स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलको नृत्य ।।
विजय एफ एमका अध्यक्ष पौडेल र संस्थापक अध्यक्ष सापकोटाको कम्मर मर्काई नृत्य
पशुपति शर्माको चटपटेपसलमा विजय एफ एमका स्रोता ।।
श्रीधर पौडेल, गैँडाकोट, ६ भाद्र । सामुदायिक रेडियो विजय एपm एम १०१ दशमलब ६ भदौ ५ शनिबारबाट १२ औँ बर्षमा प्रवेश गरेको छ । १२ औँ बसन्तमा टेकेको अबसरमा गौरबमय १२ र्आैँ बार्षिकोत्सब समारोह भब्य कार्यक्रमका विच सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलले समुदायमा विजय एफ एमले पुर्याएको भूमिकाको सह्राना गर्दै प्रशंसा गर्नुभएको छ । बार्षिकोत्सब समारोहमा बोल्दै पौडेलले सामुदायिक रेडियोको विकासमा सहयोग गर्ने प्रतिवद्धता गर्दै संयमित, सौहाद्र पत्रकारीताको विकास गर्न पत्रकारलाई समेत आग्रह गर्नुभएको छ ।
भिडियोका लागि तल क्लीक गर्नुहोला ।।
सञ्चार माध्यम समाजिक रुपान्तरण लागि भएकोले सरोकारवाला निकायहरुलाई झकझकाउन विजय एफ एम सधैँ तत्पर रहने विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रराज ज्याति पौडेलले बताउनुभयो । सामुदायिक रेडियोको विकासको लागि स्रोता आफन्तले पुर्याउनुभएको योगदानलाई अध्यक्ष पौडेलले स्टेजबाटै शिर झुकाएर नमन गर्नुभएको थियो । समुदायको सहयोगबाट सुरु भएको रेडियो नेपालमै सामुदायिक रेडियोको लागि उत्कृष्ट रहेको पनि पौडेलले बताउनुभयो । सामुदायिक रेडियो विजय एफ एम आज बाट १२ बर्षमा पुगेको छ । १२ बर्षमा खोला पनि फर्कन्छ भने झैँ अब सामुदायिक रेडियो सूचना क्षेत्रको दनियाँमा झन फराकीले भएर जाने पौडेलले उद्घोष गर्नुभयो // भिडियोका लागि तल क्लीक गर्नुहोला ।।
बृहत बार्षिकोत्सब समारोहमा विजय एफ एमका संस्थापक अध्यक्ष खेमराज सापकोटाले ठूलो चुनौती र संघर्ष पार गर्दै आज रेडियो यहाँसम्म यहाँ सम्म आइपुग्नु गौरबको विषय भएको बताउनुभयो । नेपालकै उत्कृष्ट सामुदायिक रेडियो भैसकेको विजय एफ एम गैँडाकोटक्षेत्रको आशाको केन्द्र भएको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रिप्रसाद तिवारीले बताउनुभएको छ । नगरबासीलाई सचेत र कर्तब्यनिष्ठ बनाउँदै सार्वजनिक निकायलाई खबरदारी गर्ने दरिलो पाटो भएको उल्लेख गर्नुभएको छ । बार्षिकोत्स समारोहमा विजय विकास स्रोत केन्द्रका अध्यक्ष बसन्तराज लम्साल, समाजसेवी तिलक प्रसाद सापकोटा लगायतले विजय एफ एमको १२ औँ बर्षमा प्रवेशगरेको अवसरमा शुभकामना दिनुहुँदै एफ एमले अझै धेरै अगाडी बढ्न आवश्यक भएकोमा जोडदिनुभएको छ । आजको बार्षिकोत्सबको अवसरमा प्रमुख अतिथिले पानसमा बत्तीमा बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै पौडेलले विजय एफ एमको यस बर्षको नयाँ स्टेशन आइडिको लञ्च गर्नुभएको थियोे थियो । आजको कार्यक्रममा विभिन्न सहयोगि संघसंस्था, विज्ञापन दाताहरु, ३ साता ब्यापि बार्षिकोत्सब कार्यक्रम अन्तर्गत गरिएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई सम्मान, पुरस्कार तथा प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो । सामुदायिक रेडियो विजय एफ एम १०१. ६ को बृहत बार्षिकोत्सब समारोह को औपचारीक कार्यक्रम विजय एफ एम का अध्यक्ष इन्द्रराज ज्योति पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ आयाम थपिदैं रहँदा आगामी दिनमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थालाई क्षेत्रीय सञ्चार गृहको रुपमा स्थापित गर्ने लक्ष्यको साथमा विजय एफ एमको प्रसारण अघि बढिरहेको छ । बार्षिकोत्सबको अवसरमा एफएमले विभिन्न विषयगत संघ सस्ंथासंग अन्तरक्रिया, गजल उत्सव, हाजिरीजवाफ, वक्तृत्वकला, प्रतियोगिता गरिसकेको छ । सामुदायिक रेडियो विजय एफ.एम १०१.६ ले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच बिस्तारका लागि बिगत ११ बर्षदेखि अनवरतरुपमा रेडियो तरङ्ग मार्फत सेवा पु¥याउँदै आएको छ ।
सांस्कृतिक कार्यक्रम ।।
सामुदायिक रेडियो विजय एफ एम १०१. ६ को बृहत बार्षिकोत्सब समारोह को औपचारीक कार्यक्रम पछि सुरु भएको बृहत सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रह्यो ।
मलाई जापान पनि यहि मलाई मलेसिया यहिँ भन्ने गीतबाट सांस्कृतिक कार्यक्रममा प्रस्तुति सुरु गरेका गायक शर्माले दर्शकलाई मात्र नचाउनु भएन । शर्माको गीत सुनेर कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका स्थानिय विकास अधिकारी लालकृष्ण पौडेल पनि जुरुक्क उठ्नुभयो र छमछम नाच्नुभयो ।
भिडियोका लागि तल क्लीक गर्नुहोला ।।
प्रमुख अतिथि पौडेलमात्रै होइन विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रराज ज्योति पौडेल र संस्थापक अध्यक्ष खेमराज सापकोटा पनि पशुपतिको गीतमा कम्मर मर्काउन सुरु गर्नुभयो ।
भिडियोका लागि तल क्लीक गर्नुहोला ।।
सांस्कृतिक कार्यक्रमका मूख्य आकर्षक लोकगायक पशुपति शर्माले भूकम्पबाट तर्सिएका गैँडाकोट बासीको सात्तो फुक्नुभयो गितबाटै । साथै २० रुपैँयाको चटपटे खानपनि आग्रह गर्दा दर्शक मञ्चमै आइपुगेका थिए ।
भिडियोका लागि तल क्लीक गर्नुहोला ।।
सांस्कृतिक कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुगं, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका सहकोषाध्यक्ष तथा लोक गायक दिपक खड्का, लोक गायीकाहरु सम्झना लामिछाने मगर, दुर्गा सापकोटा, शारदा सापकोटा, पार्वती भूजेल, नायक हिमाल रिजाल लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति दर्शकहरु पानीमा भिजेरपनि मन्त्रमुग्ध बनेका थिए, कम्मर मर्काएका थिए । हजारौँको संख्यामा आएका विजय एफ एमका स्रोता आफन्तको भिडलाई मिलाउन पनि हम्मे हम्मे परेको थियो ।
No comments:
Post a Comment