Tuesday, May 7, 2019
Thursday, May 2, 2019
Monday, March 13, 2017
Monday, March 6, 2017
Monday, January 9, 2017
नारायणी माविमा फेरी जग्गाको विवाद ( के थियो सहमति ? हेर्नुहोस )
श्रीधर उपाध्याय /सरु चापागाईं
गैँडाकोट । जग्गाको विवादका बीच नारायणी मावि गैँडाकोट ७ मा विद्यालय कम्पाउन्ड तथा प्रवेशद्वार शिलन्यास समारोह सम्पन्न भएको छ । नारायणी माविको उत्तर तर्फ गेट अगाडीको जग्गा लामो समयदेखी विवादित बन्दै आएको छ । विवाद पटक पटक बल्झने र सहमतिमा सल्टने गरेको छ । अहिले कम्पाउन्ड निर्माणको प्रक्रिया अघि बढेपछि विवाद फेरी सतहमा आएको छ ।
गैँडाकोट ७ ग कित्ता नम्बर २० को उक्त जग्गामा १३ बाई ९ को घर बनाइ करिब २ दशक यता होमनाथ सापकोटाको परिवार बस्दै आएको छ । विद्यालयको संरक्षणका लागि उक्त परिवारलाई विद्यालयले नै उक्त स्थानमा बस्ने अनुमति दिदै आएको विद्यालयको भनाई छ । विद्यालयका अनुसार उक्त जग्गामा बनेको घर आधा भाग पूर्वपश्चिम राजमार्गको सडकमा पर्ने र आधा भाग विद्यालयमा पर्ने विद्यालयको दाबी छ । अहिले कम्पाउन्ड निर्माणमा सापकोटा परिवारको तर्फबाट अवरोध आएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेले बताए । पाण्डेले छलफल भइरहेको र छिट्टै सहमतिमा पुगिने समेत बताएका छन् । छलफल सकरात्मक रहेको र सापकोटा परिवारले पनि सकरात्मक रुपमा लिएको अध्यक्ष पाण्डेले बताए ।
वि सं. २०६६ साल मंसिर २३ गते जयश्री खोलाको पुल भत्किदा आफ्नो घर भत्किएपछि सो जग्गामा घर बनाएर बस्न र प्रति महिना ५० रुपैँयाका दरले भाडा तिर्ने गरी गैँडाकोट वाड नं. का मेघनाथ सापकोटाका छोरा होमनाथ सापकोटाले विद्यालयलाई निवेदन दिएका थिए । सो निवेदनमा विद्यालयलाई आवश्यक परेको खण्डमा एक महिना पहिला सूचित गर्नुपर्ने उल्लेख गरिएको थियो । यस्तै निवेदनमा वि सं. २०५५ सालदेखि मेघनाथ सापकोटाले बनाएको घरका विषयमा सरकारले व्यवस्था नगरेसम्म बस्न पाउँ भनि उल्लेख गरिएको विद्यालयका अध्यक्ष पाण्डेले बताए ।
सापकोटाले विद्यालय समक्ष राखेको निवेदन उपर सोही वर्ष मंसिर २४ गते सापकोटालाई भाडामा बस्न दिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो । तत्कालिन विद्यालय समितिका अध्यक्ष गंगाबहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयमा निवेदन उपर घर बनाउन दिने, विद्यालयलाई आवश्यक परेको खण्डमा २१ दिन पहिले विद्यालयले हट्न आग्रह गर्ने र सो उपर हट्नु पर्ने उल्लेख गरिएको विद्यालयको भनाइ छ । यही निर्णयलाई आधार मानेर होमनाथ सापकोटाले मासिक रुपमा भाडा तिरेको विद्यालयले जनाएको छ ।
अहिले विद्यालयको पर्खाल निर्माण सम्बन्धमा वि सं. २०७३ पौष ८ गते विद्यालय व्यवस्थापन समिति, अभिभावक एवं समाजसेवीहरुको उपस्थितिमा बसेको बैठकले २०६६ मंसिर २४ गतेको निर्णयलाई कायम राख्दै हाललाई पूर्व तर्फको बाटो राजमार्गबाट साढे ४ मिटर छोडी साँधमा पर्खाल लगाउने निर्णय गरेको छ ।
