Tuesday, April 26, 2016

गैँडाकोटमा विकासको सम्भावना छ – श्रीकृष्ण नेपाल




विकासका लागि सम्भावना बोकेको गैँडाकोट नगरपालिका नयाँ नगरपालिका हो । नेपालकै मध्यभागमा रहेको यस नगरपालिकाले देशकै पूर्व पश्चिम राजमार्गलाई जोड्ने काम गर्दछ । व्यापारिक केन्द्र नारायणगढबाट नजिक यस नगरपालिकाका व्यवसायि, कर्मचारी, विद्यार्थी सबैको रोजाईको क्षेत्र हो । धार्मिक पर्यटनको रुपमा धेरै मठमन्दिर, सांस्कृतिक धरोहर, व्यवसायको लागि पनि देशकै केन्द्र विन्दु, यातायातको लागि पनि सहज क्षेत्र गैँडाकोट नगरपालिका धेरैको रोजाई बन्न सक्छ । यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रिक्त उप सचिव पद रहेका स्थानीय निकायहरु मध्ये गैडाकोट नगरपालिकालाई राजेर नगरपालिकको कार्यकारी अधिकृतको रुपमा श्रीकृष्ण नेपाल भर्खरै आउनुभएको छ । वि सं. २०५३ मा अछाम जिल्लाबाट खरिदारमा सरकारी सेवा सुरु गर्नुभएका नेपालले वि सं. २०५५ सालमा नायब सुब्वा  र  वि. सं. २०५९ सालमा शाखा अधिकृत भएर काम गरिसक्नुभएको छ । सरकारी सेवामा रहदाँ अछाम, गुल्मी, पाल्पा, काठमाडौं, चितवन र मकवानपुर जिल्लाहरुमा सेवारत रहनुभएको थियो । सबै तह र तप्कामा रहेकाहरुको सकरात्मक सहयोगले विकास कार्य सम्भव हुने विचार राख्ने अधिकृत नेपाल सँग गैँडाकोट क्षेत्रको विकासको लागि नगरपालिकाले के कस्तो काम गर्दैछ त ? नगरपालिकाले अघि बढाएका कामहरु के भैरहेका छन् ? यसै सन्दर्भमा कुराकानी गरेका छौँ । विजय खबरका लागि श्रीधर उपाध्यायले गर्नुभएकोे कुराकानीको सम्पादीत अंश ।


