Saturday, September 27, 2014
Tuesday, March 18, 2014
आइटम गीत
चलचित्र, विज्ञापनमा महिलाको सेक्स अपिल लाई मुख्य खुराकको रुपमा किन बनाइन्छ ?
बारमा हुने डान्स शैलीलाई चलचित्रमा पस्कनु कत्तिको उचित हो या होइन ?
‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी”
आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ के यसले महिलाहरु प्रति सम्मान दर्शाउँछ त ?
आफ्नी पाँच छ बर्षकी छोरीले घरको बैठक कोठामा होस वा सात आठ बर्षकी छोरी बोर्डिङ स्कूलको फंकसनमा ‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी” गीतमा नाच्दा अभिभावक ताली मारेर मुस्कुराइरहेको हुन्छ । गीत त भयो भयो नृत्यको शैली बार भित्र नाचिनै शैलीजस्तो । यसले हामीलाई कुन संस्कार र संस्कृतिको बाटोमा लग्दैछ । हिन्दी गीतको नेपालीकरण गरेर मात्र बुझ्ने हो भने ती गीतका अर्थ सायदै राम्रा नहुन पनि सक्छन् । द्धैअर्थी लाग्ने हिन्दी आइटमका गीतहरुले हाम्रो सभ्य र सुसंस्कृत समाजमा दीर्घकालिन रुपमा कस्तो असर पार्ला हामीले सायदै सोचेका छैनौँ । पछिल्लो समय नेपाली चलचित्रमा पनि भित्रिएको आइटम संस्कृतिले पनि कलिलो उमेरका बालबलिकामा कस्तो संस्कार बिकास गराउला ? यहाँ न त सञ्चारमाध्यमहरु, न त चलचित्रहलहरु सामजिक उत्तरदयित्वलाई बहन गर्दछन् यस्तो सन्दर्भमा समाज कस्तो होला ?
बारमा हुने डान्स शैलीलाई चलचित्रमा पस्कनु कत्तिको उचित हो या होइन ?
‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी”
आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ के यसले महिलाहरु प्रति सम्मान दर्शाउँछ त ?
![]() |
samarpan |
Monday, November 11, 2013
विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा ।
विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा ।
आफ्नै जन्मथलो पनि म पुरै घुमेकै रहेनछु । हिजो मात्र अवसर मिल्यो गैँडाकोट गाविसको वाड नं ३ अन्र्तगतको ढोडेनी गाँउ पुग्ने । पूर्व पश्चिम महेन्द्र राजमार्ग बाट करिब आठ दश किलोमिटर उत्तर तर्फका जंगल छिचोल्दै पुगिने त्यस गाँउ पुग्न भटभटेको पछाडि बसें । करिव आधा घण्टाको त्यो बाटोमा म भटभटेमा मुस्किलले पन्ध्र मिनेट बसें होला । अरु समय त त्यो विग्रिएको बाटोमा उफ्रिरहन्थे म भटभटेमानै । हावामा उडेझैँ । विं.सं २०४८ सालको नेपाली काँग्रेसको पालामा खोलीएको त्यो बाटो आज सम्म पनि कुनै सुधार हुन नसकेको गुनासो आम जनताको अनुहारमा प्रष्ट देखिन्थ्यो ।
Wednesday, September 18, 2013
संविधान , गोर्खाल्याण्ड र दिल्ली
![]() |
| श्रीधर समर्पण |
संविधान
नेपालमा संविधान सभाबाट संविधान र दार्जिलिङमा गोर्खाल्याण्डको सपना तासको महल जस्तै हुन् । यी दुई तासको महल जुन बन्दै ढल्दै गरेका छन् । नेपालमा करिब ६ दशक पहिलेनै संविधानसभाबाट संविधानको निर्माण गर्ने सपना गर्भ धारण नगर्दै तुहिएको मानिन्छ । फेरी ६ दशक पछि दोश्रो जनआन्दोलनको उपजको कारण संविधान सभाले गर्भ धारण गर्यो । यस पटकको गर्भधारण राजा र राजनीतिक दलहरुबिचको खटपट र जंगलमा आजित भैसकेको माओबादीले सेफल्याण्डीङ चाहिरहेकोे बेलामा भएको हो । यीनै राजनीतिक अवयवहरुका कारणले नै दोश्रो जनआन्दोलनको उदय गरायो । विं.सं. २०६४ सालमा बनेको संविधान सभा पूर्ण संविधान बनाउन नपाउँदै २०६९ जेठ १४ गते विघटन भयो । दिल्लीमा भएको बाह्रबुँदे समझदारी पछि विकसित भएको नेपालको नयाँ राजनीतिक यात्रा बेला बेलामा दिल्लीकै संकेतमा जिकज्याक हुने स्वयं राजनीतिज्ञहरु पनि स्वीकार्छन ।
