गैँडाकोट, १ माघ । आदर्श विकास समाज नेपाल गैँडाकोट १ ले विहिबार गोरखाको बारपाकमा करिब १ लाख बराबरको राहत वितरण गरेको छ ।
संस्थाको न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत बारपाकको विकट घ्याचोक गाउँमा पुगि १ सय ५० परिवारलाई राहत वितरण गरिएको हो ।
गोरखाको बारपाकमा चिसोले जनजिवन कष्टकर बन्दै गएपछि संस्थाले न्यानो ओड्ने लुगा वितरण गरेको राहत वितरण टोलीका सदस्य मुक्तिराम तिवारीले जानकारी दिनुभयो । संस्थाका सचिव मोतिश्चन्द्र चालिसे, लालमणि पौडेल, मुक्तिराम तिवारी लगायत ९ जनाको टोली बारपाक पुगेको थियो ।
अहिलेसम्म गाँउमा राहत नपुगेको र न्यानो लुगा पाएपछि आफुहरुलाई निकै खुसी लागेको स्थानीयको भनाई छ । सामाजिक विकासमा विगत दुई दशकदेखि आदर्श विकास समाज नेपाल सक्रिय रहँदै आएको छ ।
No comments:
Post a Comment