कुनै शब्द छैन मति सरले देखाउनुभएको आत्मियताको लागि......... सरको विद्धता र नम्रताको म सधैँ शिष्य रहन पाउँ ।
"यसरी नै मुस्कुराइरहोस् सबैको नवदाम्पत्य जीवन"
आज २०७१ फागुन
२९ गते मेरा छिमेकी नारायणप्रसाद उपाध्यायका कनिष्ठ सुपुत्र श्रीधर
उपाध्याय पौडेलको देवचुली नगरपालिका १ केउरेनी नवलपरासी निवासी शिवराज
लम्सालकी सुपुत्री अम्बिका लम्सालका साथ सुसम्पन्न भएको शुभविवाहको सुखद
अवसरमा उपस्थित भएर वरवधूलाई शुभाशिर्वाद प्रदान गर्न पाउँदा मलाई निकै
सन्तोषको अनुभूति भयो ।
जागिरका क्रममा निकै वर्ष घरबाहिर नै रहनुपर्दा आफ्नै छिमेकी भाइ श्रीधर पौडेलसँग म नजिकिन पाएको थिइन । मलाई सामाजिक सञ्जालले
नै उनीसँग बढ्ता नजिक्याएको हो । उनले मुरली बजाएको धुन नसुने पनि मुरली
बजाउँदै गरेको उनको प्रोफाइल तस्बिर मलाई निकै मन पर्थ्यो । साहित्य, संगीत
र कला नभएको मान्छे सिङ र पुच्छर नभएको पशुजस्तै हो भनेर मैले पढेको थिएँ ।
उनको संगीतमा बढ्ता रुचि रहेछ । उनले त्यतिबेला पत्रकारितामा स्नातकोत्तर
गर्दै थिए । भानु जयन्तीका बेला एकपटक मैले गरेको अनुसन्धानलाई प्राथमिकता
बनाएर समाचार सम्प्रेषण गर्दा र उनीसँगको छोटो सम्पर्कमा पनि उनको
विनयशीलताबाट म निकै प्रभावित भएको थिएँ । उनका बुबा र दुवै दाजुहरूबाट पनि
मैले विनयशीलताको पाठ सिक्तै आएको छु ।
श्रीधर भाइको झैं सबैको नवदाम्पत्य जीवन यसरी नै मुस्कुराओस् र सदैव मुस्कुराइरहन सकोस् !
नेपाली समाजमा विवाहमा जुत्ता लुकाउने चलनको प्रारम्भ भएको धेरै भएको छैन । सामान्य रमाइलोका लागि यो प्रचलन अनुपयुक्त त हैन तर केही समययता यसले विकृतिको रूप लिँदै गएको छ । आजको विवाहमा पनि दुई जना साली नानीले जुत्ता लुकाएर फिर्ता दिनुपर्दा दुलाहाको एक दिनको तलबै माग्नेसम्मको ठट्टा त गरे तर पछि दुलाहाले खाममा राखेर केही दिनको तलब दिएर उनीहरूलाई सान्त्वना दिए । जे भए पनि दुलाहा पत्रकार भएकाले होला आज उनले विकृतिको रूप धारण गर्दै गरेको जु्त्ता लुकाउने चलनलाई सामान्य प्रचलनका रूपमा ग्रहण गर्न समाजलाई दिएको सन्देश सबैका लागि अनुकरणीय छ ।
दुलहाका साथमा दुलही पक्ष । दुलहीकी यी हजुरआमाको जोस र होस आजका युवाहरूका लागि निकै प्रेरणादायी छ ।
द
लस्ट प्याराडाइज रजहर नवलपरासीमा सम्पन्न भएको आजको विवाहमा आधुनिक भोजका
अतिरिक्त फलफुलको र सुक्का रोटी सेल रोटी कसार फलफूल अचार र तरकारीसहितको
सात्त्विक भोज पनि राखिएको थियो । जुन भोज मेरा लागि निकै स्वस्थकर रह्यो ।
श्रीधर भाइ र अम्बिका बहिनीको यो मुस्कुराहट लगनगाँठो सदैव यसरी नै कसिँदै जाओस् ।