Saturday, June 15, 2013

लोकहितमा लोकमान

लोकमानको बारेमा राम्रो लेख्न एकजना मासिक पत्रिकाका साथीको आग्रहमा लेखिएको प्रशंसापत्र 


  • चार राजनीतिक दलहरुले संवैधानिक परिषदमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा नियुक्तिको लागि सिफारिस गरेपछि लोकमान सिंह कार्की निकै नै विवादको शीखरमा पुगे । आफुलाई सर्वश्रेष्ठ मान्ने नेपालका सञ्चारमाध्यमहरुमा लोकमानको बिरोधमा धाराबाहिक स्वरहरु प्रसारण र प्रकाशन भए । लोकमानलाई अलोकतान्त्रिक चरित्र पनि भनियो । तर आज सञ्चारमाध्यमहरु किन चुप छन् उनि नराम्रो नै हुन भने किन बिरोधलाई निरन्तरता दिन सकेनन् ? तर जेजस्तो भएपनि लोकमानको चुस्त कार्यशैलीले लोकमान साँच्चीकै लोकहितका सेवक हुन भनि पुष्टी गरेको छ  । 
 बैशाख २५ गते लोकमान सिंहकार्की ले अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा नियुक्ति लिएका हुन् । लोकमान ले अदुअआ को प्रमुख आयुक्तमा नियुक्त भएकै दिन परम्परागत शैलीबाट माथि उठेर नयाँ सोच गति र नयाँ रुपमा आयोगलाई अघि बढाउने प्रण गरेका थिए । कार्कीले आयोगका कामकारवाहि पारदर्शीरुपमा अघि बढाउने मात्र प्रण गरेनन् सरकारका हरेक मन्त्रालय, विभाग तथा कार्याल एवं तिनिहरुका क्रियाकलापको निगरानी राख्ने बताएका थिए । राजनीतिक विवादमा मुछिएर अन्ततः प्रमुख आयुक्त बनेका लोकमान सिंह कार्कीले अदुअआ मा नियुक्त भए पश्चात अदुअआ को कार्यशैलीलाई तेजीलो बनाएका छन् ।
 बैशाख २६ गते आयोगका माननीय प्रमुख आयुक्त श्री लोकमान सिंह कार्की ले आफ्नो अर्थ मन्त्रालयका सचिब र सो मन्त्रालय अन्तर्गतका भन्सार , आन्तरिक राजस्व अनुषन्धान र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रमुखहरुसंग छलफल कार्यक्रमा गरेका थिए । उनले मन्त्रालय तथा विभागहबाट सम्पादन भैरहेका कामहरु एवं मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, भन्सार लगायतका करहरुको उठ्ती मा राजस्वबृद्धी गर्न र राजस्व हेर्ने विभिन्न निकायहरुलाई संवेदनशील हुनुपर्ने निर्देशन दिएका थिए । मूल्यअभिबृद्धि  कर छली गरेका व्यापारी तथा फर्महरुको विवरण पठाउन अर्थ मन्त्रालयलाई कडा निर्देशन पनि दिइसकेका छन् ।