बाबु मेघनाथ सापकोटा र छोरा होमनाथ सापकोटाले भने सरकारले कुनै व्यवस्था नगरेसम्म आफूहरु डिक नचल्ने बताएका छन् । सरकारले व्यवस्था गरेको दिनमा अवरोध नहुने समेत उनीहरुको तर्क छ । होमनाथ सापकोटाले विजय खबरपत्रिकासंग भने “स्कूलले जवर्जस्ती हडप गर्छ भने, अन्यत्र भएका विद्यालय, मठमन्दिरमा भएकालाई पनि हटाए हुन्छ नी हामी सोझालाई मात्र किन दबाब दिने ”
यता आइतबार विद्यालयको कम्पाउन्ड तथा प्रवेशद्वार शिलन्यास समारोहमा सहभागि हुन विद्यालयमा आइपुगेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले विद्यालयले आफ्नो काम स्वतःस्फूर्त रुपमा अघि बढाउन सुझाब दिएका छन् । रानाले भने “भाडामा बसेको मान्छेले घरै मेरो हो जस्तो व्यवहार गर्न कहाँ पाइयो र ? विद्यालयका लागि प्रशासनले आवश्यक सहयोग गर्नेछ ।”
Saturday, October 29, 2016
कसरी पुजा गर्दा लक्ष्मी प्रसन्न हुन्छिन् ? (लक्ष्मीपूजा गर्ने सजिलो तरिका)
श्रीधर उपाध्याय
गैँडाकोट । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिंगारेर बत्तिले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । धेरैलाई लक्ष्मी पूजा कसरी गर्ने भन्ने द्धिविधा छ । तर चिन्ता नगर्नुहोस । विधिपूर्वक लक्ष्मीजीको पूजा गर्दा लक्ष्मीजी प्रसन्न हुने धार्मिक कथन छ ।
गैँडाकोट । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिंगारेर बत्तिले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । धेरैलाई लक्ष्मी पूजा कसरी गर्ने भन्ने द्धिविधा छ । तर चिन्ता नगर्नुहोस । विधिपूर्वक लक्ष्मीजीको पूजा गर्दा लक्ष्मीजी प्रसन्न हुने धार्मिक कथन छ ।
आज लक्ष्मीपूजा गर्ने सजिलो तरिका
सर्वप्रथम एक चौकीमा रातो बस्त्र विच्छ्याउनुहोस ।
गणेश, लक्ष्मी र सरस्वती माता भएको तस्वीर चौकीम राख्नुहोस ।
चौकीमा राखिएको फोटोको अगाडि पूजाको थाली राख्नुहोस ।
पूजाको थाली मािथ पनि रातो बस्त्र विच्छ्याउनुहोस ।
अब थालीमा सुनचाँदीका अथवा केही डबल (सीक्का) राख्नुहोस ।
अब अर्को थालिमा ११ अथवा २१ वटा दियो राख्नुहोस ।
थालिको बीचमा एक स्वस्तीक चिन्ह राख्नुहोस ।
एउटा चारमुख भएको दियो थालिको बीचमा स्वस्तीक चिन्हमाथि राख्नुहोस ।
सबै दियोमा थोरै थोरै चिनी राख्नुहोस ।
अब सबैभन्दा पहिले चारमुखे भएको दीप बाल्नुहोस ।
यसपछि सबै दियो बाल्नुहोस ।
गणेशजी, लक्ष्मीजी, र सरस्वतीजीलाइ तीलक लगाइदिनुहोस ।
चामलको दाना पनि तिलकसंगै लगाउनुहोस ।
यसपछि सुन चाँदी तथा अन्य सिक्कालाइ पनि पुजन गर्नुहोस ।
यसपछि सबै दियोको पूजा गर्नुहोस । अबिर चामलले
अब गणेश लक्ष्मीजीको पञ्चोपचार पूजा गर्नुहोस ।
दियो हातमा लिएर गणेशजी र लक्ष्मीजीलाई देखाउनुहोस ।
यसपछि धुपले आरती गर्नुहोस ।
यसपछि सुगन्धित पुष्प चढाउनुहोस ।
यसपछि नैवेद्य देखाउनुहोस ।
अन्त्यमा फेरी पुष्प फुल चढाउनुहोस ।
अब थालीमा रहेको चारमुखे र अन्य सात दियो थालीमा छोडेर । बाँकी दियो घरका मुलद्धारमा लेगर राख्नुहोस ।
