Monday, June 27, 2016

नवलपरासीमा ४५ हजार हेक्टरमा धान खेती


श्रीधर उपाध्याय
गँैडाकोट । यस पटक असार लागे संगै वर्षा सुरु भयो । वर्षा सुरु भएसंगै नवलपरासीमा किसानहरुले धान रोपाई सुरु गरेका छन् । मनसुनमा भर परेको हाम्रो कृषि क्षेत्र विशेषत ः धान खेती मनसुन सुरु नभई सुरु गर्न हम्मे हम्मे नै पर्दछ । यसै साता गैँडाकोट ६ का चन्द्र प्रसाद सुवेदीले पनि धान रोपे । खेतमा सिंचाईका लागि उति राम्रो व्यवस्था छैन् । “मनसुन सुरु भएको मौका छोपें” उनले भने । सुवेदीले यस पटक आफ्नो खेतमा ‘ राधा ४’ र ‘ ओ आर’ धान रोपेका छन् । यस्तै मनसुन सुरु भएसँगै नवलपरासी दिव्यपुरीका शिव शर्माले पनि धान रोपेका छन् । अघिल्लो वर्ष भन्दा यस पटक चाँडै मनसुन सुरु भएका कारण चाँडै धान रोपेको उनको भनाइ छ । नवलपरासीमा प्रायः जसो किसानले मनसुली धान रोप्ने गरेको भन्दै उनले पनि आफूले यस पटक मनसुली धान रोपेको बताए ।

 सिंचाईको लागि उपयुक्त स्रोतको अभाव हुँदा मनसुनमा भर पर्ने कृषि प्रणालीबाट कहिले मुक्ति पाउने होला उनले सुनाए । आइसिआइमोडका अनुसार चितवन भन्दा बढि धानबाली उत्पादन नवलपरासीमा हुने देखिन्छ । तर पनि नवलपरासीमा उपयुक्त सिँचाइको अभाव देखिन्छ यस तर्फ बेलैमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ । नवलपरासीमा अघिल्लो आर्थिक वर्ष करिब १९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । नवलपरासी जिल्लामा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको आइसिआइमोडले जनाएको छ । यता जिल्ला कृषि विकास कार्यलय नवलपरासीका बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बढ्दो प्लटीङको समस्याले अहिले ४५ हजार हेक्टर क्षेत्रफलमा मात्र धानबाली हुने गरेको बताए ।



धान खेती   

विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात ३ अर्ब ५० करोड मानिसको खाद्यान्नको प्रमुख आधार नै धान हो । एशियाली मुलुकहरूलाई त धानको बास्केट नै मानिन्छ । किनभने ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र खपत पनि एशियाली मुलुकमा नै हुने गरेको छ । नेपालमा धानको बास्केट तराइ क्षेत्र हो । विश्वमा जति धान उत्पादन हुन्छ त्यसको  ६ र ७ प्रतिशत मात्र बिक्री वितरणका लागि बजारमा जान्छ । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा धानको योग्दान १० प्रतिशत भन्दा माथि रहने गरेको छ ।

धान दिवश

नेपालको प्रमुख अन्नबालीमा पर्ने धानलाई विशेष महत्व दिन २०६१ साल मंसिर २९ गते भएको मन्त्रीपरीषदको निर्णय अनुसार असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने गरिएको छ । त्यस्तै आज भन्दा ५८ वर्ष अगाडि नै संयुक्त राष्ट्रसंघले सन् १९६६ लाई भोकमरी विरुद्धको नारासहित धानलाई वर्ष बाली घोषणा गरेको थियो । असार १५ मा कृषि विकास कार्यलय  नवलपरासीले पनि विविध कार्यक्रम अयोजना गरेको अधिकृत पौडेलले बताए । 

मलखाद व्यवस्थापन

धानबालीमा मलको प्रयोग गर्दा स्थानीय श्रोतको परिचालनमा हरियो मल (सकेसम्म कोशेबाली), एजोला, गोठेमल, कम्पोष्ट मल, पिना, ब्लुग्रीन एल्गी आदी प्रयोगमा ल्याउन सकिने नवलपरासी जिल्ला कृषि कार्यालय नवलपरासीका बालि विकाश अधिकृत श्रीधर पौडेलले बताए । यी मलहरु प्रयोग गरेपछि नपुग मात्रा मात्र रासायनिक मलको रुपमा दिनु पर्दछ । धानबालीको लागि रासायनिक सलको सिफारिस मात्रा नाइट्रोजन प्रति हेक्टर १ सय केजी, फस्फोरस प्रति हेक्टर ३० केजी, पोटास प्रति हेक्टर  ३० केजी आवश्यक पर्दछ सिंचित क्षेत्रको लागि छ भने असिंचित क्षेत्रको लागि नाइट्रोजन प्रति हेक्टर ६० केजी,  फस्फोरस प्रति हेक्टर २० केजी र  पोटास प्रति हेक्टर २० केजी आवश्यक पर्दछ ।

