Sunday, August 9, 2015

नवलपरासी र चितवन समेटिएको प्रदेशको विशेषता ।।


 



श्रीधर पौडेल
दलहरुबीच सीमांकन सहितको प्रदेशमा सहमति भएपछि संघिय प्रदेशको सम्पन्नताका विषयमा विवाद र बहस सुरु भएको छ । नवलपरासी र चितवन सिमाकंन गर्दा तीन प्रदेशमा परेका छन् । नवलपरासीको पूर्वी भाग नवलपुर समेटिएको क्षेत्र प्रदेश ४ र नवलपरासीको दाउन्ने पश्चिम भाग समेटिएको ५ नम्बर प्रदेश बढी आम्दानी हुने प्रदेशमा पर्ने विश्लेषण गरिएको छ । अर्थबिद चन्द्रमणि अधिकारीका अनुसार प्रदेश नम्बर ५ मा सबै तराईका मलिलो भूभाग परेकाले सामथ्र्यका हिसाबले असाध्यै उच्च रहेको छ । यस्तै चितवन समेटिएको ३ नम्बर प्रदेश सबै भन्दा बढि आम्दानी हुने प्रदेशको रुपमा विकसीत हुने देखिन्छ । प्राकृतिक स्रोत, आर्थिक, औद्योगीक हिसावले प्रदेशहरुको क्षमता फरक फरक देखिएको छ ।

नवलपुर समेटिएको प्रदेश ४ ।।

जनसंख्याका हिसाबले नवलपरासीको पूर्वी क्षेत्र नवलपुर समेटिएको क्षेत्र सबै भन्दा कम जनसंख्या रहेको प्रदेश देखिन्छ । यस प्रदेशमा कुल जनसंख्याको १० प्रतिशत रहेको छ । २० हजार ६ सय १२ बर्ग  किलोमिटरमा फैलीएको यस प्रदेशमा पर्यटनको हिसाबले सबल देखिन्छ । गोरखादरबार, मनास्लुसंरक्षण क्षेत्र, चितवन निकुञ्ज क्षेत्र, घलेगाँउ, अन्नपूर्ण संरक्षण क्षेत्र, माथिल्लो मुस्तागं कागबेनी ढोरपाटन सिकार आरक्ष, मौलाकालीका गैँडाकोट जस्ता प्राकृतिक अनुपम क्षेत्र रहेका छन् । मानव विकास सुचांकको आधारमा पनि ०.५१ अरु प्रदेशभन्दा राम्रै देखिन्छ । करिब ३८७ उद्योग, २९ जलविद्युत आयोजना र करिब ६० प्रतिशत साक्षरता रहेको छ । उत्पादनमुलक जमिन कमी हुनु यस क्षेत्रको नराम्रो पक्ष हो ।

दाउन्ने पश्चिम समेटिएको प्रदेश ५ ।।

नवलपरासीको दाउन्ने पश्चिम समेटिएको यस प्रदेशको कुल जनसंख्याको करिब १७ प्रतिशत जनसंख्या रहेको यस प्रदेश पनि पर्यटनको हिसाबमा अबल देखिन्छ । क्षेत्रफलको आधारमा २२ हजार १ सय ९२ बर्गकिलोमिटरमा फैलीएको यस प्रदेशमा बर्दिया, बाँके निकुन्ज, लुम्बीनी , तानसेन, रानीमहल, स्वर्गद्धारी र बागेश्वरीमा पर्यटनको राम्रो प्रवन्ध गर्न सकियो भने आम्दानीको राम्रो स्रोत देखिन्छ । कुनै पनि जलविद्युत आयोजना नभएको यस प्रदेशमा करिब ९ सय उद्योगधन्दा रहेका छन् । ५० प्रतिशत भन्दा बढि साक्षर मानिस भएको यस प्रदेशको मानव विकास सूचक ० दशमल ४६ विन्दुमा देखिन्छ । यस प्रदेशले चिनलाई नछुनु यसको प्रभाव कहिँ कतै ब्यापारिक दृष्टिकोणबाट हेर्दा देखिन्छ ।

चितवन समेटिएको प्रदेश नम्बर ३ ।।

चितवन समेटीएको यस प्रदेश  अरु प्रदेश भन्दा बढि सवल देखिन्छ । करिब २० हजार बर्ग किलोमिटरमा फैलिएको यस प्रदेशमा लाङटाङ , शिवपुरी, चितवन निकुञ्ज, नुवाकोट दरबार क्षेत्र, ककनी नगरकोट, सिन्धुली जस्ता कैयन पर्यटकिय स्थल रहेका छन् । कुल जनसंख्याको २१ प्रतिशत अर्थात करिब ५५ लाख जनसंख्या भएको यस प्रदेशमा  साक्षरता र मानव विकास सूचक राम्रो देखिन्छ । करिब ५६ प्रतिशत साक्षर रहेको यस प्रदेशमा मानव विकास सूचक ० दशमलब ५१ रहको छ । अन्य प्रदेशको तुलनामा सबै भन्दा धेरै करिब हजार जति उद्योगधन्दा र ३८ वटा जलविद्युत केन्द्र यस क्षेत्रमा  छन् । पहिले देखि राजधानी रहेको काठमाडौँ पनि यसै प्रदेशमा भएको कारण भौतिक संरचना सेवा सुविधा र प्रक्रिया निर्माणमा सहज देखिन्छ । सम्भवतः केन्द्र सरकार पनि यसै प्रदेश भित्र रहने छ ।

1 comment:

Gaindakot 1 balmaitri