Thursday, January 14, 2016

आदर्श विकास समाज नेपालद्धारा बारपाकमा न्यानो लुगा वितरण


गैँडाकोट, १ माघ ।  आदर्श विकास समाज नेपाल गैँडाकोट १ ले विहिबार गोरखाको बारपाकमा करिब १ लाख बराबरको राहत वितरण गरेको छ ।

संस्थाको न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत बारपाकको विकट घ्याचोक गाउँमा पुगि १ सय ५० परिवारलाई राहत वितरण गरिएको हो ।


गोरखाको बारपाकमा चिसोले जनजिवन कष्टकर बन्दै गएपछि संस्थाले न्यानो ओड्ने लुगा वितरण गरेको राहत वितरण टोलीका सदस्य मुक्तिराम तिवारीले जानकारी दिनुभयो । संस्थाका सचिव मोतिश्चन्द्र चालिसे, लालमणि पौडेल, मुक्तिराम तिवारी लगायत ९ जनाको टोली बारपाक पुगेको थियो ।



अहिलेसम्म गाँउमा राहत नपुगेको र न्यानो लुगा पाएपछि आफुहरुलाई निकै खुसी लागेको स्थानीयको भनाई छ ।  सामाजिक विकासमा विगत दुई दशकदेखि आदर्श विकास समाज नेपाल सक्रिय रहँदै आएको छ ।

Gaindakot 1 balmaitri