Tuesday, March 22, 2016

विवादमा अल्झियो ब्रिटिस क्याम्पको पार्क

श्रीधर उपाध्याय
गैँडाकोट । केही दिन अघि एक अनलाईनमा प्रकाशित गैँडाकोटको व्रिटिस क्याम्पमा पार्क बन्ने समाचारलाई गैँडाकोटबासीले खुब पढे र शेयर गरे । तर पार्क बन्ने नबन्ने अन्यौल बढेको छ । व्रिटिस क्याम्पमा रहेको ३ विगाह क्षेत्रमा गैँडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिको सहयोगमा पार्क निर्माण हुन लागेको थियो । पिकनिक स्पटका रुपमा रहदै आएको सो क्षेत्र गैँडाकोट २ को सुम्निमा विकास परिषद्ले आफ्नो संरक्षणमा रहँदै आएको दाबी गरेपछि पार्क निर्माणमा अन्यौल छाएको हो । सुम्निमा विकास परिषदका अध्यक्ष श्याम सुन्दर पराजुलीले भने – “त्यो क्षेत्र हाम्रो संरक्षणमा रहँदै आएको क्षेत्र हो, हाम्रो सहमति बेगर पार्क निर्माणको काम अगाडी बढ्न सक्दैन ।” उनले सुम्निमा विकास परिषद्संग छलफल नगरी काम अघि बढाएको आरोप लगाए । हामीले नगरपालिका र पार्क निर्माण समितिलाई जानकारी गराईसकेका छाँै पराजुलीले भने । पार्क निर्माण कार्यको अवरोध हामीले गरेका छैँनौ र हामी पार्क निर्माण अवधारणाको विरोधी समेत होइनौँ भन्दै पराजुलीले भने – “ सुम्निमा विकास परिषदको नेतृत्वमा पार्क निर्माणको काम अघि बढे हामी सहमतिमा आउन सक्छौँ ।” आफुले संरक्षण गर्दै आएको जग्गामा आफ्नो भूमिका खोज्नु कुनै गलत काम  नगरेको उनको भनाई छ । यस्तै पराजुलीले पार्क निर्माणको काम राजनीतिक जश लिन खोज्दा सुम्निमा विकास परिषद्लाई पन्छाइएको बताए ।

यता  पार्क निर्माण समितिका अध्यक्ष धनबहादुर पौडेलले पार्क निर्माणको काममा कुनै राजनीतिक जश लिन नखोजेको बताए । पौडेलले सुम्निामाले संरक्षण गर्दै आएको भन्ने कुनै आधिकारिक पक्ष नभएको र खाली जग्गाको संरक्षणको लागि काम अघि बढाउन खोजेको बताए । सुम्निमाले निकालेको विवादका कारण अहिले पार्क निर्माणको काम अघि बढ्न नसकेको पौडेलको भनाई छ । विकासका लागि राम्रो काम र सुन्दर नगरपालिका निर्माणका लागि काम अघि बढाएको कारण छलफल र सहकार्यबाट अघि बढ्न तयार रहेको समेत पौडेलले बताए । विजय खबरसंग कुराकानी गर्दै उनले भने – “नाममा हाम्रो कुनै विवाद छैन, सुम्नीमासंग छलफल गरिरहेका छाँै, समझदारी  भए पार्क निर्माणको काम अघि बढ्छ नत्र रोकिन्छ । ” पौडेलले सुम्निमासंग मात्र नभएर मौलाकालिका सामुदायिक बनसंग पनि समझदारी हुनु पर्ने बताए ।  तर मौलाकालि सामुदायिक बनका अध्यक्ष शालिकराम सापकोटाले सामुदायिक बनलाई कुनै आपत्ती नभएको बताए । सापकोटाले भने – “पार्क निर्माणको माथि पट्टि रहेको बाटो माथि सामुदायिक बनको क्षेत्र भएकोले त्यसमा कुनै विवाद छैन ।”  सापकोटाले सुम्निमा विकास परिषद्को संरक्षणमा रहेको जग्गा हो भने उसकै नेतृत्वमा पार्क निर्माणको काम अघि बढाउन सकिने बताए । यता गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले सवै पक्षको सहमति भए चाँडै काम अघि बढ्ने बताए ।  पार्क निमार्णका लागी पहिलो चरणमा नगरपालिकाको ३ लाख ७० हजार र देवघाट क्षेत्रबिकास समितिको २ लाख गरी ५ लाख ७० हजारले सो क्षेत्रको करिव ३ बिगाह जमिनको संरक्षण र तारवार गरिने गरी काम अगाडी बढेको तिवारीले बताए । गैडाकोट नगरपालिका र देबघाट क्षेत्रबिकास समितिको करिव ४० लाख लागतमा वातावरण मैत्रि पार्क निमार्ण गर्ने योजना रहेको तिवारीले बताए । नगरपालिकाको बातावरण मैत्री कार्यक्रम बाट साझेदारी कार्यक्रम अन्त्रगत पार्क निमार्ण कार्य आगडी बढाउन लागिएको नगरपालिकाकी वातावरण अधिकृत विजया शर्माले बताइन् ।
यस अघि पार्क निर्माणको लागि धनबहादुर पौडेलको अध्यक्षतामा ९ जनाको निर्माण समिति गठन गरिएको छ । यस्तै ७ जनाको अनुगमन समिति समेत गठन गरिएको छ, जसको अध्यक्षमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पिया रहेका छन् ।
महेन्द्र शाहले पूर्व पश्चिम राजमार्गको शिलान्यास गरेको शिलान्यास चोकबाट  करिब २ किलोमिटर पूर्व लागेपछि बृटिश क्याम्प पुगिन्छ । मौलाकालि सामुदायिक बनको पूर्वी छेउ नारायणी नदीको किनारमा हरियाली क्षेत्र, ठूला ठूला ढुङ्गा रहेका छन् । पिकनिक क्षेत्रका लागि पनि परिचित छ । ऐतिहासिक रुपमा पनि बृटिश क्याम्प परिचित क्षेत्र हो ।




