
मनमा बसेको तस्वीर इनामेलले के मेट्न सक्थ्यो र ?


तर आज उसको त्यहि एक शब्द पनि बिरानो भएको छ । आज उसको अनुपस्थीतिमा यी शहरका रुख पात सडक हावा र भित्ताहरुले पनि मलाई कारुणीक भावमा सोध्ने गर्दछन् तिम्रो बारेमा । म एकछिन टक्क अडिन्छु । लामो श्वास फेर्छु । चारैतिर नजर दौडाएर भन्छु । अचेल उसलाई सायद तिमिहरुले देख्दैनौ होला । तर म त देख्छु । किनकी उ मेरो मन मुटु र हरेक स्मरणमा म संगै छ । म अझै भाव विह्वल हुँदै भन्छु । म उसलाई कहिँ कुर्नु पर्दैन । कहिँ बोलाउनु पर्दैन , जहाँ चाह्यो त्यहिँ भेट्छु । जहाँ खोज्यो त्यहिँ पाउँछु । फेरी म तिम्रो दुनियाँबाट कोलाहल शहरमा छिर्छु । प्रायशः तिम्रो यादबाट बाहिर निस्केपछि मैले हिन्दी फिल्म रकस्टारको यो गीत गुनगुनाउने गरेको छु —
तुम हो साथ मेरे, पास मेरे
तुम यूँ जितना मेहशुस करुँ
उतनाही पावी लूँ
सायद तिमी नभए पनि यी यादहरु भने कसै नमेटिने रहेछन् । गाडिएको खिल जस्तै । तिमिलाई थाहा छ कि छैन, बिस्र्यौकी सम्झेरहेकी छ्यौ त्यो त मलाई थाहा भएन । तर तिमी संग बिताएका पलहरुले मलाई भने बारम्बार चिमोटीरहेका हुन्छन् । एक दिन तिमीले माइक्रोबसबाट सुन्धाराका भित्ताहरुमा लेखिएका चेतनामूलक नाराहरु पढ्दै हिँडेकी थ्यौ । म बारम्बार त्यहि भित्ताहरुमा हेरेर त्यहाँ लेखिएको शब्दहरुमा तिमीलाई पाउँदथे । तर एनसेलले पनि मेरो विनोदी पलहरु रुचाएनछ । एक दिन एनसेलले ति भित्ताहरुमा लेखिएका चेतनामूलक स्लोगानहरु मेटाएर आफ्नो विज्ञापन गर्यो । तर मनमा गडेको तस्वीर इनामेलले के मेट्न सक्थ्यो र ? अरुले त्यहि भित्ता हेर्दा एनसेल को विज्ञापन देख्ला तर मैले तिनै पुराना शब्दहरुमा प्रतिबिम्बित पुराना यादहरु पाँउछु ।
(छोटो अंश मात्र)
No comments:
Post a Comment