 धान बालीमा जिंक तत्वको कमि प्रायः देशभरी नै देखिएको छ । पौडेलका अनुसार धानबालीमा प्रति कठ्ठा २ केजी डिएपी, २ केजी युरिया र २ केजी पोटास राख्न सकिन्छ  तर हरियो मलको प्रयोगले खेत कत्तिको मलिलो छ त्यसले पनि केही थपघट गर्न सकिने उनले बताए । मलिलो भए अलि कम प्रयोग गर्न सकिने पौडेलको भनाइ छ । 

झारपात व्यवस्थापन

धान रोपेको २५ र ३० दिनसम्म पहिलो गोडाई गर्नु पर्छ र झारपात बढी मात्रामा देखिएमा दोस्रो गोडाई गर्नु उपयुक्त हुने पौडेलले बताए । गोडमेलबाट झारको व्यवस्थापन गर्न सम्भव नभएको अवस्थामा झार मार्ने विषादीको प्रयोगबाट पनि नियन्त्रण गर्न सकिन्छ । धान रोपाई अथवा छरिसकेपछि झारनाशक विषादीको प्रयोग गर्न सकिन्छ । रोपाई गरेको धानमा ब्यूटाक्लोर गेडा ८०० ग्राम प्रति कठ्ठा अथवा १.२५ किलोग्राम प्रति रोपनीको दरले धान रोपेको ५ दिन भित्र समान रुपले छर्नु पर्दछ र २४ घन्टासम्म पानी थुनी राख्नु पर्दछ । पछि आएका झारलाई हातले गोडमेल गरी व्यवस्थापन गर्न सकिन्छ ।

रोग व्यवस्थापन

देवचुली ६ का किसान शिब शर्माको अघिल्लो वर्ष धान खेतीमा रोग लाग्यो । उनले भने जस्तै धानको उत्पादन हुन सकेन । पछि उनले बालि विद्संग छलफल गरे । पछि मात्र थाहा पाए उनको खेतमा धानखेतीमा लागेको रोग ब्लास्ट (द्यबिकत) रोग रहेछ ।  रोगको लक्षण स्वरुप पातहरुमा दुबै छेउतिर चुच्चिएका आकारका थोप्लाहरु देखा परेको शर्माले बताए । यी थोप्लाहरु खैरो रङको हुन्छन् र थोप्लाको बीचमा सेतो बिन्दु हुन्छ । बाला मुन्तिरको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छन् । ब्लाष्ट मात्र होइन धानबालीमा विभिन्न किसिमका रोग लाग्ने गर्दछन् । यी सबै विषयमा किसानहरु जानकार हुन आवश्यक रहेको विज्ञहरुको भनाई छ । 

ब्याडमा यो रोग लागेमा हिनोसान १ मिलिलिटर १ ग्राम प्रति लिटर पानीका दरले मिलाई ब्याडमा राम्ररी छर्ने । बोट गजाइ रहेको बेला हिनोसान १.५ मिलिलिटर २ ग्राम प्रतिलिटर पानीका दरले १०–१२ दिनको फरकमा दुईपटक राम्ररी छर्न सकिने अधिकृत पौडेलले बताए  । 

ब्याक्टेरियल लिफ ब्लाईट (द्यबअतभचष्ब िीभबा द्यष्निजत) लक्षण पातको किनाराबाट लामो पहेंलो वा खैरो रङका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्दछ । व्यवस्थापन सिफारिस अनुसार नाइट्रोजन मल दिने । रोग लागेको खेतमा केही दिन पानी सुकाइदिने । एग्रिमाइसिन १०० को ०.२५ ग्राम प्रति लिटर पानीमा मिसाएर त्यो झोलमा बीउलाई ३० मिनेटसम्म डुबाएर बीउ उपचार गर्न  सकिन्छ । 

खैरो थोप्ले रोग (द्यचयधल ीभबा क्उयत) लक्षण पात वा धानका गेडामा संग साना गोलाकार वा लाम्चा खैरा थोप्लाहरु देखिन्छन्। व्यवस्थापन खेतमा रोगी बोटका ठुटाहरु र अन्य झारपात नष्ट गर्ने । उचित मात्रा र उपयुक्त समयमा मलको प्रयोग गर्ने । मेन्कोजेव (डाइथेन एम–४५ (७५द्दद्दण् डब्लु पि) विषादी ३ ग्राम प्रति लिटर पानीको दरले मिसाइ १५ दिनको फरकमा ३ पटक छर्कने ।

