Friday, July 31, 2015

गैँडाकोटको जयश्री खोलाको डाइभर्सनले काम नगरेपछि गैँडाकोट नारायणगढ अस्तव्यस्त, भिडियो सहित ।।

श्रीधर पौडेल, गैँडाकोट, १६ श्रावण । नवलपरासीको गैंडाकोटस्थित जय श्री खोलाको पुल भाँचिएपछि बनाईएको डाईभर्सनले प्रभावकारी काम गर्न नसकेपछि वुटवल नारायणगढ सडक खण्ड अझै अस्तब्यस्त वनेको छ ।
 तर उता डाइभर्सनलाइ प्रभावकारी बनाउने काम भैरहेको सडक डिभिजन कार्यलय बुटवलले जनाएको छ । डाइभर्सनले राम्रोसंग काम नगरेपछि चितवनको नारायणगढ बजार र गैँडाकोटको सडकखण्डसवारी साधनको लाम अझै लागेको छ । पूर्वतर्फ भरतपुरको उकालो, पोखरा बसपार्क, र यता पश्चिम तर्फ ७ किलोमिटर सम्म सवारी साधनको लाम यथावत रहेको छ ।

Wednesday, May 27, 2015

नारायणी माविमा २ सय भन्दा बढि विद्यार्थीलाई छात्रबृत्ति प्रदान ।।
श्रीधर पौडेल ।।
गैँडाकोट, १३ जेठ । नारायणी माध्यामिक विद्यालय गैँडाकोट ७ ले जिल्ला शिक्षा कार्यलयको निर्देशन अनुसार आज २ सय भन्दा बढि विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । आर्थिक बर्ष २०७१ — ७२ मा जिल्ला शिक्षा कार्यलयबाट प्राप्त ७२ हजार रुपैँया बराबरको छात्रवृत्ति वितरण गरिएको विद्यालयका लेखा अधिकृत मुक्तिराम तिवारीले बताउनुभयो । सो कार्यक्रममा रु ३ सय ५० का दरले ६१ जनालाई दलित विद्यार्थीलाई छात्रवृत्ति र रु ३ सय २५ का दरले छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले छात्रवृत्ति रकमको सहि सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेको सभापतित्वमा सम्पन्न भएको विद्यालयका शिक्षक जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो ।


Monday, March 16, 2015

मति सरको आँखामा मेरो विवाह.....................

कुनै शब्द छैन मति सरले देखाउनुभएको आत्मियताको लागि......... सरको विद्धता र नम्रताको म सधैँ शिष्य रहन पाउँ ।

 

 

 

 "यसरी नै मुस्कुराइरहोस् सबैको नवदाम्पत्य जीवन"

आज २०७१ फागुन २९ गते मेरा छिमेकी नारायणप्रसाद उपाध्यायका कनिष्ठ सुपुत्र श्रीधर उपाध्याय पौडेलको देवचुली नगरपालिका १ केउरेनी नवलपरासी निवासी शिवराज लम्सालकी सुपुत्री अम्बिका लम्सालका साथ सुसम्पन्न भएको शुभविवाहको सुखद अवसरमा उपस्थित भएर वरवधूलाई शुभाशिर्वाद प्रदान गर्न पाउँदा मलाई निकै सन्तोषको अनुभूति भयो ।

