जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोट नगरपालिका वाड नं. १, २, ४ मा खानेपानी उपलब्ध गराउने सोचले संञ्चालित एउटा खानेपानी आयोजना हो । तत्कालिन श्री ५ को सरकारका संसद स्व. सूर्यभक्त अधिकारीको पहलमा वि.सं. २०४९ साल बैशाख चण्डिपूर्णिमाको दिनदेखि प्रारम्भिक सर्वे गरिएको थियो । वि.सं. २०५७ सालमा आयोजनाको निर्माण कार्य सम्मान भइ वि.सं. २०५८ साल वैशाख ८ गतेका दिन गैँडाकोट गाविसको रोहवरमा तत्कालिन समितिलाई स्वामित्व हस्तान्तरण भएको थियो । जिल्ला जलस्रोत कार्यालयमा वि.सं. २०५८ साल बैशाख १४ गतेबाट विधिवत रुपमा दर्ता कायम भै स्वायत्त संस्थाको रुपमा सञ्चालन हुँदै आएको छ । गैँडाकोटमा खानेपानीको चरम अभाव भएको समयमा स्थापना भएको जलुकेले अहिले दशहजार भन्दा बढी उपभोक्तालाइ सेवा दिदै आएको छ । यस संस्थाको भावि कार्ययोजना र आसन्न साधारणसभा तथा अधिवेशनका सन्दर्भमा रहेर जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोटका अध्यक्ष लालमणि पौडेल सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
Tuesday, September 20, 2016
Monday, September 19, 2016
गैँडाकोटमा क्षयरोग विकराल बन्दै
श्रीधर उपाध्याय
गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र क्षयरोगको समस्या विकराल देखिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा गैँडाकोटमा करिब ९६ जनामा क्षयरोगको संक्रमण भेटिएको छ । गँैडाकोट स्वास्थ्य चौकीमा ६१ जना , पिताँैजी स्वास्थ्य चौकीमा १५ जना र अमरापुरी स्वास्थ्य चौकीमा २० जना नयाँ क्षयरोगी भेटिएका हुन् । यस आर्थिक वर्षको श्रावण यता मात्रै गैँडाकोटका तीन स्वास्थ्य चौकीमा १५ जना नयाँ विरामी दर्ता भएका छन् । गैँडाकोट स्वास्थ्य चौकीमा ९ जना, पिताँैजी स्वास्थ्य चौकीमा ३ जना र अमरापुरी स्वास्थ्य चौकीमा ३ जना नयाँ क्षयरोगी भेटिएका छन् ।
गँैडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्रराज शर्माका अनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्तिम चौमासिकमा मात्रै लक्ष्यको ८२.६ प्रतिशत नयाँ रोगी भेटिएका थिए । शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा भेटिएका नयाँ विरामी मध्यै सबै भन्दा बढि फोक्सोमा क्षयरोग लागेका विरामी भेटिएको पाइएको छ । जातियताका आधारमा तथ्यांकलाइ विश्लेषण गर्दा विरामी भएका मध्ये जनजाति बढी देखिएको समेत प्रमुख शर्माले बताए ।
पितौँजी घाट स्वास्थ्य चौकीका प्रमुख यम बहादुर क्षेत्रीले पितौजी स्वास्थ्य चौकीमा फोक्सोमा हुने क्षयरोग बढि देखिएको बताए । साउन महिना यता मात्रै तीन जना नयाँ विरामी थपिएका मध्ये दुई जनामा फोक्सोको क्षयरोग देखिएको छ । एक आर्थिक वर्षमा १४ जना नयाँ विरामी पत्ता लगाउने लक्ष्य अनुरुप अघिल्लो आर्थिक वर्षमा ५६ प्रतिशत विरामी देखिएको प्रमुख क्षेत्रीले बताए । उता अमरापुरी स्वास्थ्य चौकीमा अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी क्षयरोगका विरामी भेटिएका छन् । एघार जनाको लक्ष्य रहेको थियो भने कुल २० नयाँ विरामी भेटिएको स्वास्थ्य चौकी प्रमुख रेशम पौडेलले बताए । यस्तै पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा अमरापुरी स्वास्थ्य चौकीमा ११ जनामा फोक्सोमा लाग्ने क्षयरोग भेटिएको छ ।
गैँडाकोटका उद्योगमा पौने दुई करोड बक्यौता
श्रीधर उपाध्याय
गैँडाकोट, २८ भदौ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखाले पुराना उद्योगबाट पौने २ करोड रुपैँया उठाउन बाँकी रहेको जनाएको छ । शाखा प्रमुख बलराम थापाका अनुसार नयाँ ग्राहकको बक्यौता रकम ठूलो नभएपनि पुरानै बक्यौता उठाउन बाँकी रहेको हो । थापाले भने “फोनबाट, सूचनाबाट बारम्बार ताकेता गरेपछि साना ग्राहकको बक्यौता रकम उठ्ने गरेको छ, यो ठूलो समस्या पनि छैन, २०–३० हजार बक्यौता भएका ५०–६० जनामात्रै ग्राहकहरु रहेका छन् ।” ग्राहक, उद्योग, व्यापारिक संस्थाबाट गैँडाकोटमा एकलाख भन्दा बढी बक्यौता रहेको छैन् । पुरानो बक्यौताको रुपमा भृकुटी कागज कारखान, नोवानेट, सिल्भर फाइबर, एनपी टेक्सटाइल लगायतका पुराना उद्योगका बक्यौता रकम गरी करिब पौने दुई करोड उठाउन बाँकी रहेको छ । विद्युत प्राधिकरण कावासोतीका अनुसार भृकुटी कागज कारखानको मात्रै करिब एक करोड बक्यौता रहेको छ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रमुख थापा भन्छन् – “यी सबै चारपाँच वर्षअघिका उद्योगका बक्यौता हुन् । बक्यौताका कागजपत्र कावासोती पठाइससकिएको छ । यसको काम माथिबाटै भैरहेको छ । पुराना उद्योगहरुको लाइन काटिसकेका छौँ ।” गैँडाकोट क्षेत्रमा थोरै रकम भएका बेलामा नै लाइन काटिदिन ग्राहकहरुले आफैले अनुरोध समेत गर्ने गरेको थापाले बताए । गँैडाकोट १ देखि ९ थुम्सीसम्म गैँडाकोट शाखाको कार्य क्षेत्र सानो रहेको छ । यस क्षेत्रमा करिब साढे सातहजार ग्राहक रहेका छन् ।
Subscribe to:
Posts (Atom)
-
लोकमानको बारेमा राम्रो लेख्न एकजना मासिक पत्रिकाका साथीको आग्रहमा लेखिएको प्रशंसापत्र चार राजनीतिक दलहरुले संवैधानिक परिषदमा अख्तिया...
-
श्रीधर उपाध्याय नवलपरासी । आइतबार दिउँसो साढे २ बजे गैँडाकोट ६ की शारदा ढकाल कालिका उच्च मावि गैँडाकोट पुगेकी थिइन् । उनले आफ्नो बच्चा...