नेपालमा संविधान निर्माणको सन्दर्भमा दिल्लीको प्रष्ट चाहना के हो ? यो एउटा रहस्य बन्दै गएको छ । कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादक सुधीर शर्माले लेखेको पुस्तक ‘प्रयोगशाला नेपाल’ मा उद्धृत एक अंशले दिल्लीको नेपाली राजनीतिलाई हेर्ने धारणामाथि प्रश्न चिन्ह खडा गरेको छ “विं.सं २०५९ सालमा ‘र’ ले जिम्मा लिएको नेपाल मिसनको एउटा उद्देश्य राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना थियो, जुन हासिल गर्न ६ बर्ष पनि लागेन । ‘र’ लाई दिएको त्यो विशेष जिम्मेवारीको उच्चस्तरिय स्रोतहरुबाट पुष्टि भए पनि त्यसको अन्तिम लक्ष्य गणतन्त्र बाहेक अरु पनि हो कि भन्ने पहेली चाहिं मेटिएन ।” साँच्चिकै दील्ली नेपालमा संविधान सभाबाट संविधान चाहन्छ की चाहदैन निकै गहकिलो प्रश्न हो यो । पछिल्लो समय नेपालको राजनीतिक कलेबरलाई नियाल्ने हो भने दिल्लीको कुनै प्रष्ट अडान देखिएको छ । कहिले एमाले, कहिले माओबादी र कहिले कांग्रेसलाई च्यापेर दिल्लीले बिरालोको बच्चा खेलाए जस्तो अष्पष्ट राजनीति गरिरहेको छ । नेपालमा कुनै पनि नयाँ ठोस निर्णयमा दिल्ली अछुतो नहुने जानकारहरुले बताउँदै आएको त्यतिनै सत्य एकातिर छ भने दिल्ली संलग्नता बिनाका निर्णयहरु छालमा देखा पर्ने तरंग जस्तै हुने पनि अर्को सत्य हो ।
गोर्खाल्याण्ड
नेपालले जस्तै दार्जिलिङले पनि कहिल्यै राम्रा नेता पाएन । आफ्नो स्वार्थ र प्रतिष्ठाको लागि सम्झौता गर्ने लाचार नेताहरुनै स्वीकार्नु पर्ने बाध्यता नेपाललाई मात्रै होइन दार्जिलिङले पनि झेल्दै आएको छ । ब्रिटिश सम्राज्यको समय सन् १९०७ देखिनै दार्जिलिङमा छुट्टै राज्यको माग गरिएको थियो आज सम्म आइपुग्दा धेरै आन्दोलनहरु नेतृत्वकर्ताको पराजित मानिसकता र अनुचित सम्झौताको कारण तुहिदै आएको छ ।
आज भन्दा ९६ बर्ष अगाडी दार्जिलिङ र जलपाई गुडि जिल्लालाई समेटेर छुट्टै राज्यको माग गरिएको थियो । त्यतिबेला हिलमेन्स एसोसियसनले बंगालको मूख्य सचिबलाई चढाएको बिन्ति पत्रमा प्रथम पटक छुट्टै राज्यको माग गरिएको हो ।
दार्जिलिङमा केहि समय अघि मात्रै चरम उत्कर्षमा पुगेको गोर्खाल्याण्डको आन्दोलन फेरि दिल्लीसंग सम्झौता गर्दै सेलाएको छ । बेलाबेलामा आन्दोलन चरमोत्कर्षमा पुग्नु र नेताहरुको दिल्ली भ्रमण पश्चात आन्दोलन सेलाउनु एउटा नियतिनै बन्न पुगेको छ । गोर्खाल्याण्डको लागि दिल्ली एउटा चलचित्रको भिलेन भन्दा सायद कम नहोला पनि ।
यस पटक पनि साउन १४ गते देखि दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलन चर्किरहेको थियो जनताहरु भोक प्यास नभनि सडकमा थिए तर भदौ २० मा आन्दोलनका नेतृत्वकर्ताहरु दिल्लीमा पुगेर केन्द्र सरकार र बरिष्ठ नेताको भेटघाट पछि आन्दोलन फिर्ता लिए । नेताहरुको भारतीय गृहमन्त्री सुशिलकुमार सिन्देसंगको भेटपछि आन्दोलनले अर्कै मोड लियो । भदौ २५ मा गोरखा जनमुक्ति मोर्चाका प्रवक्ता हर्कबहादुर गुरुङले हिंसात्मक आन्दोलनले होइन पक्रिया मा गएर गोर्खाल्याण्डको पक्षमा आवाज उठाउने जनाउदै गोर्खाल्याण्ड म्युट भयो ।
Sunday, July 28, 2013
माइक्रोबस भित्रका कथाहरु
माइक्रोबस भित्रका कथाहरु

१. पाँच मिनेटको प्रेम कथा
अरुको हाते घडिमा कति बजेको थियो होला थाहा भएन तर मेरो मोबाइलमा भने ठीक साढे नौ भएको थियो । म माइक्रोबसको अन्तिम सिटमा बसेको थिँए । भारतबाट राँगा कोचेर राजधानी छिरेका ट्रक जस्तो आज भने माइक्रो प्याक थिएन । खुल्ला वातावरण थियो ।
माइक्रोमा “जब तक ना पढे आशिक की नजर दिदार अधुरा रहेता है” हिन्दी गीत बजिरहेको थियो । म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । बलिरहेको घाम मानिसहरुलाई नमज्जा संग जिस्काइरहेको थियो । सायद मान्छेहरु घामको अनुहार हेर्न चाहदैँनथे, त्यसैले कालो चश्मा लगाएका होलान त्यसैले कालो छाता ओडेका होलान । एक्कासी मेरो नाकमा नमिठो परफ्युम आएर ठोक्कीयो । मैले आँखा तर्दै दाँया हेरेको मात्र के थिँए । चुपचाप मेरा ओठहरु लाई उछिन्दै आँखा पो मुस्काउन थाल्यो ।
Friday, July 19, 2013
माइ लभ स्टोरी

मनमा बसेको तस्वीर इनामेलले के मेट्न सक्थ्यो र ?