 फेद कुहिने रोग लक्षण खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेंद कुहिएर मर्दछन् । बोटमा तल्लो आँख्लाहरुबाट जरा निस्कन्छन्। व्यवस्थापन रोगी बोट देख्ने बित्तिकै त्यसलाई तुरुन्तै उखेलेर बारीबाट हटाउने वा जलाएर नष्ट गर्ने। स्वास्थ्य बीउको प्रयोग गर्ने । डेरोसाल ५० प्रतिशत डब्लु पि बिषादी २ ग्राम प्रति किलोग्राम बीउका दरले उपचार गरी ब्याड राख्ने। पातको फेद डढुवा रोग (क्जभबतज द्यष्निजत) लक्षण शुरुमा पातको फेदमा अन्डाकारका खैरा थोप्लाहरु देखा पर्दछन् । थोप्लाहरु बढ्दै गएर काला गिर्खाहरु देखा पर्दछन्। बोटको माथिल्लो भागमा समेत पुगी सुकेर डढेको जस्तो देखिन्छ। व्यवस्थापन नाईट्रोजन मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने। उन्नत जातको धान रोप्दा बोटबोटको दूरी बढाउने। कार्वेन्डाजिम (वेभिष्टिन ५० प्रतिशत डब्लु पी. वा डेरोसाल ५० प्रतिशत डब्लु पी.) १.५ ग्राम प्रति लिटर पानी मिसाएर १०–१२ दिनको फरकमा २ पटक छर्न सकिन्छ । 

खैरा रोग (जिंकको कमी) लक्षण रोगी बोटको फेंदतिरको पात पहंलिएर जान्छ । पातमा खैरा थोप्लाहरु पनि देखिन्छन् । थोप्लाहरु बढेर पूरै पात खैरो वा रातो देखिन्छ । बोटमा गाँज थपिने र बढ्ने क्रम रोकिन्छ । व्यवस्थापन धान र उखुको घुम्ती बाली लगाउने । लक्षण देखा परेपछि २० ग्राम जिंक सल्फेट र १२ ग्राम चून ५० लिटर पानीमा मिसाइ प्रति रोपनीका दरले १० दिनको फरकमा २ पटक छर्कने ।  नाइट्रोजन र फस्फोरस सिफारिस भन्दा बढी प्रयोग नगर्ने। लक्षण देखिएमा केही दिनसम्म खेतमा पानी सुकाउने । 

पातमा लाग्ने डढुवा (ीभबा द्यष्निजत) लक्षण पातमा आँखा आकारका खैरा दागहरु देखिन्छन्। यी दागहरु पछि जोडिएर पात नै सुकाइ दिन्छन् । व्यवस्थापन रोग अवरोधक जात मनकामाना ३, गणेश १ र गणेश २ पनि लगाउन सकिने विज्ञहरुको सुझाब रहेको छ ।  जिल्ला कृषि विकास कार्यालय नवलपरासीका बाली संरक्षण अधिकृत पौडेलले रोग लागेमा नमुना लिएर कृषि कार्यलय आउन आग्रह गरेका छन् । नमुनाको अध्ययन गरिने उहाँको भनाइृ छ । 

सिँचाइ तथा निकास ः 

बेर्ना रोपेको २०–३० दिन सम्म ४–५ सेमी पानी खेतमा रहनुपर्छ । निकास सुविधा भए १५ दिनको फरकमा ४–५ दिन पानी काटी जमिन सुख्खा राख्दा राम्रो हुन्छ । 

बाली काट्ने चुट्ने ः 

८०–९० प्रतिशत दाना पाकेको बेला धान काट्दा गेडा झर्ने समस्या हुँदैन । स्थानीय विधि वा थ्रेसर प्रयोग गरी चुट्ने र घाममा राम्ररी सुकाएर सफा गरी भिœयाउँदा अन्न राम्रो हुने नवलपरासीका बालि विकास अधिकृत श्रीधर पौडेलको भनाई छ । 

साढे उन्नाइस अर्बको धान चामल आयात 

काठमाडाँै । चालु आर्थिक वर्षको १० महिनामा करिब करिब साढे उन्नाइस अर्बको धान चामल आयात भएको छ । पछिल्लो १० महिनामा भन्सार विभागका अनुसार १९ अर्ब ३४ करोड ३५ लाख मूल्य बराबरको धान चाम आयात भएको छ । यो समयावधिमा चार लाख ५२ हजार आठ सय ८४ टन धान चामल आयात भएको हो । यतिमात्र होइन खाद्यान्न खरिदका लागि विगत १० महिनामा मात्रै ३१ ऋर्ब रुपैँया बाहिर गएको छ । खाद्यान्न अन्तर्गत विशेषतः धान, चामल, मकै, गहुँजस्ता अन्न पर्दछन् । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ६ करोड १३ लाख रुपैयाँको अन्न आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै १० प्रतिशत बढी हो ।  

भाते संस्कृति मौलायो 

नेपालमा भाते संस्कृति मौलाएको कारण अन्य खाद्यबालीको उत्पादनमा कमि आएको छ । भाते संस्कृति यति अत्याधिक रुपमा बिकृत बनिसकेको छ कि नेपालमै उत्पादित धानले नेपालमा खान नपुग्ने अवस्था छ । चालु आर्थिक वर्षको १० महिनामा साढे १९ अर्बको धानचामल आयात गर्नुपर्ने बाध्यताबाट गुज्रिनुपरेको छ । मकै करिब सवा ७ अर्बको आयात भएको छ । गहुँ सवा ४ अर्ब, फापर पौने ७ करोड, कोदो करिब साढे ३ करोडको आयात भएको भन्सार विभागले जनाएको छ । 


No comments:

Post a Comment

Gaindakot 1 balmaitri