Monday, September 19, 2016

गैँडाकोटमा क्षयरोग विकराल बन्दै



श्रीधर उपाध्याय
गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र क्षयरोगको समस्या विकराल देखिएको छ ।  आर्थिक वर्ष २०७२÷७३ मा गैँडाकोटमा करिब ९६ जनामा क्षयरोगको संक्रमण भेटिएको छ । गँैडाकोट स्वास्थ्य चौकीमा ६१ जना , पिताँैजी स्वास्थ्य चौकीमा १५ जना र अमरापुरी स्वास्थ्य चौकीमा २० जना नयाँ क्षयरोगी भेटिएका हुन् । यस आर्थिक वर्षको श्रावण  यता मात्रै गैँडाकोटका तीन स्वास्थ्य  चौकीमा १५ जना नयाँ विरामी दर्ता भएका छन् । गैँडाकोट स्वास्थ्य चौकीमा ९ जना, पिताँैजी स्वास्थ्य चौकीमा ३ जना र अमरापुरी स्वास्थ्य चौकीमा ३ जना नयाँ क्षयरोगी भेटिएका छन् । 

गँैडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्रराज शर्माका अनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्तिम चौमासिकमा मात्रै लक्ष्यको ८२.६ प्रतिशत नयाँ रोगी भेटिएका थिए । शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा भेटिएका नयाँ विरामी मध्यै सबै भन्दा बढि फोक्सोमा क्षयरोग लागेका विरामी भेटिएको पाइएको छ । जातियताका आधारमा तथ्यांकलाइ विश्लेषण गर्दा विरामी भएका मध्ये जनजाति बढी देखिएको समेत प्रमुख शर्माले बताए । 


पितौँजी घाट स्वास्थ्य चौकीका प्रमुख यम बहादुर क्षेत्रीले पितौजी स्वास्थ्य चौकीमा फोक्सोमा हुने क्षयरोग बढि देखिएको बताए । साउन महिना यता मात्रै तीन जना नयाँ विरामी थपिएका मध्ये दुई जनामा फोक्सोको क्षयरोग देखिएको छ । एक आर्थिक वर्षमा १४ जना नयाँ विरामी पत्ता लगाउने लक्ष्य अनुरुप अघिल्लो आर्थिक वर्षमा ५६ प्रतिशत विरामी देखिएको प्रमुख क्षेत्रीले बताए ।  उता अमरापुरी स्वास्थ्य चौकीमा अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी क्षयरोगका विरामी भेटिएका छन् । एघार जनाको लक्ष्य रहेको थियो भने कुल २० नयाँ विरामी भेटिएको स्वास्थ्य चौकी प्रमुख रेशम पौडेलले बताए । यस्तै पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा अमरापुरी स्वास्थ्य चौकीमा ११ जनामा फोक्सोमा लाग्ने क्षयरोग भेटिएको छ । 


क्षयरोग के हो ?

क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि ) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । संस्कृतमा यसलाइ राज्यक्षमा पनि भन्ने गरिन्छ । यो रोगले शरिरको क्षय गर्ने भएकोले नै यसलाइ क्षयरोग भनिएको हो । यसलाइ महारोग अर्थात रोगहरुको राजा पनि भन्ने चलन रहेको छ । क्षयरोग मुख्यतया फोक्सोको रोग भएतापनि सरिरका अन्य अंग जस्तै हाड, मस्तिष्क, आन्द्रा लगायतका भागमा पनि यसले संक्रमित गर्ने गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्रराज शर्माले बताए । क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । ( ब्ष्चदयचलभ म्चयउभित ष्लाभअतष्यल  नामक जीवाणु सन् १८८२ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् ।
जीवाणु पत्ता लागेको एक शताव्दी भैसक्दा र यो रोग निको पार्ने प्रभावकारी औषधी र रोग लाग्न नदिने खोपको व्यापक प्रयोग भैरहदा पनि क्षयरोग विश्रभरी नै मुख्य स्वास्थ्य समस्याको रुपमा रहदै आएको पितौँजी स्वास्थ्य चौकीका प्रमुख यम बहादुर क्षेत्रीलेब बताए । एक अध्ययन अनुसार नेपालमा मानिसको ज्यानैलिने दोश्रो भयानक सरुवा रोगको रुपमा क्षयरोग रहेको छ ।

क्षयरोग कसरी लाग्छ ? 