जागिरका क्रममा निकै वर्ष घरबाहिर नै रहनुपर्दा आफ्नै छिमेकी भाइ श्रीधर पौडेलसँग म नजिकिन पाएको थिइन । मलाई सामाजिक सञ्जालले नै उनीसँग बढ्ता नजिक्याएको हो । उनले मुरली बजाएको धुन नसुने पनि मुरली बजाउँदै गरेको उनको प्रोफाइल तस्बिर मलाई निकै मन पर्थ्यो । साहित्य, संगीत र कला नभएको मान्छे सिङ र पुच्छर नभएको पशुजस्तै हो भनेर मैले पढेको थिएँ । उनको संगीतमा बढ्ता रुचि रहेछ । उनले त्यतिबेला पत्रकारितामा स्नातकोत्तर गर्दै थिए । भानु जयन्तीका बेला एकपटक मैले गरेको अनुसन्धानलाई प्राथमिकता बनाएर समाचार सम्प्रेषण गर्दा र उनीसँगको छोटो सम्पर्कमा पनि उनको विनयशीलताबाट म निकै प्रभावित भएको थिएँ । उनका बुबा र दुवै दाजुहरूबाट पनि मैले विनयशीलताको पाठ सिक्तै आएको छु ।
आज प्रत्येक परिवारमा नैतिकता र अनुशासनका बाँधहरू भत्किँदै गएका छन् । प्रत्येक परिवारहरू विखण्डन हुँदै जाँदा हाम्रो समाज र देश नै विखण्डनको सँघारमा पुगेको छ । यस परिस्थितमा हामीले आफ्ना बालबच्चाहरूलाई नारायण उपाध्यायज्यूको परिवारले जस्तै सुसंस्कार दिँदै जानु नितान्त आवश्यक छ । शिक्षित हुँदैमा सबै मान्छे श्रीधर उपाध्यायको परिवार झैं सुसंस्कृत हुन सक्तैनन् । प्रत्येक परिवार सुसंस्कृत र सदाचारमा रहनसक्ने हो भने त्यसले पनि आफूजस्तै सुसंस्कृत र सदाचारमा हुर्केको वर वा वधूसँग सम्बन्ध गाँस्न सक्तछ । हजुरबुबाको विद्वत्परम्परालाई हुर्काउँदै गर्नुभएका युवा विद्वान् चक्रपाणि लम्सालकी बहिनी अम्बिका लम्सालमा पनि त्यस्तो विद्वत्परम्पराको संस्कार अवश्य पनि प्रवाहित भइरहेको हुनुपर्छ । महाभारतमा 'न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते' अर्थात् त्यो घर घर होइन जसमा गृहिणी छैनन् त्यसै भनिएको होइन । 'वरयेत् कुलजां प्राज्ञो विरूपामपि कन्यकाम्' अर्थात् विद्वान्ले राम्रो रूप नभएकी भए पनि कुलीन कन्यालाई वरण गर्नुपर्छ पनि भनिएको छ । प्राज्ञ कुलमा उत्पन्न भएकी सुरूपा कन्यालाई वरण गर्न पाउने सौभाग्य थोरैलाई मात्र प्राप्त हुन्छ । त्यस्तो सौभाग्य प्राप्त गर्ने र सदैव मुस्कुराइरहने भाइ श्रीधरलाई नवदाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना ! ! !

श्रीधर भाइको झैं सबैको नवदाम्पत्य जीवन यसरी नै मुस्कुराओस् र सदैव मुस्कुराइरहन सकोस् !



नेपाली समाजमा विवाहमा जुत्ता लुकाउने चलनको प्रारम्भ भएको धेरै भएको छैन । सामान्य रमाइलोका लागि यो प्रचलन अनुपयुक्त त हैन तर केही समययता यसले विकृतिको रूप लिँदै गएको छ । आजको विवाहमा पनि दुई जना साली नानीले जुत्ता लुकाएर फिर्ता दिनुपर्दा दुलाहाको एक दिनको तलबै माग्नेसम्मको ठट्टा त गरे तर पछि दुलाहाले खाममा राखेर केही दिनको तलब दिएर उनीहरूलाई सान्त्वना दिए । जे भए पनि दुलाहा पत्रकार भएकाले होला आज उनले विकृतिको रूप धारण गर्दै गरेको जु्त्ता लुकाउने चलनलाई सामान्य प्रचलनका रूपमा ग्रहण गर्न समाजलाई दिएको सन्देश सबैका लागि अनुकरणीय छ ।


दुलहाका साथमा दुलही पक्ष । दुलहीकी यी हजुरआमाको जोस र होस आजका युवाहरूका लागि निकै प्रेरणादायी छ । 

 

 द लस्ट प्याराडाइज रजहर नवलपरासीमा सम्पन्न भएको आजको विवाहमा आधुनिक भोजका अतिरिक्त फलफुलको र सुक्का रोटी सेल रोटी कसार फलफूल अचार र तरकारीसहितको सात्त्विक भोज पनि राखिएको थियो । जुन भोज मेरा लागि निकै स्वस्थकर रह्यो ।