अब लक्ष्मीजीको मन्त्र “ श्रीं स्वाहा” कम्तिमा १०८ पटक जप गर्नुहोस ।
अब हातमा दियो लिएर महालक्ष्मी जीको बन्दना गर्नुहोस । बन्दना सुन्न तलको लिकं क्लीक गर्न सक्नुहुने छ ।
अन्त्यमा लक्ष्मीजीको चरणमा आफूलाई समर्पित गर्नुहोस र साष्टाङ्ग गर्नुहोस ।
Tuesday, September 20, 2016
चौविस घण्टा पानी दिन योजना बनाउँदै छाँै – अध्यक्ष पौडेल
जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोट नगरपालिका वाड नं. १, २, ४ मा खानेपानी उपलब्ध गराउने सोचले संञ्चालित एउटा खानेपानी आयोजना हो । तत्कालिन श्री ५ को सरकारका संसद स्व. सूर्यभक्त अधिकारीको पहलमा वि.सं. २०४९ साल बैशाख चण्डिपूर्णिमाको दिनदेखि प्रारम्भिक सर्वे गरिएको थियो । वि.सं. २०५७ सालमा आयोजनाको निर्माण कार्य सम्मान भइ वि.सं. २०५८ साल वैशाख ८ गतेका दिन गैँडाकोट गाविसको रोहवरमा तत्कालिन समितिलाई स्वामित्व हस्तान्तरण भएको थियो । जिल्ला जलस्रोत कार्यालयमा वि.सं. २०५८ साल बैशाख १४ गतेबाट विधिवत रुपमा दर्ता कायम भै स्वायत्त संस्थाको रुपमा सञ्चालन हुँदै आएको छ । गैँडाकोटमा खानेपानीको चरम अभाव भएको समयमा स्थापना भएको जलुकेले अहिले दशहजार भन्दा बढी उपभोक्तालाइ सेवा दिदै आएको छ । यस संस्थाको भावि कार्ययोजना र आसन्न साधारणसभा तथा अधिवेशनका सन्दर्भमा रहेर जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोटका अध्यक्ष लालमणि पौडेल सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
Monday, September 19, 2016
गैँडाकोटमा क्षयरोग विकराल बन्दै
श्रीधर उपाध्याय
गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र क्षयरोगको समस्या विकराल देखिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा गैँडाकोटमा करिब ९६ जनामा क्षयरोगको संक्रमण भेटिएको छ । गँैडाकोट स्वास्थ्य चौकीमा ६१ जना , पिताँैजी स्वास्थ्य चौकीमा १५ जना र अमरापुरी स्वास्थ्य चौकीमा २० जना नयाँ क्षयरोगी भेटिएका हुन् । यस आर्थिक वर्षको श्रावण यता मात्रै गैँडाकोटका तीन स्वास्थ्य चौकीमा १५ जना नयाँ विरामी दर्ता भएका छन् । गैँडाकोट स्वास्थ्य चौकीमा ९ जना, पिताँैजी स्वास्थ्य चौकीमा ३ जना र अमरापुरी स्वास्थ्य चौकीमा ३ जना नयाँ क्षयरोगी भेटिएका छन् ।
गँैडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्रराज शर्माका अनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्तिम चौमासिकमा मात्रै लक्ष्यको ८२.६ प्रतिशत नयाँ रोगी भेटिएका थिए । शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा भेटिएका नयाँ विरामी मध्यै सबै भन्दा बढि फोक्सोमा क्षयरोग लागेका विरामी भेटिएको पाइएको छ । जातियताका आधारमा तथ्यांकलाइ विश्लेषण गर्दा विरामी भएका मध्ये जनजाति बढी देखिएको समेत प्रमुख शर्माले बताए ।