Monday, March 14, 2016

एकीकृत सम्पत्ती कर अध्ययनका लागि धरान–धनकुटा

 
श्रीधर उपाध्याय
गैँडाकोट । एकीकृत सम्पत्ति कर सम्बन्धी अध्ययन अवलोकनको लागि गैँडाकोट नगरपालिकाको आयोजनामा स्थलगत भ्रमण सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका, एकीकृत सम्पत्ति कर अध्ययन समिति, राजनीतिक दलका प्रतिनिधि, सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य र सञ्चारकर्मीको टोलीले धरान उपमहानगर र धनकुटा नगरपालिकामा एकीकृत सम्पत्ति करको अध्ययन अवलोकन गरेको छ ।    विस्तृत जानकारीको लागि तलको भिडियो क्लीक गर्नुहोस


बुधवार टोलीले धनकुटा नगरपालिकाको अध्ययन गरेको थियो । धनकुटा नगरपालिकाको सभाहलमा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ धितालले २०६१ सालेदेखी एकीकृत सम्पत्ति कर प्रणाली लागू भएको बताए । धनकुटा नगरपालिकाले व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, कृषि र वनपाखा गरी चार क्षेत्रको विभाजन गरी सोही अनुरुप एकीकृत सम्पत्ति कर प्रणाली लागू गरेको बताए । यस्तो किसिमको कर प्रणाली लागु गर्न राजनीतिक दलको सबै भन्दा महत्वपूर्ण भूमिका र प्रतिवद्धता हुनुपर्ने धितालले बताए । धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा समेत उत्कृष्ट काम गरेको धितालको दाबी थियो । नियन्त्रण र व्यवस्थापनका लागि सामाजिक परिचालन, जनचेतना र सफ्टवेयरको प्रयोगनै उपयुक्त भएको उनको भनाई थियो । अध्ययन अवलोकनका लागि धनकुटा पुगेको गँैडाकोटको टोलीले विहिवार धरान नगरपालिकाको अध्ययन अवलोकन गरेको थियो । धरान उपमहानगरपालिकाका बरिष्ठ कर अधिकृत खगेन्द्र प्रसाद खतिवडाले एकीकृत सम्पत्ति कर सम्बन्धि अवधारणा तथा कार्यन्वयनका चरण र प्रक्रियाहरुका बारेमा सहजीकरण गरेका थिए । अधिकृत खतिवडाले पनि यस किसिमको कर प्रणाली लागू गर्न राजनीतिक दलको स्पष्ट बुझाई, सहमति र प्रतिवद्धता आवश्यक भएको बताए । गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले एकीकृत  सम्पत्ति कर सम्बन्धि भ्रमणले राजनीतिक दलका प्रतिनिधिहरुको बुझाईले अरुलाई पनि बुझाउन र लागू गर्न सहज हुने बताए । गैँडाकोट नगरपालिकाबाट अध्ययन अवलोकनका लागि पुगेको टोलीमा २९ जनाको सहभागिता रहेको थियो । सहभागिहरुले प्रत्यक्ष रुपमा एकीकृत सम्पत्ति कर लागू भएका क्षेत्रको भ्रमणले  आफूहरुको बुझाईमा सकरात्मक परिवर्तन आएको बताएका छन् । सहभागि हर्कपुरका विष्णु भट्टले एकीकृत सम्पत्ति कर लाई हाउगुजीको रुपमा लिन नहुने  उनको भनाई छ । यस किसीमको कर प्रणाली लागु भैसकेपछि नगरपालिकाको नगरबासी प्रति झन जिम्मेवारी बोध बढ्ने सहभागिहरुको बुझाई रहेको छ ।







Gaindakot 1 balmaitri