Monday, July 4, 2016

चालु आर्थिक वर्षमा नवलपरासीमा १९ सहकारी एकीकरण


श्रीधर उपाध्याय

गैँडाकोट, २१ असार । अहिले सहकारीहरू एकीकरण पक्रियामा जान सुरु गरेका छन् । कतिपय सहकारी भने एकीकरण भइसकेका छन् । चालु आर्थिक वर्षमा मात्रै नवलपरासीमा १९ वटा सहकारी बीच एकीकरण भएको डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत वासुदेव भट्टराईले बताए । उनका अनुसार नवलपरासीमा अहिलेसम्म ३४ वटा सहकारी एकीकरण भइसकेका छन् । 


पछिल्लो समय डिभिजन सहकारी कार्यालय नवलपरासीमा एकीकरणको कामले तीव्रता पाएको छ । अहिले पनि नवलपरासी देउराली गाविसका देउराली साकोस, रुम्सी रामकोट साकोस र लाङ्घाली कृषि स.स.लि एकीकरणका लागि स्वीकृति लिएका छन् । यसैगरी रम्भादेवी साकोस र सनराइज साकोस एकीकरणका लागी डिभिजनमा स्वीकृति लिएका छन् । यसैगरी सुनवलको चौतारी साकोस र वैरागनाथ कृषि साकोस पनि तयारीमा रहेका छन् । यस्तै  प्रगतिनगरका देवचुली महिला साकोस र महिला कल्याण साकोस पनि एकीकरणका लागि स्वीकृति लिएर बसेको डिभिजनले जनाएको छ । यता गैँडाकोट २ को आमा साकोसले पनि एकीकरण प्रक्रियामा जानका लागि गत साता विशेष साधारण सभा बोलाएको थियो ।  आमा साकोसले पनि गैँडाकोट साकोससँग एकीकरण पक्रियाका लागि छलफल सुरु गरेको स्रोतले जनाएको छ ।

Gaindakot 1 balmaitri