Saturday, August 8, 2015

आदर्श टोल विकास संस्था गठन, १३ सदस्यीय कार्यसमिति चयन ।।




गैँडाकोट, २३ श्रावण । गैँडाकोट नगरपालिका वाड नं. १ को गंगानगर दिवब्यधाम क्षेत्रमा आदर्श टोल विकास संस्था गठन गरिएको छ । ईश्वरी प्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमति सर्बसम्मतीमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा धर्मानन्द पौडेल, सचिवमा देवशरण उपाध्याय, कोषाध्यक्षमा इन्दिरा शर्मा, सहसचिवमा संगीता पौडेल रहनुभएको छ । यसैगरि सदस्यहरुमा हरिप्रसाद सापकोटा , जुना गुरुगं, होमनाथ आचार्य , गोविन्दहरि पौडेल, तिलक तिवारी, गुना आचार्य, गणेश उपाध्याय र भगवान लम्साल रहनुभएको छ । गैँडाकोट १ राधाकृष्ण मन्दिरको सत्सगं हलमा भएको कार्यक्रमको प्रमुख अतिथि गैँडाकोटका बरिष्ठ समाजसेवी लक्ष्मीप्रसाद पौडेल रहनुभएको थियो । कार्यक्रममा बोल्दे पौडेलले स्वच्छसुन्दर समाजको लागि प्रत्येक ब्यक्तिले परिवर्तनको सुरुवात आफु र आफ्नो घरबाट गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि गैँडाकोट नगरपालिकाका वातावरण  अधिकृत विजय शर्माले टोल विकास संस्थाको काम कर्तब्य अधिकारका साथै संस्था गठनको प्रक्रियाका विषयमा प्रकाश पार्नुभएको थियो । यस्तै कार्यक्रममा स्वामी हरिशरण शास्त्री महाराज, लक्ष्मणाचार्य लगायतका स्वामीजीहरुले टोल विकासको पहिलो खुड्को नैतिक चरित्रको विकास भएको हुनाले यसमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नागरिक मन्चका संयोजक सुरेन्द्र रेग्मीले नयाँ समितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो । साथै रेग्मीले आदर्श टोलविकास संस्थाको कार्यक्षेत्र गैँडाकोट १ र २ को सिमानादेखी लिएर बृटिशक्याम्पसम्म सडकको दायाँबायाँ र केहि भित्री भाग समेटिएको जानकारी दिनुभयो । कार्यक्रममा वडा नागरिक मञ्चका सहसंयोजक शुभकान्त सिग्देल, निवर्तमान वडा नागरिक मञ्चका संयोजक पोषणराज सुवेदी, गैडाकोट नगरपालिकाका सामाजिक परिचालिका भगवती अधिकारीले बोल्नुभएको थियो । कार्यक्रम वडा नागरिक मञ्चका संयोजक सुरेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको जगन्नाथ उपाध्यायले जानकारी दिनुभएको छ । गैँडाकोट वाड नं. १ लाई मात्रै ९ वटा क्लष्टरमा विभाजन गरिएको छ ।

No comments:

Post a Comment

Gaindakot 1 balmaitri