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिना देखि एक वर्ष सम्मको समयलाइ झ्याली समयको रुपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरुले उत्पादन गर्ने एक प्रकारको विष त्गदभचअगष्लि को कारणले सरिरका कोषहरु को क्षय हुन जान्छ फलतः रोगका लक्षण देखिन थाल्छन् ।

क्षयरोगका लक्षण के के हुन् ?

क्षयरोगका किटाणु स्वस्थ मानिसको शरिरमा प्रवेश गरेपछि त्यसको प्रभावका कारण लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने लक्षण देखा पर्ने गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्रराज शर्माले बताए । शर्माका अनुसार शरिरको वजन घट्ने,फोक्सोमा पीडा महसुस हुने ज्वरो आउने लक्षण देखा पर्दछ । 
कसलाइ बढि खतरा हुन्छ ?

१ केटाकेटी किशोर किशोरी र वयस्क जो सुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् । रोगी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवारका सदस्यलाइ बढि खतरा हुने हुनाले मास्क लगाएर मात्र विरामी नजिक जानुपर्ने पितौँजी स्वास्थ्य चौकी प्रमुख यम बहादुर क्षेत्रीले बताए । 
धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा, अल्कोहल लगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेकाहरु र बढि धुलो धुवामा बस्नेहरु, एड्स रोगी जसको रोगप्रतिरोधात्मक कम हुन्छ यस्ता व्यक्तिलाइ चाँडै गलाउने गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्रराज शर्माले बताए । 

रोगबाट बच्न के गर्ने ?

अमरापुरी स्वास्थ्य चौकीका प्रमुख रेशम पौडेलका अनुसार धुम्रपान मध्यपान नगर्ने, बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने, रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने, हाछ्यँु गर्दा र खोक्दा मुख छोप्ने बानीको विकास गरेको खण्डमा यो रोग अरुलाइ सर्न र आफू अरुबाट संक्रमित हुन बाट बच्न सकिन्छ । 

नेपालमा क्षयरोगको बर्तमान अवस्था

नेपालमा प्रत्येक दश जना मध्ये ६ जना मानिस यो रोगबाट संक्रमित छन् । प्रतिवर्ष ४० हजार नया रोगी थपिने गरेका छन् । एक तथ्यांकका अनुसार नेपालमा भएका क्षयरोगी मध्ये ५ देखि १५ प्रतिशत रोगी बालबालिका रहेका छन् । 
नेपालमा धेरै जनता अशिक्षित छन् । जसले यो रोग इश्वरले सरापेर दिएको हो भन्ने रुढिवादी मान्याता राख्छन् । बालबालिका यो रोगबाट बढि प्रभावित हुने कारणले पनि वयस्कहरुमा यो रोग बढि छ भन्ने कुरालाइ प्रतिबिम्बित गरेको गरेको विभिन्न अध्ययनले देखाएको छ । 

उपचार र नियन्त्रण

क्षयरोगको सरल र सहज उपचार सम्भव भएपनि यसले वर्षेनी हजार्रौको ज्यान लिने गरेको छ । त्यसैले यो रोगप्रति हेलचेक्राइ नगरिकन छिटौ औषधोपचारमा लाग्नुपर्छ ।
१ यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ
२ यो रोग लागि सकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ । 
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगले संक्रमित गर्ने गरेको छ । यद्यपि असाध्य र महारोग मानिएको क्षयरोगको उपचार सहज बन्दै गएकोले यो रोगबाट प्रभावित हुने र ज्यान गुमाउनेको संख्या कम भएको छ । नेपालमा रोग प्रतिको लापरवाहका कारण क्षयरोगका कारण ज्यान जाने गरेको देखिएको छ । 


No comments:

Post a Comment

Gaindakot 1 balmaitri