Monday, March 14, 2016

एकीकृत सम्पत्ती कर अध्ययनका लागि धरान–धनकुटा

 
श्रीधर उपाध्याय
गैँडाकोट । एकीकृत सम्पत्ति कर सम्बन्धी अध्ययन अवलोकनको लागि गैँडाकोट नगरपालिकाको आयोजनामा स्थलगत भ्रमण सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका, एकीकृत सम्पत्ति कर अध्ययन समिति, राजनीतिक दलका प्रतिनिधि, सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य र सञ्चारकर्मीको टोलीले धरान उपमहानगर र धनकुटा नगरपालिकामा एकीकृत सम्पत्ति करको अध्ययन अवलोकन गरेको छ ।    विस्तृत जानकारीको लागि तलको भिडियो क्लीक गर्नुहोस


बुधवार टोलीले धनकुटा नगरपालिकाको अध्ययन गरेको थियो । धनकुटा नगरपालिकाको सभाहलमा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ धितालले २०६१ सालेदेखी एकीकृत सम्पत्ति कर प्रणाली लागू भएको बताए । धनकुटा नगरपालिकाले व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, कृषि र वनपाखा गरी चार क्षेत्रको विभाजन गरी सोही अनुरुप एकीकृत सम्पत्ति कर प्रणाली लागू गरेको बताए । यस्तो किसिमको कर प्रणाली लागु गर्न राजनीतिक दलको सबै भन्दा महत्वपूर्ण भूमिका र प्रतिवद्धता हुनुपर्ने धितालले बताए । धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा समेत उत्कृष्ट काम गरेको धितालको दाबी थियो । नियन्त्रण र व्यवस्थापनका लागि सामाजिक परिचालन, जनचेतना र सफ्टवेयरको प्रयोगनै उपयुक्त भएको उनको भनाई थियो । अध्ययन अवलोकनका लागि धनकुटा पुगेको गँैडाकोटको टोलीले विहिवार धरान नगरपालिकाको अध्ययन अवलोकन गरेको थियो । धरान उपमहानगरपालिकाका बरिष्ठ कर अधिकृत खगेन्द्र प्रसाद खतिवडाले एकीकृत सम्पत्ति कर सम्बन्धि अवधारणा तथा कार्यन्वयनका चरण र प्रक्रियाहरुका बारेमा सहजीकरण गरेका थिए । अधिकृत खतिवडाले पनि यस किसिमको कर प्रणाली लागू गर्न राजनीतिक दलको स्पष्ट बुझाई, सहमति र प्रतिवद्धता आवश्यक भएको बताए । गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले एकीकृत  सम्पत्ति कर सम्बन्धि भ्रमणले राजनीतिक दलका प्रतिनिधिहरुको बुझाईले अरुलाई पनि बुझाउन र लागू गर्न सहज हुने बताए । गैँडाकोट नगरपालिकाबाट अध्ययन अवलोकनका लागि पुगेको टोलीमा २९ जनाको सहभागिता रहेको थियो । सहभागिहरुले प्रत्यक्ष रुपमा एकीकृत सम्पत्ति कर लागू भएका क्षेत्रको भ्रमणले  आफूहरुको बुझाईमा सकरात्मक परिवर्तन आएको बताएका छन् । सहभागि हर्कपुरका विष्णु भट्टले एकीकृत सम्पत्ति कर लाई हाउगुजीको रुपमा लिन नहुने  उनको भनाई छ । यस किसीमको कर प्रणाली लागु भैसकेपछि नगरपालिकाको नगरबासी प्रति झन जिम्मेवारी बोध बढ्ने सहभागिहरुको बुझाई रहेको छ ।







No comments:

Post a Comment

Gaindakot 1 balmaitri