पितौँजी घाट स्वास्थ्य चौकीका प्रमुख यम बहादुर क्षेत्रीले पितौजी स्वास्थ्य चौकीमा फोक्सोमा हुने क्षयरोग बढि देखिएको बताए । साउन महिना यता मात्रै तीन जना नयाँ विरामी थपिएका मध्ये दुई जनामा फोक्सोको क्षयरोग देखिएको छ । एक आर्थिक वर्षमा १४ जना नयाँ विरामी पत्ता लगाउने लक्ष्य अनुरुप अघिल्लो आर्थिक वर्षमा ५६ प्रतिशत विरामी देखिएको प्रमुख क्षेत्रीले बताए । उता अमरापुरी स्वास्थ्य चौकीमा अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी क्षयरोगका विरामी भेटिएका छन् । एघार जनाको लक्ष्य रहेको थियो भने कुल २० नयाँ विरामी भेटिएको स्वास्थ्य चौकी प्रमुख रेशम पौडेलले बताए । यस्तै पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा अमरापुरी स्वास्थ्य चौकीमा ११ जनामा फोक्सोमा लाग्ने क्षयरोग भेटिएको छ ।
गैँडाकोटका उद्योगमा पौने दुई करोड बक्यौता
श्रीधर उपाध्याय
गैँडाकोट, २८ भदौ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखाले पुराना उद्योगबाट पौने २ करोड रुपैँया उठाउन बाँकी रहेको जनाएको छ । शाखा प्रमुख बलराम थापाका अनुसार नयाँ ग्राहकको बक्यौता रकम ठूलो नभएपनि पुरानै बक्यौता उठाउन बाँकी रहेको हो । थापाले भने “फोनबाट, सूचनाबाट बारम्बार ताकेता गरेपछि साना ग्राहकको बक्यौता रकम उठ्ने गरेको छ, यो ठूलो समस्या पनि छैन, २०–३० हजार बक्यौता भएका ५०–६० जनामात्रै ग्राहकहरु रहेका छन् ।” ग्राहक, उद्योग, व्यापारिक संस्थाबाट गैँडाकोटमा एकलाख भन्दा बढी बक्यौता रहेको छैन् । पुरानो बक्यौताको रुपमा भृकुटी कागज कारखान, नोवानेट, सिल्भर फाइबर, एनपी टेक्सटाइल लगायतका पुराना उद्योगका बक्यौता रकम गरी करिब पौने दुई करोड उठाउन बाँकी रहेको छ । विद्युत प्राधिकरण कावासोतीका अनुसार भृकुटी कागज कारखानको मात्रै करिब एक करोड बक्यौता रहेको छ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रमुख थापा भन्छन् – “यी सबै चारपाँच वर्षअघिका उद्योगका बक्यौता हुन् । बक्यौताका कागजपत्र कावासोती पठाइससकिएको छ । यसको काम माथिबाटै भैरहेको छ । पुराना उद्योगहरुको लाइन काटिसकेका छौँ ।” गैँडाकोट क्षेत्रमा थोरै रकम भएका बेलामा नै लाइन काटिदिन ग्राहकहरुले आफैले अनुरोध समेत गर्ने गरेको थापाले बताए । गँैडाकोट १ देखि ९ थुम्सीसम्म गैँडाकोट शाखाको कार्य क्षेत्र सानो रहेको छ । यस क्षेत्रमा करिब साढे सातहजार ग्राहक रहेका छन् ।
Monday, July 4, 2016
चालु आर्थिक वर्षमा नवलपरासीमा १९ सहकारी एकीकरण
श्रीधर उपाध्याय
गैँडाकोट, २१ असार । अहिले सहकारीहरू एकीकरण पक्रियामा जान सुरु गरेका छन् । कतिपय सहकारी भने एकीकरण भइसकेका छन् । चालु आर्थिक वर्षमा मात्रै नवलपरासीमा १९ वटा सहकारी बीच एकीकरण भएको डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत वासुदेव भट्टराईले बताए । उनका अनुसार नवलपरासीमा अहिलेसम्म ३४ वटा सहकारी एकीकरण भइसकेका छन् ।