गैँडाकोट नगरपालिकाको कार्यकारी अधिकृत भएर आउनुभएको छ कस्तो लागिरहेको छ ?
म यस अघि नायब सुब्वा पदमा सेवारत रहँदा पाल्पा जिल्लामा जिल्ला विकास समिति र अन्तर्गतका दुइवटा गा.वि.स.मा कार्यरत थिए । उक्त समय निर्वाचित जनप्रतिनिधिहरु रहेको अवस्था थियो तर अहिले सर्वदलीय संयन्त्र छ । मैलै गर्नुपर्ने कार्यको वातावरण निःसन्देह फरक छ । तथापि आफूलाई वातावरण अनुरुप बनाई नगरवासीहरुलाई आवश्यक सेवा दिनेछु ।
यस नगरलाई विकासका दृष्टिले कत्तिको सम्भावना बोकेको देख्नुहुन्छ ?
गैडाकोट नगरपालिका विकासका दृष्टिले धेरै सम्भावनाहरु रहेको नगर हो । यहाका ऐतिहासिक धरोहर, पुरातात्विक सम्पदा, मठ मन्दिर र सार्वजनिक जग्गाहरु यसको ज्वलन्त उदाहरण हुन् । साथै मौला कालिका मन्दिर, देवघाट धाम र नारायणी नदीको तटीय भूभागले नगरलाई अझ आर्कषक र पर्यटकीय महत्व थपेका छन् । यस नगरका सक्रिय राजनीतिक दल र प्रतिनिधीहरु, वन, उपभोक्ता समिति, वडा नागरिक मञ्च, टोल विकास संस्था एवम् नागरिक सचेतना केन्द्रको सक्रिय सहयोग र नगरका ग्रामिण एवम् वातावरणीय सडक सञ्जाल, भौतिक पूर्वाधार, वालमैत्री विद्यालय, गैर सरकारी संघ सस्था, उद्योग वाणिज्य संघ र सञ्चार माध्यमको समन्वय र सहयोगबाट नगरलाई बालमैत्री र वातावरणमैत्री बनाउन थप फाईदा पुग्नेछ । मन्त्रालयबाट नगरपालिकामा विनियोजित बजेट कार्यक्रमका विभिन्न शीर्षक मध्ये फोहोर व्यवस्थापन र वातावरण संरक्षण जस्ता कार्यक्रम अझ नगर विकासमा थप टेवा  पु¥याउने कार्यक्रमहरु हुन् । गैँडाकोटमा बिकासको सम्भावना धेरै छन् ।
ती विकासका सम्भावनालाई पुरा गर्न कसरी अघि बढ्नुपर्ला ?
मैले माथि भनिसकेको छु गैडाकोटको विकासको लागि बजेट र कार्यक्रम विनियोजित भैसकेका छन् । यहाँ रहेका राजनीतिक दलको सहयोग र सद्भाव, नगरबासीका विकास प्रतिको रुची साथै नगरपरिषदद्वारा स्वीकृत कार्यक्रमहरुले विकासका संभावनाहरुलाई अझ थप सहयोग पुग्ने छ ।
त्यसका लागि नगरपालिकाले के गर्दैछ ?
नगर परिषदद्वारा स्वीकृत कार्यक्रम अनुरुप राजनैतिक दल र सरोकारवाला व्यक्तिहरुको सल्लाह र सहयोगबाट नगरपालिकाको विकास र निर्माणको लागि निरन्तरता दिने कार्य नै नगरपालिकाको प्राथमिकता रहेकोले सोही अनुरुप विकास र निर्माणका कार्यहरु अगाडि बढाइनेछ ।
राजनीतिक दल, संघ संस्थाहरुबाट कस्तो खालको भूमिकाको अपेक्षा गर्नुभएको छ ?
निर्वाचित जनप्रतिनिधि नभएको अवस्थामा नगरमा रहेका सक्रिय राजनैतिक दलहरुको भूमिका सकरात्मक रहेको मैले पाएको छु । वहाहरुको सकारात्मक सहयोगको अपेक्षा पनि राखेको छु जसवाट नगरपालिकाको विकास र निर्माण कार्य संम्भव छ ।
वातावरणमैत्री नगरपालिका बनाउन के कस्ता कामहरु भइरहेका छन् ?
नगरपालिकाका विभिन्न वडाहरुमा रहेका वडा नागरिक मञ्च, टोल विकास संस्था, नागरिक सचेतना केन्द्र, बाल सञ्जाल, महिला सञ्जाल, उद्योग वाणिज्य संघ, संचार माध्यम लगायत सरोकारवालाहरुसँगको आवश्यक  सहयोग एवं समन्वयबाट नगरलाई वातावरणमैत्री बनाउन सकिन्छ । यसलाई मध्यनजर गर्दै नेपाल सरकार र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुवाट नगरमा संचालित कार्यक्रमहरु पनि वातावरण मैत्री रहेका छन् । नगरपालिकाका सत्रै वडाका विभिन्न स्थानमा पोखरी निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण, भू–संरक्षण, वृक्षारोपण, फोहोर व्यवस्थापन कार्यबाट पनि वातावरणमैत्री नगरपालिका बनाउन थप सहयोग पुग्ने देखिन्छ । 
वातावरणमैत्री नगर बनाउन फोहोर व्यवस्थापन चुनौति बन्न सक्छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी रुपले अगाडि बढाउने सन्दर्भमा भन्नुपर्दा नगरपालिकाले फोहोरलाई स्रोतमै व्यवस्थापन गर्ने र घच् नीति ९च्भमगअभ, च्भगकभ, च्भअथअभि० लाई अगाडि बढाइरहेको छ । सोही अनुरुप कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल बनाई व्यवस्थापन गर्ने, पुनः प्रयोग हुने फोहोरलाइ पुनः प्रयोगमै जोड दिने, प्लाष्टिक जन्य फोहोरलाई सुइरो वितरण कार्यक्रम मार्फत व्यवस्थापन गर्ने प्रयास गरिएको छ । यहि व्यवस्थापन कार्य पश्चात बाँकी रहेको फोहोरलाई मात्र अन्तिम विसर्जनका लागि ीबलमाष्िि क्ष्तभ मा लैजाने व्यवस्था गरिनेछ । नगरवासीबाट यसरी नै फोहोर व्यवस्थापन कार्यमा सहयोग पुग्नेमा हामी विश्वस्त छौ ।
वातावरणमैत्री नगर बनाउन नयाँ योजना के के हुन सक्छन् ?
वातावरणमैत्री स्थानीय शासनको नीतिलाई स्थानीय योजना प्रक्रियाको मूल प्रवाहीकरणमा लैजाने, स्थानीय 


