चलचित्र, विज्ञापनमा महिलाको सेक्स अपिल लाई मुख्य खुराकको रुपमा किन बनाइन्छ ?
बारमा हुने डान्स शैलीलाई चलचित्रमा पस्कनु कत्तिको उचित हो या होइन ?
‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी”
आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ के यसले महिलाहरु प्रति सम्मान दर्शाउँछ त ?
आफ्नी पाँच छ बर्षकी छोरीले घरको बैठक कोठामा होस वा सात आठ बर्षकी छोरी बोर्डिङ स्कूलको फंकसनमा ‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी” गीतमा नाच्दा अभिभावक ताली मारेर मुस्कुराइरहेको हुन्छ । गीत त भयो भयो नृत्यको शैली बार भित्र नाचिनै शैलीजस्तो । यसले हामीलाई कुन संस्कार र संस्कृतिको बाटोमा लग्दैछ । हिन्दी गीतको नेपालीकरण गरेर मात्र बुझ्ने हो भने ती गीतका अर्थ सायदै राम्रा नहुन पनि सक्छन् । द्धैअर्थी लाग्ने हिन्दी आइटमका गीतहरुले हाम्रो सभ्य र सुसंस्कृत समाजमा दीर्घकालिन रुपमा कस्तो असर पार्ला हामीले सायदै सोचेका छैनौँ । पछिल्लो समय नेपाली चलचित्रमा पनि भित्रिएको आइटम संस्कृतिले पनि कलिलो उमेरका बालबलिकामा कस्तो संस्कार बिकास गराउला ? यहाँ न त सञ्चारमाध्यमहरु, न त चलचित्रहलहरु सामजिक उत्तरदयित्वलाई बहन गर्दछन् यस्तो सन्दर्भमा समाज कस्तो होला ?

samarpan |