तर उता डाइभर्सनलाइ प्रभावकारी बनाउने काम भैरहेको सडक डिभिजन कार्यलय बुटवलले जनाएको छ । डाइभर्सनले राम्रोसंग काम नगरेपछि चितवनको नारायणगढ बजार र गैँडाकोटको सडकखण्डसवारी साधनको लाम अझै लागेको छ । पूर्वतर्फ भरतपुरको उकालो, पोखरा बसपार्क, र यता पश्चिम तर्फ ७ किलोमिटर सम्म सवारी साधनको लाम यथावत रहेको छ ।
साना सवारी साधन केही मात्रामा आवतजावत गरेपनि मालवाहक सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालनमा कठिनाई भएको छ जसका कारण ती सवारी साधनहरु ीतनदिन देखि लाममा वस्न वाध्य भएका छन् । वर्षाको पानिको कारण डाइभर्सन प्रभावकारी वनाउन नसकीएको भन्दै हिलो भएको ठाउँमा गिट्ी राखेर बाटो कटाउने प्रयास भैहेको इलाका प्रहरी कार्यालय गैडाकोट ले जनाएको छ । त्यसैगरी थप डाइभर्सन निर्माण गर्न ह्युमपाइप राख्ने काम भएपनि अरु सामग्रीको अभावमा निर्माणको कामले गति लिन नसकेको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय वुटवलले जनाएको छ । सडक डिभिजन कार्यालय वुटवलका सवइन्जिनियर बिष्णु खनालले स्थानीय ठेकेदारहरुलेसमेत माल ल्याउन नसक्दा कामले गति नलिएको बताउनुभएको छ ।
No comments:
Post a Comment