Wednesday, May 27, 2015

नारायणी माविमा २ सय भन्दा बढि विद्यार्थीलाई छात्रबृत्ति प्रदान ।।
श्रीधर पौडेल ।।
गैँडाकोट, १३ जेठ । नारायणी माध्यामिक विद्यालय गैँडाकोट ७ ले जिल्ला शिक्षा कार्यलयको निर्देशन अनुसार आज २ सय भन्दा बढि विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । आर्थिक बर्ष २०७१ — ७२ मा जिल्ला शिक्षा कार्यलयबाट प्राप्त ७२ हजार रुपैँया बराबरको छात्रवृत्ति वितरण गरिएको विद्यालयका लेखा अधिकृत मुक्तिराम तिवारीले बताउनुभयो । सो कार्यक्रममा रु ३ सय ५० का दरले ६१ जनालाई दलित विद्यार्थीलाई छात्रवृत्ति र रु ३ सय २५ का दरले छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले छात्रवृत्ति रकमको सहि सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेको सभापतित्वमा सम्पन्न भएको विद्यालयका शिक्षक जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Gaindakot 1 balmaitri