बैशाख २७ गते प्रमुख आयुक्त कार्कीले भुमि सुधार तथा व्यवस्था मन्त्रालय र यस मन्त्रालय अन्तर्गतका विभिन्न विभागहरु, काठमाडौँ उपत्यकास्थित मालपोत र नापी कार्यालयहरु र गुठी संस्थानका प्रमुखहरुसंग छलफल गरेका थिए । उक्त कार्यक्रम पछि रावल आयोगको प्रतिवेदनको अवस्था, सार्वजनिक तथा खोला किनारका जग्गाहरुको अतिक्रमण, मालपोत तथा नापी कार्यालयहरुमा भू–माफिया तथा काममा ढिलासुस्ती एवं नागरिक वडापत्र अनुसार काम गराउन, आर्थिक क्रियाकलाप बिना काम गर्न र नगरेमा कडा कारवाही गरिने बताइएको थियो । उनले प्रायशः मन्त्रालय र सो मातहतका अन्य विभागहरुका कर्मचारीहरुलाई चेन अफ कमाण्ड र कोड अफ कण्डक्ट अनुसार काम गर्न दबाब दिदै आएका छन् ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा ११९ बमोजीम आयोग आयुक्त पदमा नियुक्त भएका कार्की ले पहिलो दिन बाटै भ्रष्टाचार बिष जस्तो फैलीएको र यसको नियन्त्रणमा अदुअआ सधैँभरी अडिग र निडर भएर कार्य सम्पादन गर्ने बताउँदै आएका छन् । भ्रष्टाचार नियन्त्रण विश्व समुदायकै लागि एउटा चुनौतिपूर्ण कार्यको रुपमा रहेको छ । तर लोकमानले यस्तो गम्भिर प्रकितिको सामाजिक अपराधलाई रोकथाम गरी सुशासन कायम गर्ने दिशामा अदुअआ लागिरहने बताउँदै आएका छन् । नेपाल अन्तरिम संविधान २०६३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन २०४९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को फेर समातेर निडर अडिग भएको खण्डमा मात्र कार्कीले भनेको जस्तो राज्यमा भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना हुनेछ भन्दा अत्युक्ति नहोला ।
अख्तियार दुरुपयोग अनुषन्धान आयोगले गुनासा आएका एवं अनियमितता रोक्नको लागि विभिन्न विभाग तथा निकायहरुमा निरन्तर निगरानी राख्ने बताउँदै विभिन्न निकाय तथा विभागका प्रमुखहरुसंग छलफल पनि अघि बढाइरहेको छ । बैदेशिक रोजगार विभाग, राहदानी विभाग, बागमती अञ्चल यातायात कार्यालय, जिल्ला प्रशासन कार्यलयहरुको कामकारवाही चुस्त बनाउन आयोगले कदम चालिरहेको पनि आयोगले केहि समय अघि जारी गरेका विज्ञप्तिहरुमा प्रष्ट देख्न सकिन्छ । काठमाडौँ महानगरपालीका वडा नं.२९ बस्ने आशाकाजी महर्जनको उजुरीउपर बैशाख ३० गते नापी कार्यालय डिल्लीबजार पुगेको निगरानी टोलीले सर्भेक्षक श्याम सिलवालले सेवाग्राही आशाकाजी महर्जनबाट रु ७ हजार घुस लिंदा रंगेहात पक्राउ गरी आवश्यक कारबाहीका लागि आयोगमा हिरासतमा लिइएको थियो ।
जनताको प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयहरु स्वास्थ्य, शिक्षा, जनसंख्या तथा यस अन्तर्गतका विभागहरु संग छलफल गरेर आयोगले सम्बन्धित निकायहरुले समस्या तथा समाधान पहिल्याएर निर्णय गर्नुपर्ने काममा जति सक्दो चाँडो निर्णय गर्न आग्रह पनि आयोगले गर्दै आइरहेको छ  । आयोगले नेपालमा हवाइमार्गबाट आउने यात्रुहरुको पहिलो गन्तव्य र नेपालबाट बाहिर जाने विदेशी यात्रुहरुका लागि पनि प्रस्थान बिन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै भएकोले यात्रुहरुको आगमन