निकायको क्षमता अभिबृद्धी गर्ने र वातावरणमैत्री कार्यक्रमहरु संचालन गर्ने र शिक्षा तथा सञ्चारको माध्यमबाट नगरबासीमा वातावरणमैत्री व्यवहार जागृत भई आचरणमा स्वतः परिवर्तन हुने विश्वास हामीले गरेका छौँ । वातावरणमैत्री सुचकहरुको निरन्तर अनुगमन,मुल्याङ्कन, पृष्ठपोषण तथा तदनुरुप सुधार गरी कार्यक्रमलाई अगाडि लैजाने योजना छ । वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, बालक्लब, बालसञ्जाल, महिला सञ्जाल, लगायत राजनीतिक दल, उद्योग बाणिज्य संघ, संचारकर्मी र सरोकारवाला सरकारी तथागैर सरकारी संघ संस्थाहरुसँग समन्वय गरी वातावरणमैत्री नगर बनाउने योजना बनिरहेको छ ।
यस अघि एकिकृत सम्पत्ति कर प्रणाली श्रावण महिनाबाट सुरु गरिने कुरा थियो यसको काम कहाँ पुगेको छ ?
हो, यसको लागि एकीकृत सम्पत्ति कर निर्धारण समितिको बैठक बसीसकेको छ । यस कार्यलाई आगामी आ.व. ०७३÷०७४ देखि लागू गर्ने गरी समिति मार्फत नगरपालिकाको सबै वडाहरुमा यसको विषयमा सर्वसाधारणलाई जानकारी गराउने, सचेतनामूलक कार्यक्रम संचालन गर्ने, राय लिने जस्ता कार्यक्रमहरुबाट जनचेतना अभिवृद्धि हुनेछ । नगरपालिकाको आयस्रोतको प्रमुख स्रोतको रुपमा रहेको यस कार्यक्रममा सवैको सहयोग हुने विश्वास मैले लिएको छु । 

अन्त्यमा केही भन्नु छ ?
गैडाकोट नगरपालिका नयाँ भएकोले यसको विकास एवम् नगरबासीको आवश्यकता पूरा गर्न यहाँस्थित सम्पूर्ण सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहेको हुँदा सम्बद्ध सबैको सकारात्मक सहयोगको अपेक्षा मैले राखेकोछु । हामी सबै एकजुट भई गैडाकोट नगरपालिकाको विकासमा सहभागी बनाँै, यसलाई नमुना नगरपालिका बनाऔं, जनतालाई आवश्यक सेवा प्रदान गराँै ।


No comments:

Post a Comment

Gaindakot 1 balmaitri