श्रीधर भाइ र अम्बिका बहिनीको यो मुस्कुराहट लगनगाँठो सदैव यसरी नै कसिँदै जाओस् ।


Saturday, September 27, 2014

गुरुकूल स्वर्णीम साँझ २०७१ सम्पन्न ।।

गुरुकूल स्वर्णीम साँझ २०७१ सम्पन्न ।।

श्रीधर उपाध्याय पोखरा, ११ असोज । गुरुकूल संगीत प्रशिक्षण केन्द्र पोखराको आयोजनामा पोखरा उद्योग बाणिज्य संघको सभाहलमा गुरुकुल स्वर्णीम साँझ २०७१ (दोश्रो संस्करण) सम्पन्न भएको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति तथा साहित्यकार सरुभक्त श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । श्रेष्ठले कार्यक्रममा सम्बोधन गर्दै पोखरा कलाकर्मीहरुको बाहुल्य भएको क्षेत्र हो तसर्थ यहाँ संगीत तथा कला साहित्यको विकासमा प्रतिष्ठानको तर्फबाट आगामी दिनमा कार्ययोजना बनाएर पोखराको संगीतको श्रीबृद्धिमा अथक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


गुरुकुल स्वर्णीम साँझको प्रमुख आकर्षणका रुपमा शास्त्रिय संगीत तर्फ बनारस हिन्दु विश्वविद्यालयका प्रोफेसर तथा सितार बादक पण्डित विरेन्द्रनाथ मिश्र, नेपाल विद्याभूषण पदकबाट सम्मानित बाँसुरीबादक हरी प्रसाद पौड्याल, तबला बादक परशुराम पौडेल रहनु भएको थियो भने उहाँहरुको अभिनन्दन पश्चात राग देशमा सितार– बाँसुरी जुगलबन्दि प्रस्तुत गर्नुभएको थियो । सांगीतीक कार्यक्रमका अबसरमा सुगम संगीत प्रस्तुत गर्ने क्रममा पोखरामा स्थापित कलाकारहरु र गुरुकुल संगीत प्रशिक्षण केन्द्रमा साधनारत प्रशिक्षार्थीहरुले वाद्यवादनका साथमा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा पाँचौ विग आइकन २०७१ का  विजेता कुन्सांग गुरुङ, रश्मि अमात्य, अनिल बिक, मिलन गुरुङ लगायतका प्रशिक्षार्थीहरुले सुगम संगीत प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा स्वागत मन्त्व्य व्यक्त गर्दै गुरुकुलका प्राचार्य तथा कार्यक्रमका संयोजक  तीर्थराज पोखरेलले पोखराको साँगीतिक क्षेत्रमा गुरुकुलले अतुलनिय भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि गुरुकुलले शास्त्रीय संगीत र सुगम संगीतका सर्जकको सम्मानका कार्यक्रम आयोजना गरिरहने  बताउनु भयो । कार्यक्रममा पाल्नुहुने विशिष्ठ  अतिथिहरुलाई गुरुकुलका संस्थापक सदस्य राम स्वामीले स्वागत गर्नुभएको थियो भने गुरुकुलका संस्थापक अध्यक्ष श्यामलाल श्रेष्ठको सभापतित्वमा स्वर्णिम साँझ सम्पन्न भएको थियो ।

 
 

Tuesday, March 18, 2014

आइटम गीत

चलचित्र,  विज्ञापनमा महिलाको सेक्स अपिल लाई मुख्य खुराकको रुपमा किन बनाइन्छ ?  

बारमा हुने डान्स शैलीलाई चलचित्रमा पस्कनु कत्तिको उचित हो या होइन ?

‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी”

आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ के यसले महिलाहरु प्रति सम्मान दर्शाउँछ त ?

samarpan

आफ्नी पाँच छ बर्षकी छोरीले घरको बैठक कोठामा होस वा सात आठ बर्षकी छोरी बोर्डिङ स्कूलको फंकसनमा  ‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी” गीतमा नाच्दा अभिभावक ताली मारेर मुस्कुराइरहेको  हुन्छ । गीत त भयो भयो नृत्यको शैली बार भित्र नाचिनै शैलीजस्तो । यसले हामीलाई कुन संस्कार र संस्कृतिको बाटोमा लग्दैछ । हिन्दी गीतको  नेपालीकरण गरेर मात्र बुझ्ने हो भने ती गीतका अर्थ सायदै राम्रा नहुन पनि सक्छन् । द्धैअर्थी लाग्ने हिन्दी आइटमका गीतहरुले हाम्रो सभ्य र सुसंस्कृत समाजमा दीर्घकालिन रुपमा कस्तो असर पार्ला हामीले सायदै सोचेका छैनौँ ।  पछिल्लो समय नेपाली चलचित्रमा पनि भित्रिएको आइटम संस्कृतिले पनि कलिलो उमेरका बालबलिकामा कस्तो संस्कार बिकास गराउला ?  यहाँ न त सञ्चारमाध्यमहरु, न त चलचित्रहलहरु सामजिक उत्तरदयित्वलाई बहन गर्दछन् यस्तो सन्दर्भमा समाज कस्तो होला ?

Monday, November 11, 2013

विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा ।


विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा । 


आफ्नै जन्मथलो पनि म पुरै घुमेकै रहेनछु । हिजो मात्र अवसर मिल्यो गैँडाकोट गाविसको वाड नं ३ अन्र्तगतको ढोडेनी गाँउ पुग्ने । पूर्व पश्चिम महेन्द्र राजमार्ग बाट करिब आठ दश किलोमिटर उत्तर तर्फका जंगल छिचोल्दै पुगिने त्यस गाँउ पुग्न भटभटेको पछाडि बसें । करिव आधा घण्टाको त्यो बाटोमा म भटभटेमा मुस्किलले पन्ध्र मिनेट बसें होला । अरु समय त त्यो विग्रिएको बाटोमा उफ्रिरहन्थे म भटभटेमानै । हावामा उडेझैँ । विं.सं २०४८ सालको नेपाली काँग्रेसको पालामा खोलीएको त्यो बाटो आज सम्म पनि कुनै सुधार हुन नसकेको गुनासो आम जनताको अनुहारमा प्रष्ट देखिन्थ्यो । 

Wednesday, September 18, 2013

संविधान , गोर्खाल्याण्ड र दिल्ली


संविधान , गोर्खाल्याण्ड र दिल्ली

श्रीधर समर्पण 


संविधान 
नेपालमा संविधान सभाबाट संविधान र दार्जिलिङमा गोर्खाल्याण्डको सपना तासको महल जस्तै हुन् । यी दुई तासको महल जुन बन्दै ढल्दै गरेका छन् । नेपालमा करिब ६ दशक पहिलेनै संविधानसभाबाट संविधानको निर्माण गर्ने सपना गर्भ धारण नगर्दै  तुहिएको मानिन्छ । फेरी ६ दशक पछि दोश्रो जनआन्दोलनको उपजको कारण संविधान सभाले गर्भ धारण गर्यो । यस पटकको गर्भधारण राजा र राजनीतिक दलहरुबिचको खटपट र जंगलमा आजित भैसकेको माओबादीले  सेफल्याण्डीङ चाहिरहेकोे बेलामा भएको हो । यीनै राजनीतिक अवयवहरुका कारणले नै दोश्रो जनआन्दोलनको उदय गरायो । विं.सं. २०६४ सालमा बनेको संविधान सभा पूर्ण संविधान बनाउन नपाउँदै २०६९ जेठ १४ गते विघटन भयो । दिल्लीमा भएको बाह्रबुँदे समझदारी पछि विकसित भएको नेपालको नयाँ राजनीतिक यात्रा बेला बेलामा दिल्लीकै संकेतमा जिकज्याक हुने स्वयं राजनीतिज्ञहरु पनि स्वीकार्छन ।
नेपालमा संविधान निर्माणको सन्दर्भमा दिल्लीको प्रष्ट चाहना के हो ? यो एउटा रहस्य बन्दै गएको छ । कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादक सुधीर शर्माले लेखेको पुस्तक ‘प्रयोगशाला नेपाल’ मा उद्धृत एक अंशले दिल्लीको नेपाली राजनीतिलाई हेर्ने धारणामाथि प्रश्न चिन्ह खडा गरेको छ “विं.सं २०५९ सालमा ‘र’ ले जिम्मा लिएको नेपाल मिसनको एउटा उद्देश्य राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना थियो, जुन हासिल गर्न ६ बर्ष पनि लागेन । ‘र’ लाई दिएको त्यो विशेष जिम्मेवारीको उच्चस्तरिय स्रोतहरुबाट पुष्टि भए पनि त्यसको अन्तिम लक्ष्य गणतन्त्र बाहेक अरु पनि हो कि भन्ने पहेली चाहिं मेटिएन ।” साँच्चिकै दील्ली नेपालमा संविधान सभाबाट संविधान चाहन्छ की चाहदैन निकै गहकिलो प्रश्न हो यो । पछिल्लो समय नेपालको राजनीतिक कलेबरलाई नियाल्ने हो भने दिल्लीको कुनै प्रष्ट अडान देखिएको छ । कहिले एमाले, कहिले माओबादी र कहिले कांग्रेसलाई च्यापेर दिल्लीले बिरालोको बच्चा खेलाए जस्तो अष्पष्ट राजनीति गरिरहेको छ । नेपालमा कुनै पनि नयाँ ठोस निर्णयमा दिल्ली अछुतो नहुने जानकारहरुले बताउँदै आएको त्यतिनै सत्य एकातिर छ भने दिल्ली संलग्नता बिनाका निर्णयहरु छालमा देखा पर्ने तरंग जस्तै हुने पनि अर्को सत्य हो ।


