Monday, November 11, 2013

विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा ।


विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा । 


आफ्नै जन्मथलो पनि म पुरै घुमेकै रहेनछु । हिजो मात्र अवसर मिल्यो गैँडाकोट गाविसको वाड नं ३ अन्र्तगतको ढोडेनी गाँउ पुग्ने । पूर्व पश्चिम महेन्द्र राजमार्ग बाट करिब आठ दश किलोमिटर उत्तर तर्फका जंगल छिचोल्दै पुगिने त्यस गाँउ पुग्न भटभटेको पछाडि बसें । करिव आधा घण्टाको त्यो बाटोमा म भटभटेमा मुस्किलले पन्ध्र मिनेट बसें होला । अरु समय त त्यो विग्रिएको बाटोमा उफ्रिरहन्थे म भटभटेमानै । हावामा उडेझैँ । विं.सं २०४८ सालको नेपाली काँग्रेसको पालामा खोलीएको त्यो बाटो आज सम्म पनि कुनै सुधार हुन नसकेको गुनासो आम जनताको अनुहारमा प्रष्ट देखिन्थ्यो । 



घरका आँगनमा टुक्रुक्क बसेका ढोढेनीका ती बासिन्दाको अनुहारमा मुस्कान कम देखिन्थ्यो कसैले केहि गर्दिन्छ कि भन्ने आशा र भरोसाभने मनग्ये देखिन्थे । घैँटोमा कोचेर निकालिएको कपडा जस्तै खुम्चीएका तिनका अनुहारले साँच्चीकै बर्षौदेखि बेदना बोकिरहेका थिए । एक दुई बर्ष अघि मात्रै बत्ति पुगेको यस क्षेत्रमा न त उचित स्वास्थ्य केन्द्र छ न त उचित यातायता सेवा । विद्यालयको नाममा श्रीकृृृष्ण गण्डकी निम्न माध्यमिक विद्यालय रहेछ । विद्यार्थीहरु माध्यामिक विद्यालयको लागि कित घण्टौँ हिँडेर तनहुँ जानु पर्ने अवस्था कित घण्टौँ हिँडेर गैँडाकोटको राजमार्ग तिर आउनु पर्ने अवस्था । सिंगो पिडा र अभाव बोकेर बाँचिरहेको ढोढेनी कहिले बाट हाँस्न पाउनेछ .

No comments:

Post a Comment

Gaindakot 1 balmaitri