Friday, July 31, 2015

गैँडाकोटको जयश्री खोलाको डाइभर्सनले काम नगरेपछि गैँडाकोट नारायणगढ अस्तव्यस्त, भिडियो सहित ।।

श्रीधर पौडेल, गैँडाकोट, १६ श्रावण । नवलपरासीको गैंडाकोटस्थित जय श्री खोलाको पुल भाँचिएपछि बनाईएको डाईभर्सनले प्रभावकारी काम गर्न नसकेपछि वुटवल नारायणगढ सडक खण्ड अझै अस्तब्यस्त वनेको छ ।
 तर उता डाइभर्सनलाइ प्रभावकारी बनाउने काम भैरहेको सडक डिभिजन कार्यलय बुटवलले जनाएको छ । डाइभर्सनले राम्रोसंग काम नगरेपछि चितवनको नारायणगढ बजार र गैँडाकोटको सडकखण्डसवारी साधनको लाम अझै लागेको छ । पूर्वतर्फ भरतपुरको उकालो, पोखरा बसपार्क, र यता पश्चिम तर्फ ७ किलोमिटर सम्म सवारी साधनको लाम यथावत रहेको छ ।

Gaindakot 1 balmaitri