पछिल्लो समय डिभिजन सहकारी कार्यालय नवलपरासीमा एकीकरणको कामले तीव्रता पाएको छ । अहिले पनि नवलपरासी देउराली गाविसका देउराली साकोस, रुम्सी रामकोट साकोस र लाङ्घाली कृषि स.स.लि एकीकरणका लागि स्वीकृति लिएका छन् । यसैगरी रम्भादेवी साकोस र सनराइज साकोस एकीकरणका लागी डिभिजनमा स्वीकृति लिएका छन् । यसैगरी सुनवलको चौतारी साकोस र वैरागनाथ कृषि साकोस पनि तयारीमा रहेका छन् । यस्तै प्रगतिनगरका देवचुली महिला साकोस र महिला कल्याण साकोस पनि एकीकरणका लागि स्वीकृति लिएर बसेको डिभिजनले जनाएको छ । यता गैँडाकोट २ को आमा साकोसले पनि एकीकरण प्रक्रियामा जानका लागि गत साता विशेष साधारण सभा बोलाएको थियो । आमा साकोसले पनि गैँडाकोट साकोससँग एकीकरण पक्रियाका लागि छलफल सुरु गरेको स्रोतले जनाएको छ ।
Monday, June 27, 2016
नवलपरासीमा ४५ हजार हेक्टरमा धान खेती
श्रीधर उपाध्याय
गँैडाकोट । यस पटक असार लागे संगै वर्षा सुरु भयो । वर्षा सुरु भएसंगै नवलपरासीमा किसानहरुले धान रोपाई सुरु गरेका छन् । मनसुनमा भर परेको हाम्रो कृषि क्षेत्र विशेषत ः धान खेती मनसुन सुरु नभई सुरु गर्न हम्मे हम्मे नै पर्दछ । यसै साता गैँडाकोट ६ का चन्द्र प्रसाद सुवेदीले पनि धान रोपे । खेतमा सिंचाईका लागि उति राम्रो व्यवस्था छैन् । “मनसुन सुरु भएको मौका छोपें” उनले भने । सुवेदीले यस पटक आफ्नो खेतमा ‘ राधा ४’ र ‘ ओ आर’ धान रोपेका छन् । यस्तै मनसुन सुरु भएसँगै नवलपरासी दिव्यपुरीका शिव शर्माले पनि धान रोपेका छन् । अघिल्लो वर्ष भन्दा यस पटक चाँडै मनसुन सुरु भएका कारण चाँडै धान रोपेको उनको भनाइ छ । नवलपरासीमा प्रायः जसो किसानले मनसुली धान रोप्ने गरेको भन्दै उनले पनि आफूले यस पटक मनसुली धान रोपेको बताए ।
सिंचाईको लागि उपयुक्त स्रोतको अभाव हुँदा मनसुनमा भर पर्ने कृषि प्रणालीबाट कहिले मुक्ति पाउने होला उनले सुनाए । आइसिआइमोडका अनुसार चितवन भन्दा बढि धानबाली उत्पादन नवलपरासीमा हुने देखिन्छ । तर पनि नवलपरासीमा उपयुक्त सिँचाइको अभाव देखिन्छ यस तर्फ बेलैमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ । नवलपरासीमा अघिल्लो आर्थिक वर्ष करिब १९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । नवलपरासी जिल्लामा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको आइसिआइमोडले जनाएको छ । यता जिल्ला कृषि विकास कार्यलय नवलपरासीका बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बढ्दो प्लटीङको समस्याले अहिले ४५ हजार हेक्टर क्षेत्रफलमा मात्र धानबाली हुने गरेको बताए ।
Tuesday, June 14, 2016
गैँडाकोट नगरबासीका गुनासो - कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको जवाफ
गैँडाकोट नगरपालिकाले नयाँ आर्थिक वर्ष देखि एकीकृत सम्पत्ति कर लागु गर्ने गरि कार्य अघि बढाएको छ । यस विषयमा गैँडाकोट नगरपालिका भित्रका नगरबासीका कुरा र नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको नगरबासीका गुनासो माथिको जवाफ सुन्नुहोस ................
