भयो चङ्गा भयो ।
२.पढन्तेका कुराहरु
माइक्रोसफ्टदेखि बाहुनडाँडा पुस्तकका लेखक जोन उडले पुस्तक प्रेमलाई यसरी प्रकट गरेका थिए – पढाई, सिकाई र नयाँ संसारको अन्वेषण प्रतिको मेरो यो प्रेमले मेरो युवा मनमा कति गहिरो गरी जरा  गाडेको छ भने म पुस्तक बिनाको बाल्यकाल कल्पना गर्नै सक्दिन । जोन उड बालक कालमा यति धेरै पढ्ने गर्दथे भने उनको कारण उनका बाबु आमालाई पनि समस्या सिर्जना भएको थियो । उनले माइक्रोसफ्टदेखि बाहुनडाँडा पुस्तकमा भनेका छन् – म कति पढन्ते भएँ भने मेरा आमा बाबाको सीमित पैसाले पढाईलाई धान्न नसक्ने भो । त्यस्तै भारतका ११ औँ राष्ट्रपती डा. अब्दुल कलाम पनि बडो पढन्ते थिए । उनको किस्सा पनि निकै घत लाग्दो छ । सामान्यतः राष्ट्रपतीहरु आफ्नो कार्यकाल सकिएपछि राष्ट्रपति भबनबाट बाहिर सर्दा सैनिकका आठ दश वटा ट्रकले सामान ओसार्ने गरेको बिगत हेर्दा ६ वटा झोलामा किताब मात्रै लिएर बाहिर निस्कने कलामको निर्णयबाट पनि उनि कति पढन्ते थिए भन्ने बुझ्न सकिन्छ ।
३.म झन दङ्ग परे
बेलुका जब म कोठामा फर्कन्छु । हिजो अस्तिभन्दा फरक नजारा थियो । हिजो  जसको हातमा मोबाइल च्याट थियो, आज उसको हातमा च्याट गर्ल छ । च्याट गर्ल भर्खर बजारमा आएको कथासंग्रह थियो । एउटा दाइको हातमा च्याट गर्ल थियो अर्को दाइको हातका हरीबंश आचार्यको चिना हराएको मान्छे थियो । अर्को भाइको हातमा विनोद चौधरीको आत्मकथा थियो भने झन अर्को साथीको हातमा राजेन्द्र थापाको उपन्यास खेलौना थियो । हिजो सम्म हातमा मोबाइल लिएर फेसबुक च्याटमा रमाउने हरु एक्कासी पुस्तकका पानाहरुमा पोखिएका अक्षरहरु संग रमाइरहेको देख्दा भने मनमनै भने अब त नेपालमा पनि युवाहरुमा आउट अफ कोर्सका पुस्तक पढ्ने संस्कार बन्दै गएछ ।
जय पुस्तक जय पढन्ते ।।

दिवास्वप्न, शंकर सर र मेरो अतित


“मैले पढेको र विचार गरेको त पर्याप्त थिएँ , तर म संग अनुभव थिएन । त्यसैले मलाई लाग्यो, स्वयं अनुभव पनि गर्नुपर्छ, अनि मात्र मेरा विचार परिपक्व बन्नेछन् । त्यसपछि थाहा हुनेछ, मेरो कल्पनामा कति गुदी छ र कति खोक्रोपन ।” 
दिवास्वप्न उपन्यास । जसका लेखक गिजुभाई । पहिलो पृष्ठको पहिलो अंश 
( जुन शीर्ष स्थानमा लेखिएको छ ) ले मलाई निकै नै प्रभावित बनायो । त्यसपछि दिवास्वप्न मा लीन हुदै गएछु । सरासर गुडिरहेको रेल जस्तै, सेता अक्षरका ट्रयाकहरुमा गुडिरहे । कति खेर उपन्यास सुरु भयो र कति खेर अन्त्य भयो केहि भेउ नै पाइन । म यसरी डुबेछु उपन्यासका पात्रहरुमा कतिखेर शंकर सर बन्न पुग्छु , कति खेर मेरो अतित जहाँ विद्यालय जिवनका पाटाहरुमा हराउँछु । म दिवास्वप्नमा यति लिन भएछु २ घण्टाको बसाईमानैै  सिध्याएछु । त्यो अवधिमा उपन्यासका पानाहरु मैले सरसर्ति मात्र पढिन । मैले मेरो बाल्यकाल देखि मेरो दाइको चार बर्षे छोरी श्रेयाको बाल्यकाल सम्मका सवै संस्मरणहरु छरपष्ट पोखिएका हुन्थे तिनै उपन्यासका कुनाकन्दराहरुमा ।

Sunday, May 26, 2013

This is my first blog

Hello friend, This is me Samarpan and this blog is only for you. I will comeback to post in this blog soon, please stay with me. 

Gaindakot 1 balmaitri