कक्ष तथा प्रस्थान कक्ष, भन्सार व्यवस्थापन लगायतका अन्य समस्याहरुका बारेमा पनि चुस्त कार्यसम्पदान को आवश्यक व्यवस्था मिलाउन नवनियुक्त कार्कीले निर्देशन दिनुभएको छ । हवाइ यातायात मात्र नभएर कार्कीले उपत्यकाको ट्राफिक व्यवस्थापनको विषयमा पनि चासो देखाएका छन् । नवनियुक्त कार्कीले ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’को प्रभावकारी कार्यन्वयनमा समेत चासो देखाएका छन् त्यसैगरी आयुक्त ले कृषि विकास मन्त्रालय र सो मन्त्रालय अन्तर्गतका अन्य विभागहरु कृषि विभाग , पशु सेवा विभाग, कृषि कम्पनी र विउविजन कम्पनीबाट भए गरेका कमिकमजोरीको अन्त्य गनुपर्ने ज्ञात भएका समस्याहरुको विषयमा समाधान गर्न ध्यानकर्षण समेत गराएका छन् । गत जेठ ३ गते संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा अन्य विभागसंग छलफल गरेर आयोगले स्थानीय निकायको शुद्धीकरण, कृषि सडकका बिषयहरु, नक्सापासमा हुने अनियमितताहरु, जनताले समयमा सेवा प्राप्त गर्न नसकेका गुनासाहरु ले चाँडो भन्दा चाँडो सम्बोधन गर्न निर्देशन समेत दिएका छन् ।
स्थानीयस्तरका सबै समस्या मन्त्रालयले हस्तक्षेप गरी क्रियाशिल भएर कार्यसम्पादन गरी सेवाग्राहीले प्रतिफलको अनुभूति हुने गरी सेवा प्रतिबद्धता गर्न आग्रह गरेको थियो । सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै जनताको जीवनस्तर उकास्ने सरकारी प्रयासलाई अख्तियारले नजिकबाट नियाल्ने प्रतिबद्धता व्यक्त गरेका उनले नागरिकता वितरण, राहदानी वितरण, लिखत पारित, उद्योग धन्दा दर्ता, बनपैदावरको उपयोग, कृषि बिउबीजन मल र समाजिक सुरक्षा, सडक , बत्ती , खानेपानी , टेलिफोन जस्ता जनसरोकारका आधारभूत सेवा वितरणको पक्रिया लाई पारदर्शी बनाइराख्न आयोगले सधैँ निगरानी राख्न प्रयाश गर्ने आयोगले बताउँदै आएको छ ।
अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा नियुक्त हुनु अगावै राजनीतिक बिबादमा मुछिएका कार्कीले नियुक्त भएकै दिन देखि आफ्नो कार्यशैलीलाई भने चुस्त गराएका छन् । उनले गरेको कामकारवाहि र विभिन्न मन्त्रालय र सो मातहतका विभिन्न विभागहरुलाई जनमुखी सेवालाई चुस्त र पारदर्शी बनाउन निर्देशनले नै अख्तियार प्रमुख आयुक्त लोकहितको पक्षमा उभिएका छन् भनेर विश्लेषण गर्दा अत्युक्ति नहोला । कार्कीलाइ सञ्चारमाध्यमहरुले अलोकतान्त्रिक भनेर धाराबाहिक बिरोधका स्वरहरु सुसेलेका थिए । तर कार्की आयुक्त भएको भोली पल्टबाटै कुनैपनि सञ्चारमाध्यमले उनलाई अलोकतान्त्रीक भनि फलोअप गर्न चाहेनन । सञ्चारमाध्यमहरुले लोकमानलाई अलोकतान्त्रिक भनि बिरोध गर्नु लोकमानको गलत चरित्र भन्दा पनि सञ्चारमाध्यम भित्रको राजनीतिक पक्षपोषण र राजनीतिक प्रभाव मात्र थियो जुन शैली को अन्ततः पराजीत भयो र हरायो । अहिले लोकमान ले लोक हित र जनहितलाई प्रत्यक्ष प्रभाव पार्ने सेवाहरुलाई चुस्त पार्न विभिन्न निकायहरुमा दिएको निर्देैशन र दबाबले लोक हितको बाटोमा लोकमान भन्ने कुरालाई बुझाउँछ ।



No comments:

Post a Comment

Gaindakot 1 balmaitri