Saturday, June 11, 2016
जलुकेको सरसफाई ¥याली, बक्तृत्वकलामा सूर्यविनायक प्रथम
श्रीधर उपाध्याय
गैँडाकोट । नवलपरासीको गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आज सरसफाई ¥याली गरेको छ । सरसफाई सप्ताह अन्तर्गत साताभर विभिन्न कार्यक्रम गरेको जलुकेले शनिबार आज विहान जनचेतना अभिवृद्धिका लागि ¥यालीको आयोजना गरेको थियो । सरसफाई ¥याली संस्थाको कार्यालय परिसर देखि मिलनचोक, शिलन्यास चोक, विकास चोक, मन्दिर टोल हुँदै पुन ः कार्यालय परिसरसम्म पुगेको थियो । ¥यालीमा विभिन्न विद्यालय, टोलविकास संस्था, महिलासमूह लगायत स्थानीयको सहभागिता रहेको थियो । ¥याली कार्यालय परिसर पुगेपछि सहभागि सबैलाई संस्थाका अध्यक्ष लालमणि पौडेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सकिएको थियो ।
Tuesday, April 26, 2016
गैँडाकोटमा विकासको सम्भावना छ – श्रीकृष्ण नेपाल
विकासका लागि सम्भावना बोकेको गैँडाकोट नगरपालिका नयाँ नगरपालिका हो । नेपालकै मध्यभागमा रहेको यस नगरपालिकाले देशकै पूर्व पश्चिम राजमार्गलाई जोड्ने काम गर्दछ । व्यापारिक केन्द्र नारायणगढबाट नजिक यस नगरपालिकाका व्यवसायि, कर्मचारी, विद्यार्थी सबैको रोजाईको क्षेत्र हो । धार्मिक पर्यटनको रुपमा धेरै मठमन्दिर, सांस्कृतिक धरोहर, व्यवसायको लागि पनि देशकै केन्द्र विन्दु, यातायातको लागि पनि सहज क्षेत्र गैँडाकोट नगरपालिका धेरैको रोजाई बन्न सक्छ । यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रिक्त उप सचिव पद रहेका स्थानीय निकायहरु मध्ये गैडाकोट नगरपालिकालाई राजेर नगरपालिकको कार्यकारी अधिकृतको रुपमा श्रीकृष्ण नेपाल भर्खरै आउनुभएको छ । वि सं. २०५३ मा अछाम जिल्लाबाट खरिदारमा सरकारी सेवा सुरु गर्नुभएका नेपालले वि सं. २०५५ सालमा नायब सुब्वा र वि. सं. २०५९ सालमा शाखा अधिकृत भएर काम गरिसक्नुभएको छ । सरकारी सेवामा रहदाँ अछाम, गुल्मी, पाल्पा, काठमाडौं, चितवन र मकवानपुर जिल्लाहरुमा सेवारत रहनुभएको थियो । सबै तह र तप्कामा रहेकाहरुको सकरात्मक सहयोगले विकास कार्य सम्भव हुने विचार राख्ने अधिकृत नेपाल सँग गैँडाकोट क्षेत्रको विकासको लागि नगरपालिकाले के कस्तो काम गर्दैछ त ? नगरपालिकाले अघि बढाएका कामहरु के भैरहेका छन् ? यसै सन्दर्भमा कुराकानी गरेका छौँ । विजय खबरका लागि श्रीधर उपाध्यायले गर्नुभएकोे कुराकानीको सम्पादीत अंश ।
गैँडाकोट नगरपालिकाको कार्यकारी अधिकृत भएर आउनुभएको छ कस्तो लागिरहेको छ ?
म यस अघि नायब सुब्वा पदमा सेवारत रहँदा पाल्पा जिल्लामा जिल्ला विकास समिति र अन्तर्गतका दुइवटा गा.वि.स.मा कार्यरत थिए । उक्त समय निर्वाचित जनप्रतिनिधिहरु रहेको अवस्था थियो तर अहिले सर्वदलीय संयन्त्र छ । मैलै गर्नुपर्ने कार्यको वातावरण निःसन्देह फरक छ । तथापि आफूलाई वातावरण अनुरुप बनाई नगरवासीहरुलाई आवश्यक सेवा दिनेछु ।
यस नगरलाई विकासका दृष्टिले कत्तिको सम्भावना बोकेको देख्नुहुन्छ ?
गैडाकोट नगरपालिका विकासका दृष्टिले धेरै सम्भावनाहरु रहेको नगर हो । यहाका ऐतिहासिक धरोहर, पुरातात्विक सम्पदा, मठ मन्दिर र सार्वजनिक जग्गाहरु यसको ज्वलन्त उदाहरण हुन् । साथै मौला कालिका मन्दिर, देवघाट धाम र नारायणी नदीको तटीय भूभागले नगरलाई अझ आर्कषक र पर्यटकीय महत्व थपेका छन् । यस नगरका सक्रिय राजनीतिक दल र प्रतिनिधीहरु, वन, उपभोक्ता समिति, वडा नागरिक मञ्च, टोल विकास संस्था एवम् नागरिक सचेतना केन्द्रको सक्रिय सहयोग र नगरका ग्रामिण एवम् वातावरणीय सडक सञ्जाल, भौतिक पूर्वाधार, वालमैत्री विद्यालय, गैर सरकारी संघ सस्था, उद्योग वाणिज्य संघ र सञ्चार माध्यमको समन्वय र सहयोगबाट नगरलाई बालमैत्री र वातावरणमैत्री बनाउन थप फाईदा पुग्नेछ । मन्त्रालयबाट नगरपालिकामा विनियोजित बजेट कार्यक्रमका विभिन्न शीर्षक मध्ये फोहोर व्यवस्थापन र वातावरण संरक्षण जस्ता कार्यक्रम अझ नगर विकासमा थप टेवा पु¥याउने कार्यक्रमहरु हुन् । गैँडाकोटमा बिकासको सम्भावना धेरै छन् ।
ती विकासका सम्भावनालाई पुरा गर्न कसरी अघि बढ्नुपर्ला ?