गोर्खाल्याण्ड
नेपालले जस्तै दार्जिलिङले पनि कहिल्यै राम्रा नेता पाएन । आफ्नो स्वार्थ र प्रतिष्ठाको लागि सम्झौता गर्ने लाचार नेताहरुनै स्वीकार्नु पर्ने बाध्यता नेपाललाई मात्रै होइन दार्जिलिङले पनि झेल्दै आएको छ । ब्रिटिश सम्राज्यको समय सन् १९०७ देखिनै दार्जिलिङमा छुट्टै राज्यको माग गरिएको थियो आज सम्म आइपुग्दा धेरै आन्दोलनहरु नेतृत्वकर्ताको पराजित मानिसकता र अनुचित सम्झौताको कारण तुहिदै आएको छ ।
आज भन्दा ९६ बर्ष अगाडी  दार्जिलिङ र जलपाई गुडि जिल्लालाई समेटेर छुट्टै राज्यको माग गरिएको थियो । त्यतिबेला हिलमेन्स एसोसियसनले बंगालको मूख्य सचिबलाई चढाएको बिन्ति पत्रमा प्रथम पटक छुट्टै राज्यको माग गरिएको हो ।
दार्जिलिङमा केहि समय अघि मात्रै चरम उत्कर्षमा पुगेको गोर्खाल्याण्डको आन्दोलन फेरि दिल्लीसंग सम्झौता गर्दै सेलाएको छ । बेलाबेलामा आन्दोलन चरमोत्कर्षमा पुग्नु र नेताहरुको दिल्ली भ्रमण पश्चात आन्दोलन सेलाउनु एउटा नियतिनै बन्न पुगेको छ । गोर्खाल्याण्डको लागि दिल्ली एउटा चलचित्रको भिलेन भन्दा सायद कम नहोला पनि ।
यस पटक पनि साउन १४ गते देखि दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलन चर्किरहेको थियो जनताहरु भोक प्यास नभनि सडकमा थिए तर भदौ २० मा आन्दोलनका नेतृत्वकर्ताहरु दिल्लीमा पुगेर केन्द्र सरकार र बरिष्ठ नेताको भेटघाट पछि आन्दोलन फिर्ता लिए । नेताहरुको भारतीय गृहमन्त्री सुशिलकुमार सिन्देसंगको भेटपछि आन्दोलनले अर्कै मोड लियो । भदौ २५ मा गोरखा जनमुक्ति मोर्चाका प्रवक्ता हर्कबहादुर गुरुङले हिंसात्मक आन्दोलनले होइन पक्रिया मा गएर  गोर्खाल्याण्डको पक्षमा आवाज उठाउने जनाउदै गोर्खाल्याण्ड म्युट भयो    ।

Gaindakot 1 balmaitri