Saturday, September 27, 2014

गुरुकूल स्वर्णीम साँझ २०७१ सम्पन्न ।।

गुरुकूल स्वर्णीम साँझ २०७१ सम्पन्न ।।

श्रीधर उपाध्याय पोखरा, ११ असोज । गुरुकूल संगीत प्रशिक्षण केन्द्र पोखराको आयोजनामा पोखरा उद्योग बाणिज्य संघको सभाहलमा गुरुकुल स्वर्णीम साँझ २०७१ (दोश्रो संस्करण) सम्पन्न भएको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति तथा साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । श्रेष्ठले कार्यक्रममा सम्बोधन गर्दै पोखरा कलाकर्मीहरुको बाहुल्य भएको क्षेत्र हो तसर्थ यहाँ संगीत तथा कला साहित्यको विकासमा प्रतिष्ठानको तर्फबाट आगामी दिनमा कार्ययोजना बनाएर पोखराको संगीतको श्रीबृद्धिमा अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


गुरुकुल स्वर्णीम साँझको प्रमुख आकर्षणका रुपमा शास्त्रिय संगीत तर्फ बनारस हिन्दु विश्वविद्यालयका प्रोफेसर तथा सितार बादक पण्डित विरेन्द्रनाथ मिश्र, नेपाल विद्याभूषण पदकबाट सम्मानित बाँसुरीबादक हरी प्रसाद पौड्याल, तबला बादक परशुराम पौडेल रहनु भएको थियो भने उहाँहरुको अभिनन्दन पश्चात राग देशमा सितार– बाँसुरी जुगलबन्दि प्रस्तुत गर्नुभएको थियो । सांगीतीक कार्यक्रमका अबसरमा सुगम संगीत प्रस्तुत गर्ने क्रममा पोखरामा स्थापित कलाकारहरु र गुरुकुल संगीत प्रशिक्षण केन्द्रमा साधनारत प्रशिक्षार्थीहरुले वाद्यवादनका साथमा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा पाँचौ विग आइकन २०७१ का  विजेता कुन्सांग गुरुङ, रश्मि अमात्य, अनिल बिक, मिलन गुरुङ लगायतका प्रशिक्षार्थीहरुले सुगम संगीत प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा स्वागत मन्त्व्य व्यक्त गर्दै गुरुकुलका प्राचार्य तथा कार्यक्रमका संयोजक  तीर्थराज पोखरेलले पोखराको साँगीतिक क्षेत्रमा गुरुकुलले अतुलनिय भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि गुरुकुलले शास्त्रीय संगीत र सुगम संगीतका सर्जकको सम्मानका कार्यक्रम आयोजना गरिरहने  बताउनु भयो । कार्यक्रममा पाल्नुहुने विशिष्ठ  अतिथिहरुलाई गुरुकुलका संस्थापक सदस्य राम स्वामीले स्वागत गर्नुभएको थियो भने गुरुकुलका संस्थापक अध्यक्ष श्यामलाल श्रेष्ठको सभापतित्वमा स्वर्णिम साँझ सम्पन्न भएको थियो ।

 
 

Tuesday, March 18, 2014

आइटम गीत

चलचित्र,  विज्ञापनमा महिलाको सेक्स अपिल लाई मुख्य खुराकको रुपमा किन बनाइन्छ ?  

बारमा हुने डान्स शैलीलाई चलचित्रमा पस्कनु कत्तिको उचित हो या होइन ?

‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी”

आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ के यसले महिलाहरु प्रति सम्मान दर्शाउँछ त ?

samarpan

आफ्नी पाँच छ बर्षकी छोरीले घरको बैठक कोठामा होस वा सात आठ बर्षकी छोरी बोर्डिङ स्कूलको फंकसनमा  ‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी” गीतमा नाच्दा अभिभावक ताली मारेर मुस्कुराइरहेको  हुन्छ । गीत त भयो भयो नृत्यको शैली बार भित्र नाचिनै शैलीजस्तो । यसले हामीलाई कुन संस्कार र संस्कृतिको बाटोमा लग्दैछ । हिन्दी गीतको  नेपालीकरण गरेर मात्र बुझ्ने हो भने ती गीतका अर्थ सायदै राम्रा नहुन पनि सक्छन् । द्धैअर्थी लाग्ने हिन्दी आइटमका गीतहरुले हाम्रो सभ्य र सुसंस्कृत समाजमा दीर्घकालिन रुपमा कस्तो असर पार्ला हामीले सायदै सोचेका छैनौँ ।  पछिल्लो समय नेपाली चलचित्रमा पनि भित्रिएको आइटम संस्कृतिले पनि कलिलो उमेरका बालबलिकामा कस्तो संस्कार बिकास गराउला ?  यहाँ न त सञ्चारमाध्यमहरु, न त चलचित्रहलहरु सामजिक उत्तरदयित्वलाई बहन गर्दछन् यस्तो सन्दर्भमा समाज कस्तो होला ?

Gaindakot 1 balmaitri