मैले माथि भनिसकेको छु गैडाकोटको विकासको लागि बजेट र कार्यक्रम विनियोजित भैसकेका छन् । यहाँ रहेका राजनीतिक दलको सहयोग र सद्भाव, नगरबासीका विकास प्रतिको रुची साथै नगरपरिषदद्वारा स्वीकृत कार्यक्रमहरुले विकासका संभावनाहरुलाई अझ थप सहयोग पुग्ने छ ।
त्यसका लागि नगरपालिकाले के गर्दैछ ?
नगर परिषदद्वारा स्वीकृत कार्यक्रम अनुरुप राजनैतिक दल र सरोकारवाला व्यक्तिहरुको सल्लाह र सहयोगबाट नगरपालिकाको विकास र निर्माणको लागि निरन्तरता दिने कार्य नै नगरपालिकाको प्राथमिकता रहेकोले सोही अनुरुप विकास र निर्माणका कार्यहरु अगाडि बढाइनेछ ।
राजनीतिक दल, संघ संस्थाहरुबाट कस्तो खालको भूमिकाको अपेक्षा गर्नुभएको छ ?
निर्वाचित जनप्रतिनिधि नभएको अवस्थामा नगरमा रहेका सक्रिय राजनैतिक दलहरुको भूमिका सकरात्मक रहेको मैले पाएको छु । वहाहरुको सकारात्मक सहयोगको अपेक्षा पनि राखेको छु जसवाट नगरपालिकाको विकास र निर्माण कार्य संम्भव छ ।
वातावरणमैत्री नगरपालिका बनाउन के कस्ता कामहरु भइरहेका छन् ?
नगरपालिकाका विभिन्न वडाहरुमा रहेका वडा नागरिक मञ्च, टोल विकास संस्था, नागरिक सचेतना केन्द्र, बाल सञ्जाल, महिला सञ्जाल, उद्योग वाणिज्य संघ, संचार माध्यम लगायत सरोकारवालाहरुसँगको आवश्यक सहयोग एवं समन्वयबाट नगरलाई वातावरणमैत्री बनाउन सकिन्छ । यसलाई मध्यनजर गर्दै नेपाल सरकार र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुवाट नगरमा संचालित कार्यक्रमहरु पनि वातावरण मैत्री रहेका छन् । नगरपालिकाका सत्रै वडाका विभिन्न स्थानमा पोखरी निर्माण, सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण, भू–संरक्षण, वृक्षारोपण, फोहोर व्यवस्थापन कार्यबाट पनि वातावरणमैत्री नगरपालिका बनाउन थप सहयोग पुग्ने देखिन्छ ।
वातावरणमैत्री नगर बनाउन फोहोर व्यवस्थापन चुनौति बन्न सक्छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी रुपले अगाडि बढाउने सन्दर्भमा भन्नुपर्दा नगरपालिकाले फोहोरलाई स्रोतमै व्यवस्थापन गर्ने र घच् नीति ९च्भमगअभ, च्भगकभ, च्भअथअभि० लाई अगाडि बढाइरहेको छ । सोही अनुरुप कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल बनाई व्यवस्थापन गर्ने, पुनः प्रयोग हुने फोहोरलाइ पुनः प्रयोगमै जोड दिने, प्लाष्टिक जन्य फोहोरलाई सुइरो वितरण कार्यक्रम मार्फत व्यवस्थापन गर्ने प्रयास गरिएको छ । यहि व्यवस्थापन कार्य पश्चात बाँकी रहेको फोहोरलाई मात्र अन्तिम विसर्जनका लागि ीबलमाष्िि क्ष्तभ मा लैजाने व्यवस्था गरिनेछ । नगरवासीबाट यसरी नै फोहोर व्यवस्थापन कार्यमा सहयोग पुग्नेमा हामी विश्वस्त छौ ।
वातावरणमैत्री नगर बनाउन नयाँ योजना के के हुन सक्छन् ?