‘तिमिलाई त केटीको हात समाउन पनि आउँदो रहेनछ’ उ एक्लै फतफताउदै थिई । म भने उसलाई सुन्दरीजलको उकालो र बाटोमा रहेका खाल्डा खुल्डीबाट बचाउन उँदो हेरेर हिँडिरहेको थिएँ । फेरी उसले फतफताउँदै उसका नरम हातहरुले मेरो हात चरप्प समातेर भनी “यसरी पो समाउने पो हो त केटीको हात” । म मुसुक्क हाँसेर उसको कुरालाई समर्थन जनाइदिए । उसको कुरामा म कसरि बिमती जनाउन सक्थे र । उसको त्यो बोलाई नै मलाई सबै भन्दा प्रिय लाग्दथ्यो । आफुले मन परेको मान्छेले जे गरेपनि जे भनेपनि राम्रो हुन्छ भने जस्तै ।
उसको जिद्धीपन, उसको मिजासपन सायद यहि कुराले उसलाई अरु भन्दा पृथक बनाएको थियो । हिस्सी परेका उसको अनुहार र डिम्पल परेको उसको गाला भएर होला सायद उ अरु भन्दा पृथक थिई । म उसको गालाको डिम्पल र क्याडबरी ओठहरुमा फूल्ने गुलाबी मुस्कानको भोको नै थिए । त्यसैले पनि म उसलाई बार बार हँसाउने गर्दथँे । जोक्स भनेर होस वा कविता तथा मुक्तक भनेर किन नहोस । मलाई अझैपनि याद छ त्यो दिन हिरा बुक्स सेण्टर अगाडी र व्यवस्थापन डिपार्टको छेउमा रहेको डेस्कमा बसेर उसलाई मैले सुनाएको ति कविताहरु । उसले कुनै एउटा शब्द दिन्थी मैलै तत्काल उसलाई कविता बनाएर सुनाउनु पर्दथ्यो ।Wednesday, July 3, 2013
चिना हराएको मान्छे भित्र चिहाएर हेर्दा
“घरमा चर्पी छैन, आची गर्न चाँहि मोटर साइकल लिएर कान्लातिर जान्छन् ।”
श्रीधर ‘समर्पण’
हाँस्य कलाकार हरिबंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ पढि सक्दा मन विनोदी र भावुक दुवै हुँदोरहेछ । एउट हास्य कलाकारको आत्मकथा पढ्दा आँखाको डिलमा केहि आएर रसाएर बिझाउँथ्यो, शब्दहरु घाँटीमानै अड्कन्थे, श्वास ढिक्का बनेर फोक्सो तिरै जम्दथ्यो । हरिमिराको मायाको संसार साँच्चिकै अनुकणीय मात्र होइन हृदयविदारक पनि छ । चिनाहराएको मान्छेले मिराको सम्झनामा लेखिएको कविता अत्यन्त मायाले भरिएको छ
एउटा सुन्दर गाँउमा, बस्थे हरिमीरा
हरि यहिं छुटिगयो, तारा भइन मीरा
हरिबंशले हसाउन मात्र होइन रुन पनि जानेका रहेछन् भनेर त्यो चिना हराएको मान्छेले बतायो । सबैको साझा मान्छे चिना हराएको मान्छेले जीवनलाई कसरी पुलकित बनाइरहेको छ, चिना हराएको मान्छेले कसरी भाग्यका रेखाहरु कोर्यो होला ? परिश्रमलाई देबता मान्ने चिना हराएको मान्छे, सबैका मान्छे हुनुमा कस्तो पिडा र कस्तो सुख भोग हुँदोरहेछ । यी सबैलाई चिना हराएको मान्छेले क्रमिक बताँउदो रहेछ । ‘चिनाहराएको मान्छे ’ हरिबंशको मात्र आत्मकथा होला तर उनका जीवनका यस्ता पाटाहरु उजागर भएका छन् जसले सबैका साझा समस्यालाई पनि चित्रण गरेको छ ।
Subscribe to:
Posts (Atom)
-
कुनै शब्द छैन मति सरले देखाउनुभएको आत्मियताको लागि......... सरको विद्धता र नम्रताको म सधैँ शिष्य रहन पाउँ । "यसरी...
-
श्रीधर उपाध्याय गैँडाकोट । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा प...








.jpg)