वातावरणमैत्री स्थानीय शासनको नीतिलाई स्थानीय योजना प्रक्रियाको मूल प्रवाहीकरणमा लैजाने, स्थानीय
निकायको क्षमता अभिबृद्धी गर्ने र वातावरणमैत्री कार्यक्रमहरु संचालन गर्ने र शिक्षा तथा सञ्चारको माध्यमबाट नगरबासीमा वातावरणमैत्री व्यवहार जागृत भई आचरणमा स्वतः परिवर्तन हुने विश्वास हामीले गरेका छौँ । वातावरणमैत्री सुचकहरुको निरन्तर अनुगमन,मुल्याङ्कन, पृष्ठपोषण तथा तदनुरुप सुधार गरी कार्यक्रमलाई अगाडि लैजाने योजना छ । वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, बालक्लब, बालसञ्जाल, महिला सञ्जाल, लगायत राजनीतिक दल, उद्योग बाणिज्य संघ, संचारकर्मी र सरोकारवाला सरकारी तथागैर सरकारी संघ संस्थाहरुसँग समन्वय गरी वातावरणमैत्री नगर बनाउने योजना बनिरहेको छ ।
यस अघि एकिकृत सम्पत्ति कर प्रणाली श्रावण महिनाबाट सुरु गरिने कुरा थियो यसको काम कहाँ पुगेको छ ?
हो, यसको लागि एकीकृत सम्पत्ति कर निर्धारण समितिको बैठक बसीसकेको छ । यस कार्यलाई आगामी आ.व. ०७३÷०७४ देखि लागू गर्ने गरी समिति मार्फत नगरपालिकाको सबै वडाहरुमा यसको विषयमा सर्वसाधारणलाई जानकारी गराउने, सचेतनामूलक कार्यक्रम संचालन गर्ने, राय लिने जस्ता कार्यक्रमहरुबाट जनचेतना अभिवृद्धि हुनेछ । नगरपालिकाको आयस्रोतको प्रमुख स्रोतको रुपमा रहेको यस कार्यक्रममा सवैको सहयोग हुने विश्वास मैले लिएको छु ।
यस अघि एकिकृत सम्पत्ति कर प्रणाली श्रावण महिनाबाट सुरु गरिने कुरा थियो यसको काम कहाँ पुगेको छ ?
हो, यसको लागि एकीकृत सम्पत्ति कर निर्धारण समितिको बैठक बसीसकेको छ । यस कार्यलाई आगामी आ.व. ०७३÷०७४ देखि लागू गर्ने गरी समिति मार्फत नगरपालिकाको सबै वडाहरुमा यसको विषयमा सर्वसाधारणलाई जानकारी गराउने, सचेतनामूलक कार्यक्रम संचालन गर्ने, राय लिने जस्ता कार्यक्रमहरुबाट जनचेतना अभिवृद्धि हुनेछ । नगरपालिकाको आयस्रोतको प्रमुख स्रोतको रुपमा रहेको यस कार्यक्रममा सवैको सहयोग हुने विश्वास मैले लिएको छु ।
अन्त्यमा केही भन्नु छ ?
गैडाकोट नगरपालिका नयाँ भएकोले यसको विकास एवम् नगरबासीको आवश्यकता पूरा गर्न यहाँस्थित सम्पूर्ण सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहेको हुँदा सम्बद्ध सबैको सकारात्मक सहयोगको अपेक्षा मैले राखेकोछु । हामी सबै एकजुट भई गैडाकोट नगरपालिकाको विकासमा सहभागी बनाँै, यसलाई नमुना नगरपालिका बनाऔं, जनतालाई आवश्यक सेवा प्रदान गराँै ।
Subscribe to:
Posts (Atom)
-
कुनै शब्द छैन मति सरले देखाउनुभएको आत्मियताको लागि......... सरको विद्धता र नम्रताको म सधैँ शिष्य रहन पाउँ । "यसरी...
-
श्रीधर उपाध्याय गैँडाकोट । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा प...


























